Posted by: AnandNepal March 6, 2020
नेपालमा Miss World
Login in to Rate this Post:     0       ?        
नेपाल आँफ्नो अर्को घर जस्तो लागेको बिश्व सुन्दरि टोनि एन सिंह को भनाइ
(पढ्न मन लाग्नेको लागि स्क्रिप्ट भिडियोको तल छ )

https://www.youtube.com/watch?v=AAwi-XCxzPY

बर्तमान बिश्व सुन्दरि टोनि एन सिंह अहिले हेलम्बुको भ्रमणमा छिन - बर्तमान मिस वर्ल्ड बिउटि विथ अ पर्पोज उपाधि जित्न सफल भएको मिस नेपाल अनुष्का ष्रेष्ठको प्रोजेक्टको अबलोकन गर्नको लागि । त्यहाँ पुगेर मिस वर्ल्डले सो प्रोजेक्टको अवलोकन गर्न पाउँदाको खुशि ब्यक्त गरिन। जिन्दगि मा कहिल्यै पनि नेपाल आउँछु होला भनेर नसोचेको बताउँदै टोनिले यसो भनिन:

मिस वर्ल्ड २०१९ चुनिएपछि टोनि एन सिंह ले अहिले सम्म ७ देश घुमिसकेकि छिन - अनि, उनको नेपाल भ्रमन मिस वर्ल्डको रुपमा आठौं देशको भ्रमण हो । जमैकाकि नागरिक टोनिले भ्रमण गरेका ७ देशहरुमा - मिस वर्ल्ड प्रतियोगिताको आयोजक देश बेलायत, उनको आँफ्नै देश जमैका को भ्रमणलाइ पनि गनिएको छ । तेस्तै उनि गएको तेस्रो देश दक्षिण अफ्रिका थियो । उनलाइ नेल्सन मण्डेलाको नाति चिफ मण्डेलाले आँफ्नि आमाको ७०औं जन्मदिन मनाउने कार्यक्रममा मिस वर्ल्ड टोनि एन सिंहलाइ प्रमुख अतिथि हुन निमन्त्रणा दिएका थिए । त्यस भ्रमणमा उनले मेभेजोका स्थानिय स्कुलका बालबच्चालाइ बिउटि विथ अ पर्पोज अन्तरगत १३०० जुत्ता पनि बाँडेकि थिइन।

टोनिले त्यस पछि मरिसस को भ्रमण गरेकि थिइन ।
मरिसस पछि उनले भ्रमण गरेको देश इन्डोनेशिया थियो । उनि मिस वर्ल्ड इन्डोनेशिया २०२० को अवसर पारेर इन्डोनेशिया पुगेकि थिइन । त्यस पछि अमेरिकाको सिकागो पुगेर उनले अन्तरवार्ता दिएकि थिइन । उनि आयोआमा सम्पन्न भएको भेराइटि टेलेथोन पुगेर त्यहाँ उनले ४० लाख ८४ हजार भन्दा बढि रकम उठाउन सहयोग गरेकि पनि थिइन ।

दुइ बर्ष लगातार बिउटि विथ् अ पर्पोज अवार्ड जितेको नेपाल उनको भ्रमणको आठौं देश बनेको छ । नेपालमा उनलाइ मिस नेपाल अनुष्का श्रेष्ठ अनि पुर्व मिस नेपाल शृंखला र मिस नेपाल आयोजक संस्था लगायतले स्वागत गरेका थिए।
Read Full Discussion Thread for this article