[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 केहि गर्छन कि भनेको पार्टि पनि मारामार गरेर छुट्टेर मरे ..
[VIEWED 499 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-19 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वैकल्पिक शक्ति निर्माण भनेको पार्टी फुटाउनु हो ? के भन्छिन् रञ्जु दर्शना ?
पुस २७, २०७५ शुक्रबार २१:४३:११ | उज्यालो

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ ।

पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

यसै विषयमा रञ्जु दर्शनासँग टेकमान शाक्यले गरेको कुराकानी

विवेकशील शाझाबाट पार्टी फुटाएर अर्कै पार्टी बनाउनुको औचित्य के हो ?
दुई पार्टीबीच पार्टी एकीकरण भएपछि वैकल्पिक राजनीतिक शक्ति भनेको के हो भन्ने विषयमा नै फरक बुझाई रहेको पाइयो । हाम्रो धरातलले सहभागितामूलक लोकतन्त्रलाई स्वीकार गरेको भए पनि यो १७ महिनाको अवधिमा कुनै उपलब्धि भएन । त्यसैले हामीले पार्टीबाट अलग हुने निर्णय गरेका हौँ ।

साझा पार्टीबाट आउनुभएका रवीन्द्र मिश्रसँग पदीय भागबण्डा नमिलेको कारणले पार्टी फुटेको भनेर भन्न मिल्छ ?
मिल्दैन । भागबण्डाको कुरा नै छैन यहाँ । यहाँनिर हाम्रो आइडिया नै क्र्यास भएको हो । पहिले दुई वटा दल एक भएका हौँ । त्यही दुईवटा दल अब स–सम्मान आ–आफ्नो बाटोतिर लागेका हौँ ।

तपाईँहरुबीच विचार नमिल्ने हो भने पार्टी एकीकरण गरेर किन अघि बढ्नुभयो ?
हामीलाई पनि यस्तै लाग्छ । त्यतिखेर हामी फुट्नका लागि जुटेका थिएनौँ । हाम्रा पाइलाहरुमा विद्यमान समस्याहरु हुँदाहुँदै पनि समस्यालाई स्वीकार नै गर्न नसकिएपछि के लाग्छ र ? समस्यासँग जुध्न नचाहने ‘नेचर’ ले नै समस्या निम्त्याएको हो ।
पुराना शक्तिलाई झापड हान्ने भनेर तपाईँहरुले वैकल्पिक शक्ति भनेर विवेकशील शाझा पार्टी जन्माउनुभयो, वैकल्पिक

भनिएको शक्ति पनि अन्तरविरोधमा फस्यो नि होइन ?
वैकल्पिक शक्ति जन्मिएको छ र वैकल्पिक शक्ति यथावत नै छ । अव हाम्रो यो वैकल्पिक शक्तिले के–कस्ता कार्यहरु गर्छन् भन्ने कुरा फरि पनि मुल्यांकन हुन जरुरी छ ।

फुट्ने अन्तिम समाधान हो त त्यसोभए ?
फुट्ने अन्तिम समाधान होइन । काम गराई चाहिँ अन्तिम हो । काम गर्ने परिस्थिति नै नरहेपछि एकैठाउँमा बस्नुको औचित्य चाहिँ के रहन्छ र ? त्यसैले हामी छुट्टिएर नै सौहार्दपूर्ण वातावरण वनाउने बाटोतिर लागेका हौँ ।
रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति भनेर आउनुभएको छ तपाईँहरु पनि वैकल्पिक शक्ति नै भनेर हिँडिरहनुभएको छ, अनि फेरि

पार्टी फुटाउनुभयो । वैकल्पिक शक्ति भनेको के हो भन्ने विषयमा नै प्रश्न उठ्यो नि होइन ?
यो प्रश्न उठ्नु स्वभाविक हो । यो प्रश्नको जवाफ समयले बताउँछ । हामी दुवै दलले गर्ने अबका कार्यक्रमहरुले कुन शक्ति वैकल्पिक शक्ति हो भन्ने प्रष्ट पार्नेछ ।

https://www.youtube.com/watch?v=j2GnxkA8Pnc
 
Posted on 01-11-19 6:02 PM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राजनीति गर्न प्रचंडे जस्तो हुन पर्छ जता पनि ठिक्क , इमान्दारिता ले वास्तविक दुनिया चल्दैन, महाभारत को सकुनी त्यसै आको हैन.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
"टी पी एस" अत्यन्त जरुरी
Investing in Land in Nepal..worth it?
Affordable hotel in kathmandu????
$500 to $50,000 challenge through options in 2019
EB2 total processing time experience
Nepali leaf plates
fannie mae stock
NEED MONEY FOR COLLEGE
अमेरिका पसेपछिको अनुभव यस्तो ...
Say No to HR392- The Bill that can make Employment based green card impossible for ROW countries
TPS को बारेमा
Immigration
Travel Nepal on TPS
Zero Movie - ko ko le heryo?
Most Visited Thread EVER on Sajha!!! TRUMP 2016!!! Here is why?
My5pockets.com is becoming Nepali Alibaba by 2020.
Viral हुन नसकेका 2018 का दुई खबर
How to obtain copy of tourist visa extension approval notices?
What You Can Do If You Feel Undervalued At Work
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters