Posted by: Nepe January 13, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
राजनैतिक पार्टीहरु र राजाको अर्धघोषित साझा राजसत्ताको हाम्रो मोडेल त्यस्तो हुन पुग्यो जस्तो अल्छी र कामुक दुई लोग्नेहरुबीच एउटा निरिह साझा पत्नीको । पाण्डवहरुको घराँ त्यो मोडेल सफलतापूर्वक चल्यो होला । नेपालाँ फेल खायो । यो फेल खाको कुरा denial गरि बस्दा नै माओवादी यसरी ह्वात्त बढ्न सक्या हुन् । माओवादीहरु उनिहरुको सकारात्मक कारणले बलिया भएका होईनन्, हाम्रा नकारात्मक कारणले बलिया भएका हुन् । हामीले राजालाई गद्दिमा राखेर निस्कृय पार्न नसकेको कुरा एक र राजा र पार्टीहरुको साझा पत्नीवारी चल्न नसकेको कुरा दुई लाई ईमान्दारीका साथ admit नगरीकन न त माओवादीलाई परास्त गर्न सक्नेछौं न त देशलाई चाहिएको व्यापक परिवर्तन् / सुधारहरु नै थाल्न सक्छम् । राजा र प्रजाको एकताद्वारा माओवादीलाई खतम गर्ने आशुका कुरा गँजडी hypothesis हुन्, at best. In reality, जुन म व्याख्या गरुँला अलि पछि, फटाहा कुरा हो एकताको कुरा ।
Read Full Discussion Thread for this article