Posted by: Dada_Giri January 14, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
ल, साथि हो तार्किक बहस चल्दै जाओस् र ऊ माथि नै एकजना मित्रले भनिसक्नु भो कि यसलाई ब्यक्तिगत आक्षेप, आरोप र प्रत्यारोपतिर भने नढालौँ। तार्किक बिभिन्ननतालाई सबैले स्विकार्नुपर्छ। नेपेजीले छोडेर जानुभएका एक दुई मतहरुमा मेरो बिचार प्रस्ट पारौँ कि भन्ने जमर्को गर्दैछु: >निस्क्रिय राजतन्त्र सहितको प्रजातन्त्र को कुरा गरेर तपाईले एउटा चाखको बहस छेड्नु भो । >मलाई आउनै बाँकी गणतन्त्रको कुरा गर्दा hypothetical term मा गर्छ भनेर निको नमान्ने, >तपाई भने आएर पनि myth साबित भैसक्या कुरालाई ठाडै देख्या नदेख्यै गरेर अझै >hypothetical कुरा गर्ने ? ४६ सालपछिको नेपालको राजतन्त्रलाई निस्कृय राजतन्त्र भन्न मिल्दैन । किनभने १। नेपाली सेनाहरु साही सेनाकै रुपमा चल्ने र राजाको हुकुम पालन गर्ने ब्यबस्था कायमै थियो र छ पनि। जसले गर्दा राजालाई मुढेबलको सकृय राजामै प्रतिस्थापन गरिएको थियो र छ पनि। २। संसदको माथिल्लो सदन लगायत बिभिन्न ठाउँमा राजाको स्वबिबेकले नियुक्त र बर्खास्त गर्न पाउने पदहरु आरक्षण गरिएका थिए र छन् पनि। यी त भए उदाहरण मात्र ।
Read Full Discussion Thread for this article