Posted by: Nepe January 17, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
२. संक्रमणकालिन सरकार (जसलाई अरुसंग तुलना गर्न मिल्दैन) पछिका सबै सरकारहरु अपवाद बिना (हुन त कोही ९ महिने एमाले सरकारलाई आंशिक "सफल" सरकार भन्छन्, तर स्थायित्व पनि त कडी हो सफलाताको) निर्विवाद असफल भए, आर्थिक- सामाजिक सुधारका मामला देखि तपाईले प्रस्ताव गर्नु भएको 'कार्य पद्धतिद्वारा प्रजातान्त्रिक सत्ताको सुस्पष्टिकरण को काम' सम्म । यसमा मेरो विमति छैन । तर यसो हुनुको कारण के हो त ? शायद यो कारणको पहिचान र त्यसको निदानको मामलामा हामी बेग्लै छौ भन्ने छनक पाउछु म । ल पहिला तपाई हाल्नुस तपाईको कुरा, अनि म हालौंला मेरो । मलाई विश्वास छ तपाईका कुराले म लाभान्वित हुनेछु र मेरा कुराले तपाई मनोरन्जित हुनुहुनेछ । लौ त बाँकी अर्को खेपमा ।
Read Full Discussion Thread for this article