[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा Miss World
[VIEWED 4185 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-20 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल आएर सारीमा मख्ख : बर्तमान मिस वर्ल्ड नेपालमा अनुष्कार शृंखलाले स्वागत गरे

https://youtu.be/bLb27ZRyHA8

बर्तमान मिस वर्ल्ड टोनी एन सिंह तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन्। मिस वर्ल्ड २०१९ सिंह र मिस वर्ल्ड प्रतियोगिता आयोजक संस्थाकि अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत उनि संगै नेपाल आएका छन ।

मार्च ५ २०२०, बिहिबार मध्यान्ह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेको यो मिस वर्ल्ड टिम संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएको समाचार मा उल्लेख गरिएको छ ।

यो टोलिलाइ त्रिभुवन विमानस्थलमा बर्तमान मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले र अघिल्लो बर्षकि मिस नेपाल वर्ल्ड शृंखला खतिवडाले स्वागत गरेका थिए। मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपालमा निमन्त्रणा गरेको र सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएको बताएको छ।

मिस वर्ल्ड र उनको टोलि यहि शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले मिस वर्ल्डमा बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अघिल्लो बर्षको मिस वर्ल्डको बिउटि विथ अ पर्पोज जित्ने प्रोजेक्ट पूर्व मिस नेपाल श्रृंखला खतिवडाले मकवनपुरमा गरिरहेको प्रोजेक्ट पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।

तिनै प्रोजेक्टका बिवरणहरु समावेश गरेको भिडियो कै आधारमा श्रेष्ठ र खतिवडाले ‘ब्युटी युथ पर्पोस’को टाइटल जित्न सफल भएको हुनाले ति प्रोजेक्ट मिस वर्ल्डको प्राथमिकतामा परेका हुन।

 
Posted on 03-06-20 9:14 AM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल आँफ्नो अर्को घर जस्तो लागेको बिश्व सुन्दरि टोनि एन सिंह को भनाइ
(पढ्न मन लाग्नेको लागि स्क्रिप्ट भिडियोको तल छ )

https://www.youtube.com/watch?v=AAwi-XCxzPY

बर्तमान बिश्व सुन्दरि टोनि एन सिंह अहिले हेलम्बुको भ्रमणमा छिन - बर्तमान मिस वर्ल्ड बिउटि विथ अ पर्पोज उपाधि जित्न सफल भएको मिस नेपाल अनुष्का ष्रेष्ठको प्रोजेक्टको अबलोकन गर्नको लागि । त्यहाँ पुगेर मिस वर्ल्डले सो प्रोजेक्टको अवलोकन गर्न पाउँदाको खुशि ब्यक्त गरिन। जिन्दगि मा कहिल्यै पनि नेपाल आउँछु होला भनेर नसोचेको बताउँदै टोनिले यसो भनिन:

मिस वर्ल्ड २०१९ चुनिएपछि टोनि एन सिंह ले अहिले सम्म ७ देश घुमिसकेकि छिन - अनि, उनको नेपाल भ्रमन मिस वर्ल्डको रुपमा आठौं देशको भ्रमण हो । जमैकाकि नागरिक टोनिले भ्रमण गरेका ७ देशहरुमा - मिस वर्ल्ड प्रतियोगिताको आयोजक देश बेलायत, उनको आँफ्नै देश जमैका को भ्रमणलाइ पनि गनिएको छ । तेस्तै उनि गएको तेस्रो देश दक्षिण अफ्रिका थियो । उनलाइ नेल्सन मण्डेलाको नाति चिफ मण्डेलाले आँफ्नि आमाको ७०औं जन्मदिन मनाउने कार्यक्रममा मिस वर्ल्ड टोनि एन सिंहलाइ प्रमुख अतिथि हुन निमन्त्रणा दिएका थिए । त्यस भ्रमणमा उनले मेभेजोका स्थानिय स्कुलका बालबच्चालाइ बिउटि विथ अ पर्पोज अन्तरगत १३०० जुत्ता पनि बाँडेकि थिइन।

टोनिले त्यस पछि मरिसस को भ्रमण गरेकि थिइन ।
मरिसस पछि उनले भ्रमण गरेको देश इन्डोनेशिया थियो । उनि मिस वर्ल्ड इन्डोनेशिया २०२० को अवसर पारेर इन्डोनेशिया पुगेकि थिइन । त्यस पछि अमेरिकाको सिकागो पुगेर उनले अन्तरवार्ता दिएकि थिइन । उनि आयोआमा सम्पन्न भएको भेराइटि टेलेथोन पुगेर त्यहाँ उनले ४० लाख ८४ हजार भन्दा बढि रकम उठाउन सहयोग गरेकि पनि थिइन ।

दुइ बर्ष लगातार बिउटि विथ् अ पर्पोज अवार्ड जितेको नेपाल उनको भ्रमणको आठौं देश बनेको छ । नेपालमा उनलाइ मिस नेपाल अनुष्का श्रेष्ठ अनि पुर्व मिस नेपाल शृंखला र मिस नेपाल आयोजक संस्था लगायतले स्वागत गरेका थिए।

 
Posted on 03-08-20 9:42 AM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://youtu.be/uiDOP5U9JwQ

मिस वर्ल्ड टोनि एन सिंह को नितांत नयाँ अनुभव जिवनकै पहिलो हेलिकोप्टर यात्रा

बर्तमान मिस वर्ल्ड टोनि एन सिंहको तिन दिने नेपाल भ्रमण बिशेष भएको छ - उनको जिन्दगिमा नै उनले पहिलो पटक हेलिकप्टर चढेने अनुभव गर्न पाएकि छिन । मिस नेपाल 2018 श्रिंखला खतिवडाले खिचेको टोनिएनले जिन्दगिमा पहिलो चोटि हेलिकप्टर चढदै गरेको यो भिडियो मा उनि निकै नै उत्साहित देखिएकि छिन । उनको साथमा बिश्व सुन्दरि प्रतियोगिता आयोजक संस्थाकि अदक्ष जुलिया मोर्ले पनि देखिन्छिन ।

तेस्तै, बर्तमान मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ र गत बर्षकि मिस नेपाल वर्ल्ड श्रिंखला खतिवडा लगायतको टोलि अर्को हेलिकप्टरमा हेलम्बु र मकवानपुरका बिउटि विथ अ पर्पोज उपाधि जित्ने साइटहरु पुगेका थिए । यि दुइ वटा साना भिडियो क्लिपहरु अनुष्का श्रेष्ठले शेयर गरेकि हुन। अनुष्काले उनको परिचय भिडियो खिच्नको लागि पनि यहि हेलिकप्टर प्रयोग गरेको बताएकि छिन।

मिस वर्ल्ड र मिस वर्ल्ड आयोजकहरुले भ्रमण गरेका यि दुबै साइट अति नै बिकट ठाउँमा रहेका छन। नेपालि सुन्दरिहरुले प्रस्तुत गरेका beauty with a project भिडियोमा यि ठाउँका हृदयबिदारक दृष्यहरु मन छुने तरिकाले प्रस्तुत गरेका थिए ।

 
Posted on 03-08-20 11:35 AM     [Snapshot: 409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is the list of TOP 10 BWAP of Miss World 2019

नेपाल यि १० मद्धे उत्कृष्ट ठहरिएको हो । अहिले मिस वर्ल्ड र आयोजक संस्थाकि जुलिया मोर्ले यहि साइट हेर्न आएका हुन ।

https://www.youtube.com/watch?v=BMSCkg8540Y
 
Posted on 03-11-20 5:02 PM     [Snapshot: 674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालिठोक , झ्याम्टा झम्ट्याउ , बोका हरुलाई हर्सको समाचार निन्द्रा नपर्ने भो ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters