[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Anand Ko Kura
[VIEWED 1983 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-18 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I guess, spamming with too many threads with my stuffs is not a good idea.
So, I will share all of my thoughts in this thread. I hope people will be happier that way. 

https://www.youtube.com/watch?v=_gn_djXrZJg

मिस भुटान युयसमा किन नेपालि युवति हरु मात्रै छन?
(आनन्दको कुरा - भिडियोको स्क्रिप्ट ड्राफ्ट)

जुलाइ २२, २०१८ मा ग्रेटर कोलम्बस कन्भेन्सन सेन्टरमा सम्पन्न भएको कार्यक्रममा मिस भुटान युस २०१८ चुनिएकि छिन प्रतियोगि नम्बर ८ सुचिता प्रधान। मिस भुटान युयस, नेपालि नाम छ अनुहार पनि नेपालि जस्तै छ । अभिनेत्रि प्रियंका कार्किको कोरियोग्राफिक्मा सम्पन्न भएको सो प्रतियोगिता सबै प्रतियोगि नेपालि जस्तै छन - कोलम्बस ओहायोकि सितल अधिकारि, नर्थ डेकोटाकि निशा आचार्य, ओहायोकि निर्मला दहाल, ओहायोकै नर्वदा गौतम, पेन्सिलभेनियाकि मोनिका सरु, म्यासेचुसेट्सकि कुमारि माझि, पेन्सिलभेनियाकि गंगा दुलाल, न्यु योर्ककि दुर्गा कटेल, कोलोराडोकि बिनिता देउरालि, नेब्रास्काकि अश्मिता सुब्बा, अनि उपाधि जित्ने नर्थ क्यारोलाइना कि सुचिता प्रधान - यि सबै ११ जना प्रतियोगिहरु नेपालि जस्तै छन । भुटानका भन्ने बित्तिकै भोटबाट झरेका बख्खु लगाएका युवति हुनु पर्ने होइन भनेर धेरैले सोध्छन । यो बर्षको मात्रै होइन सन २०१४मा शुरु भएको यो प्रतियोगितामा कोरियोग्राफि गर्ने सबै नेपालकै सेलिब्रेटि थिए भने प्रतियोगिहरु पनि अहिलेकै जस्तै नेपालि नाम भएका युवतिहरु थिए - ल हेर्नुस :

सन २०१४ मा भएको पहिलो मिस भुटान युसको उपाधि प्रक्रिति राइले जितिन । त्यस बर्षका प्रतियोगिहरुलाइ मिस नेपाल २००२ माल्भिका सुब्बाले कोरियोग्राफि गरेकि थिइन । त्यसपछि सन २०१५ मा भएको दोश्रो मिस भुटान युस प्रतियोगितामा मिस नेपाल २०११ मलिना जोशिले कोरियोग्राफि गरेकि थिइन भने सो प्रतियोगिता नुमा लिम्बुले जितेकि थिइन । अनि सन २०१६ मा भएको मिस भुटान युएस को तेस्रो संस्करणमा बिमला सिवाकोटिले उपाधि जितिन अनि प्रतिस्पर्त्धिहरुलाइ कोरियोग्राफि गरेकि थिईन नेपालि अभिनेत्रि प्रियंका कार्किले । त्यसपछिका २०१७मा भएको चौथो मिस भुटान युएस र अहिले भर्खर भएको पाँचौं संस्करणमा पनि प्रियंकाले नै कोरियोग्राफि गरेकि हुन । अघिल्लो बर्ष आरति घिसिंग तामांग ले उपाधि जितिन भने अहिले सुचिता प्रधानले ।

यसरि हेर्दा मिस भुटान युएस नेपालि युवतिहरुकै प्रतियोगिता होला कि भन्ने शंका लाग्न सक्छ । तर त्यसो होइन । यि सबै भुटानि युवतिहरु हुन । भुटानले नागरिकता नदिएर लखेटेका भुटानि युवति हरु । अझ त्यो भन्दा पनि दुखको कुरा - यि नेपालि मुलका युवतिहरु हुन जसलाइ भुटानले त अन्याय गर्यो गर्यो नेपालले त झन ठुलो अन्याय गरेका युवति हुन।

पहिले देखि नै अतिथिलाइ देवता मान्ने हाम्रो संस्कारको बिपरित । हाम्रो आँफ्नै स्थापित मान्यताको बिपरित । दुखमा परेका आँफन्तलाइ हामि आँफैले झन दुख दिएका भुटानि युवतिहरु हुन यि । शरणमा आएकालाइ शरण दिन पनि कन्जुस्याइ गरिएका। आँफ्ना भनेर आएकालाइ दुत्कारिएका, यि प्रतियोगिहरुसंग त हामिले सरि भन्नु पर्ने हो, माफि माग्नु पर्ने हो।

यो कुरा अझै पनि धेरैले बुझेकै छैनन । तेसैले पुरनो कुरा एकपट फेरि कोट्याउने जमर्को गरेको छु । ....

What do you think guys??

https://www.youtube.com/watch?v=LunN9-73DDw
Last edited: 25-Jul-18 06:11 PM

 
Posted on 07-24-18 11:53 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

(आनन्दको कुरा - भिडियोको लागि स्क्रिप्ट पहिलो ड्राफ्ट)

बिवादास्पद अभिब्यक्ति दिने कानुन मन्त्रिले रुंदै राजिनामा दिंदा उनको जस्तै अभिब्यक्ति दिने दुर्गा प्रसाइ लाइ कुनै कारवाहि भएन!के उनि चाँहि कानुन भन्दा माथिका ब्यक्ति हुन त ?

कानुन मन्त्रिले रुंदै राजिनाका दिए दुर्गा प्रसाई लाइ कानुन लागेन

बंगलादेशमा अध्ययन गर्ने नेपालि एम्बिबियस विद्यार्थीहरूबारे बारेमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि शेरबहादुर तामांगले बोलेको यस्तो आपत्तिजनक अभिव्यक्ति दिएको कारण आलोचित बनेका उनले राजिनामा दिएको घोषणा गरेका छन, एक पत्रकार सम्मेलन गरेर ।

मन्त्रि तामाङलाइ सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।

तामाङले पद त्यागे पछि मानिसहरुको ध्यान तेस्तै अभिब्यक्ति दिने बिएण्डसि मेडिकल कलेजका संचालक दुर्गा प्रसाइ माथि तानिएको छ । अब प्रश्न उठ्छ, के प्रसाइ चाँहि कानुन माथि छन त ?

भिडियो :

https://www.youtube.com/watch?v=qmSvYgHPlqk
 
Posted on 07-26-18 9:27 AM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एकचोटीको नेपाली सँधैको नेपाली - राजेशहमाल

महानायक हमाल बेलायतका ‘म अनि मेरो मातृभूमि’ विषयक एक अन्तरक्रियाका लागि बेलायत पुबेका थिए । टिडवर्थमा बसोबास गर्ने नेपालि बिच हमाल प्रमुख आकर्षण पनि बनेका थिए - उनले नेपालि ‘विदेश जहां बसेपनि मनोविज्ञान र भावना आफ्नै 
राष्ट्र र समाजसंग गांसिएको हुन्छ ।’ भन्दै विदेश बस्ने नेपालीले नै मातृभूमिको समृद्धि र समुन्नत समाज बनाउन ठुलो योगदान दिएको बताए । उनले भने - राज्यले स्वीकारोस् नस्वीकारोस्, पछिल्लो करिब तीन दशकमा नेपालको आर्थिक उन्नति, जीवनस्तर र दैनिकी परिवर्तन गर्न विदेशिएका नेपालीको ८० प्रतिशत योगदान छ।

उनको भनाइ सुन्नुहोस :

https://www.youtube.com/watch?v=aITtvRbAciM
 
Posted on 07-26-18 6:24 PM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

डा. उपेन्द्र देवकोटाको सम्झनामा

https://www.youtube.com/watch?v=Muiyn-5H5x4
 
Posted on 07-29-18 8:03 AM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अमेरिकाको क्याबिनेट मिटिंगमा कम्प्युटर प्रयोग हुँदैन - नेपालमा ढाँचा बढि भन्ने आशयको बिचार राख्नु भयो पत्रकार दिल निशानि मगरले । उहाँलाइ त म्याकबुकमा गोप्य चिप्स राखिएको हुन सक्नेमा पनि शंका गर्नु भएको रहेछ । यो अमेरिकाको राष्ट्रपतिले यस्तै गोप्य सुचना बाहिरिने डरमा इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गर्न पाउँदैनन । राष्ट्रपति चुनिएपछि बाराक ओबामाले आँफ्नो ब्ल्याकबेरि फोन प्रहोग गर्न पाउन त्यहाँको गुप्तचर बिभागसंग लड्नु परेको थियो । तेस्तै त्यहाँको क्याबिनेट मिटिंग्मा कम्प्युटर प्रयोग हुँदैन । तेस्तै इन्टरनेटमा फेला परेको फोटोहरुमा बेलायतमा पनि कम्प्युट्र प्रयोग नहुने, भारतमा पनि प्रयोग नहुने देखिन्छ । हुन त भारतको एक प्रान्तमा ४ बर्ष अघि नै पेपरलेस क्याबिनेट बैठक बसेको समाचार फेला परे पनि केन्द्रिय राज्यमा भने अझै पनि कागज कपि नै प्रयोग हुने देखिन्छ ।

नेपालका सरकारि वेबसाइट बारंबार ह्याक भइ रहेको हामिले देखेको भोगि रहेकै हो । यसले , नेपाल अझै पनि सुचना प्रविधिको सुरक्षामा शशक्त हुन सकेको छैन भन्ने देखाउँछ - तर, सुचना लिक होला भनेर नयाँ टेक्नोलोजिले दिने सुविधा उपयोग गर्न चुक्न भने हुँदैन । बरु, सार्वजनिक हुन नहुने सुचनालाइ कम्प्युटर सिस्टम भन्दा बाहिरै राखेर न्याँ सुविधा प्रयोग गर्न सरकार सचेत होला भन्ने आशा र माग गरौं ।

https://www.youtube.com/watch?v=2hNweZSlqtU
 
Posted on 08-05-18 2:07 PM     [Snapshot: 1169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिने रविना देशराज श्रेष्ठ ले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन । त्यस पछि उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

रविना आकर्षक अनुहारका साथै फेसन गर्न मन पराउने महिला हुन। ५ फिट ६ इन्च अग्लि रविनालाइ बैंकिंगका साथै अभिनय र मोडलिंगमा पनि रुचि छ । तेसैले रविनाले एक फिल्ममा अभिनय पनि न्गरेकि थिइन । अभिनेत्रि नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म सोल सिस्टरमा नम्रताको आण्टिको भुमिकामा रविना देखिएकि थिइन । तर,सो फिल्म सफल भने हुन सकेन ।

उनले भवेन्द्र जोशि संग बिवाह गरेकि थिइन । सोहि बैवाहिक सम्बन्ध बाट दुइ छोरा आयुष्मान र आशिरमानलाइ जन्म दिएको भए पनि अहिले भने उनि एकल महिलाको रुपमा दुइ हुर्किसकेका छोराहरुको अभिवावकको भुमिका निभाइ रहेकि छिन् ।

https://www.youtube.com/watch?v=-D6WWtRpFgw
 
Posted on 08-06-18 12:59 AM     [Snapshot: 1266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुइ दुइ चोटि राजा बनेका ज्ञानेन्द्र जन्मदा नै ज्योतिषले अनिष्ट हुने संकेत देखिसकेका थिए।

इस्वि संबत १९४७ को ७तौं महिनाको ७औं दिनमा आमा इन्द्रराज्यलक्ष्मी शाहको कोखवाट चौथो संतानको रुपमा ग्यानेन्द्र जन्मेका थिए । त्यो बेलाका राजज्योतिषले ग्यानेन्द्र जन्मनु अपशकुन भएको भनेका थिए।

https://www.youtube.com/watch?v=kgbJT7KulJc
 
Posted on 08-08-18 7:10 PM     [Snapshot: 1467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो पहिलो भिडिओ यो २० मिनेट भन्दा लामो
समय पनि धेरै लाग्यो -- धेरै कुरा एकै ठाउँमा कोचे जस्तो भएको छ ।

यस भित्र
१) लेण्डुप दोर्जेको जिवनि (सिक्किमलाइ भारतमा बिलय गराउने नेताको जिवनि)
२) भारतिय हस्तक्षेपको नालिबेलि (नेपाललाइ कसरि भारतले निल्न लागेको थियो)
३) ४) के हामि पनि "भारतिय" हुन्छौं होला ? हाम्रा लेण्डुप को को होलान ? ओलि, प्रचण्ड, बाबुराम, देउवा ?


https://www.youtube.com/watch?v=W5ogVfrbtb4
 
Posted on 08-09-18 11:00 PM     [Snapshot: 1555]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मदन को पिडा
https://www.youtube.com/watch?v=m92k6aOwcsU
 
Posted on 08-10-18 9:03 AM     [Snapshot: 1606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

श्रिको निधन भएको ४ बर्ष भयो
यस बिच स्वेतामा कस्तो परिवर्तन आयो --
श्रिको सम्झना !

https://www.youtube.com/watch?v=yw9Wt5aW6oY
 
Posted on 08-16-18 2:15 AM     [Snapshot: 1752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

https://www.youtube.com/watch?v=vJpLKx5Tor4

***यो आनन्द को कुरा को भिडियो स्क्रिप्ट को पहिलो ड्राफ्ट हो - भिडियोको स्क्रिप्ट परिस्कार गरिएको हुन सक्छ ***
नेपलि फिल्म क्षेत्रकि एक भुतपुर्व अभिनेत्रि युना उप्रेति आमा बन्दै छिन । ६ बर्ष एक सांस्क्रितिक कार्यक्रमको लागि भन्दै अमेरिका उडेकि युना अमेरिका जानु अघि नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकि थिइन । उनको अमेरिकामा बायो-केमेस्ट्रिका बिषयमा पिएच डि गरिरहेका बिकास अधिकारिसंग अफेयर रहेको थियो अनलाइनमा । अमेरिका पुगेको ४-५ महिना पछि युना र बिकासले कोर्ट म्यारिज गरेका थिए ।

नाम Yamuna Upreti भए पनि फिल्म क्षेत्रमा युनको नामले चर्चित रहेकि यि अभिनेत्रिले अमेरिका जानु अघि करिव आधा दशक नेपालि फिल्म क्षेत्रमा सक्रिय रुपमा काम गरेकि थिइन । उनले अभिनय गरेका फिल्महरुमा त्रिशुल, फर्ज, लावारिस, पहिलो पहिलो माया आदि छन ।

आँफु गर्भवति भएको खवर दिंदै युनाले अंग्रेजिमा लेखेको भनाइको नेपालि उल्था यस्तो हुन्छ - "मेरो बच्चाले एउटि आमालाइ जन्माइसक्यो - यो नै मेरो लागि सबै भन्दा ठुलो आश्रिवाद हो। यसले ममा धेरै परिवर्तन ल्याइ सकेको छ । मैले म भित्र धेरै शक्ति, सुन्दरता र प्रेम भेटिसकेकि छु।" उनले आँफ्नो गर्भावस्ता २५ सौं हप्तामा चलिरहेको बताएकि छिन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
How long does it take to get I485 approved?
What are your first memories of when Nepal Television Began?
Starting business in Nepal
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
sarai chada vaye keti haru
Watch world cup live for free
Why always Miss Nepal winner is Newari??
lau maryo Gotra eutai paryo. K garne hola?
NEPALI CHARLES SHOBRAJ ZUBIN SHARMA URF PRAKASH PAUDYAL!
पुलिसले चोरेको आरोप | रमेश खरेललाइ पनि बिमल नेपालको फोटो चोरेको आरोप |
How to differentiate a PAKHE from a SHAHARIA
TPS Timeline
यो मोमो को रेसिपी कोहि सित होला ?
CANADA. TPS Alternative
H-1B 2018/2019: कसैको approval notice आयो?
GC question
Miss Nepal का कुरा
हिरोइन श्रिषा कार्कि लाइ आत्महत्या गर्न यसरि बाध्य बनाइएको थियो !
Trump all the way!
ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!!
sarai chada vaye keti haru
How to differentiate a PAKHE from a SHAHARIA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters