Posted by: Nepe January 17, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
The time of Bolsheviks when the communist ideology was virgin, stainless and looked extremely promising does not compare with today when it remains as a flop, stained and unacceptable ideology. However, you are right that the current top leadership of two major parties NC and UML do not measure up to leading the republic revolution. माकुने र गिरिजाको राजतन्त्रवादी नेतृत्वको वर्चस्व खतम गरेर गणतन्त्रप्रति रुझान भएका 'स्वच्छ छवि' का नेताहरुको वर्चस्व स्थापना गर्नु गणतान्त्रिक क्रान्ति तर्फ बढ्ने अनेकौं कदमहरु मध्ये एक हो । युवावर्ग, नागरिक समाज र जनसाधारणहरुको बढ्दो गणतान्त्रिक रुझानले पैदा गरेको चापले पार्टीहरुको आन्तरिक क्रान्तिलाई प्रोत्साहन गर्नेछ । त्यसैले अहिलेको समय भनेको गणतन्त्र प्रति व्यापक जनसमर्थन जुटाउन कस्सिएर लाग्नुपर्ने समय हो । (त्यही भएर आशु तिवारी जस्ता गणतान्त्रिक आन्दोलनका प्रतिक्रियावादी दुश्मन हरुको उछित्तो खनेको हो मैले for pure sense of activism for republicanism. I don't have any personal grudge against him ) गणतान्त्रिक अभियान पार्टीहरुको जिर्णोद्धारको निम्ति मात्रै होईन, माओवादीको अपरिभाषित एक्काइसौं शताब्दीको जनवादको विरुद्ध पनि हो र राजाको महत्वाकांक्षाको विरुद्ध पनि हो । वास्तवमा गणतन्त्र नेपालको ईतिहासको यो घडीमा जादुको त्यो छडी नै हो जसले सबैलाई- पार्टीहरु, माओवादी र राजालाई- ठीक ठाउँमा ल्याउँछ । यस समय गणतन्त्रको विरुद्दमा लाग्नेहरु अज्ञानी, निराशावादी र दासहरु हुन् ।
Read Full Discussion Thread for this article