Posted by: Nepe January 11, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
परमेन्द्र, आजका मिति देखि गणतान्त्रिक जनआन्दोलन हुने समयबिच के कस्ता दैनिक घटनाहरु घट्लान भनेर speculation गर्नमा बढी चाख देखिन्छ बन्धुको । यस्तो चाख हरेकमा हुनु सामान्यत: स्वाभाविक भएता पनि परमेन्द्र बन्धुले चाही कुनै खास प्रयोजनका निम्ति यी forecast हरु जान्न चाहेको जस्तो बुझिन्छ । के हो त्यो प्रयोजन, बन्धु ? कुनै भरपर्दो forecast जान्न पाए आफ्नो दुनो, whatever that is, कतापट्टि लाग्दा बढी सोझिन्छ त्यतै लाग्ने कुनै चतुर आशय त होईन, परमेन्द्रको ? होईन भने अहिलेको यस्तो ठूल्ठूलो मूल्यको समय (just look at the time, money and life and health our country is wasting everyday) भनेको गणतन्त्रलाई यथासम्भव छिटो सम्भव बनाउन ऐतिहासिक योगदान गर्ने समय हो कि forecast हेरेर झिङ्गेदाउ थाप्ने समय हो ?
Read Full Discussion Thread for this article