[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 कम्फोसा, विमस्टेक र भारतीय सुरक्षा छाता
[VIEWED 9380 TIMES]
SAVE! for ease of future access.
Posted on 08-27-18 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘बङ्गाल खाडीको बहु–क्षेत्रीय प्राविधिक र आर्थिक सहयोग अगुवाइ’ लाई अङ्ग्रेजीमा The Bay of Bengal Initiative for Multi – Sectoral Technical and Economic Co–operation (BIMSTEC) नाम दिइएको हो । (द राइजिङ नेपाल, २२ अगस्ट, २०१८)
भदौ १४ र १५ गते काठमाडौंमा हुने ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन’ भनियो । गोरखापत्र, ५ भदौ २०७५)
त्यस सम्मेलनको सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग अथवा गुप्तचर विभागलाई परिचालन गरी उच्च सतर्कता गृहमन्त्रालयले अपनाउने कुरो बतायो ।
दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरू सदस्य रहेको सङ्गठन विमस्टेकमा आबद्ध मुलुकहरूले पहिलोपटक भारतमा संयुक्त सैनिक अभ्यास गर्ने तय भएको अधिकारीहरूले जनाएका छन् ।
बिमस्टेकको काठमाडौं सम्मेलनलगत्तै गरिने उक्त अभ्यास आतङ्कवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय सङ्गठित अपराध नियन्त्रणका निम्ति आपसी सहकार्यमा केन्द्रित हुने बताइएको छ ।
‘तर, विश्लेषकहरू पाकिस्तान सदस्य नरहेको उक्त सङ्गठनलाई प्रयोग गरेर भारतले आणविक अस्त्रसम्पन्न उसका छिमेकीहरू पाकिस्तान र चीनलाई रणनीतिक सन्देश दिन खोजेको बताउँछन् । नयाँदिल्लीस्थित बीबीसीको यस समाचारलाई ५ भदौ २०७५ को ‘राजधानी’ ले ‘किन भारतमा भेला हुँदै छन् सात देशमा सैनिक ?’ शीर्षक दिएको छ ।
भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पुणेमा हुने अभ्यासमा नेपालसहित भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमारको सहभागिता हुनेछ ।
दुई साताअघि भारतीय सेनाको मुख्यालयमा बिमस्टेक सदस्य मुलुकका भारतीय दूतावासमा कार्यरत सैन्य सहचारीहरूको एउटा भेलाको आयोजना भइसकेको बताइन्छ ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपालको सहभागिताबारे भने –‘३० जनाले भाग लिनुहुन्छ, यसमा पाँच जना अधिकृत हुनुहुन्छ र २५ जना अन्य हुनुहुन्छ । भारत र पाकिस्तानसमेत सदस्य रहेको सार्कको विकल्पको रूपमा अघि सार्न खोजिएको भनिएको र पाकिस्तान सदस्य नरहेको बिमस्टेकले गर्न लागेको संयुक्त सैन्य अभ्यास अर्थपूर्ण रहेको कतिपय विश्लेषकको मत पान्छ । पाकिस्तानलाई यस क्षेत्रमा एक्ल्याउने र चीनलाई आफ्नो शक्ति देखाउने भारतको उद्देश्य लुकेको हुनसक्ने सैन्य मामलासम्बन्धी एकजना जानकार इन्दु अधिकारी बताउँछिन् । ‘हाम्राजस्ता देशहरू यस्ता समूहमा संलग्न हुँदा दुइटा देशबीचको द्वन्द्व र विशेषगरी आतङ्कवादको मूल्यमा च्यापिने सम्भावना रहन्छ– उनी भन्छिन् ।
भारतका अवकाश प्राप्त मेजर जनरल अशोक मेहत्ता भन्छन्– ‘यदि यसको रणनीतिक उद्देश्य छ भने पाकिस्तानलाई अलग गर्ने नै हो किनभने सार्क चलेकै छैन भने विमस्टेक त चल्नुपर्छ ।’
दक्षिण एसिया मामलाका कतिपय जानकार भारत र पाकिस्तानले एक–अर्कालाई सैन्य ताकत देखाउने उद्देश्यले गर्ने गतिविधिमा अन्य छिमेकी मुलुकको सहभागिता हुनु कतिपय सन्दर्भमा कूटनीतिक हिसाबले जोखिमपूर्ण बन्नसक्ने चेतावनी दिन्छन् – राजधानी दैनिकले उल्लेख ग¥यो ।
बिमस्टेकको काठमाडौंको शिखर सम्मेलनबारे कुराकानी चलिरहँदा एमाओवादीहरूको दक्षिण एसियाली देशहरुको एउटै कम्युनिष्ट सङ्कठन बनाउने योजना अघि सारेको थियो । त्यसबारे भारतको दक्षिण एसियाली सुरक्षा छातासँग तुलना गरिएको थियो र भारतबाट नेपालमा एमाओवादी प्रवेशलाई ‘ट्रोजन हर्स’ नाम दिइएको थियो ।
बङ्गलादेश त पूर्वी पाकिस्तानमा भारतीय सेनाको प्रवेशपछि बनेको थियो भने श्रीलङ्कामा २५ वर्ष भारतकै सहयोगबाट तमिल विद्रोह भएको मानिन्छ भने माल्दिभ्स र भुटानको स्थिति सबै अवगतै छन् । नेपालले सम्भवतः चीनलाई उनको भूगोलको कारण सार्कमा ल्याउने प्रस्तावले नेपालको दरवार काण्ड र राजतन्त्र
समाप्त भएको अर्थ लाउनेहरू पनि कम छैनन् । पश्चिमी देशहरूले स्वीट्जरल्याण्डमा नेपालका शासक दलहरूको भेला गराएर सङ्घ राज्यमा राजी गराएका थिए भने एमाओवादीहरूलाई नेपालमा स्थापित गर्न भारतकै अगुवाइ भएको जगजाहेर छ । जहाँसम्म आजको म्यानमार वा पुरानो बर्माको प्रश्न छ – पूर्वबेलायती उपनिवेश भएको कारण त्यसको प्रभाव यथावत नरहे पनि भियतनाम युद्धदेखि नै थाइल्याण्डमा अमेरिकी प्रभाव कम नहुनु स्वाभाविक छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता र मधेशवादीहरूले नेकपाको सरकारलाई समर्थनको गुढ अर्थ अब खुल्दै जानेछ ।
बेलायत क्षेत्रफल र जनसङ्ख्यामा तुलनात्मक रूपले सानो भए पनि भारत र चीनजस्ता विशाल क्षेत्रफल र जनसङ्ख्या भएका देशहरूलाई दुई शताब्दीसम्म पदललित गर्ने बेलायती साम्राज्यवादी दृष्टिकोणसँग कसरी दक्षिण एसियामा पुनः आशक्त हुँदै छन् अचम्म लाग्छ । जनता नउठेको बेला भारतीय शासकहरूकै अहँकार, लम्पत जीवन र शत्रुलाई नचिन्ने चिप्लो घसाइका कारण शिकार भए – राजा–महाराजा र राजा–रजौटाहरू ¤ २१ औं शताब्दीमा समेत दास–मालिक र सामन्ती संस्कारबाट मुक्त हुन नसकेका दक्षिण एसियाका शासकहरू पनि पुनः पश्चिमबाट शासित हुने सम्भावना देखिंदै छ ।
पश्चिमाहरूलाई आफूले उपनिवेश बनाएका देशहरू अगाडि बढ्दै गरेका देशहरूको प्रगतिलाई फुटेको आँखाले पनि हेर्न रूचाउँदैन, तिनीहरूले आफ्नो शासन र इज्जतको विषय बनाउने गरेको प्रस्ट छ । भारतलाई स्वतन्त्रता दियो तर देशलाई ७० वर्षसम्म फुटको बीउ छरेर, त्यस्तै विभिन्न देशहरूमा भाषा, जाति, धर्म र भौगोलिक क्षेत्रहरूका साम्प्रदायिक भावना फैलाएर विध्वंश मच्चाउँदै छ । डलरले होइन युरोबाट तेल बेच्न चाहने सद्दाम हुसेनलाई हत्या ग¥यो र इराकलाई धुजाधुजा बनायो । संयुक्त राष्ट्र न्यूयोर्कमा होइन अन्य कुनै महादेशमा राख्न चाहने गद्दाफीलाई पनि हत्या ग¥यो र लिवियाली जनतालाई पनि रगतमा डुबाउँदै छ । बेलायती साम्राज्यवादले वर्मादेखि ब्रह्मपुत्रसम्म पश्चिममा पञ्जाव, गङ्गा र यमुना नदी र अन्य नदीहरूलाई सीमा बनाई भारतलाई पनि टुक्रा टुक्रा गर्न चाहन्थ्यो, त्यही हिसाबले ह्वाङ्ग हो, याङ्गसी र याङ्गसिक्याङ्ग नदीलाई सीमा बनाएर चीनलाई पनि टुक्रा टुक्रा बनाउन चाहन्थ्यो । एसियाली देशहरूले सम्भावित तेस्रो विश्व युद्धबाट जोगिनु आवश्यक छ । तिनीहरूको प्रचार छ – एसियामा चीन (ड्रागन) को प्रभावलाई रोक्नुपर्छ । यसको हतियार बिमस्टेकलाई बनाउन बेर छैन, होसियार हुनैपर्छ ।
५ भदौको कान्तिपुरको ‘काठमाडौंमा रेल गुडाउन बेलायतमा अनुसन्धान र नेपालको बिजुली सिङ्गापुरमा’ जस्ता समाचारहरूलाई गम्भीर रूपले अध्ययन गर्न जरूरी छ । साम्राज्यवादीहरू सोभियत सङ्घलाई टुक्र्याएजस्तै चीन अनि भारतलाई टुक्र्याउन एसियालाई एसियालीहरूसँग भिडाउने योजना बनाउँदै छन् भन्नेबारे बिमस्टेकमा छलफल आवश्यक छ ।कम्फोसा, विमस्टेक र भारतीय सुरक्षा छाता
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
Kamala Devi Harris chosen as Biden Running Mate
Supporting issues on principle instead of blind brainwashed support
Trump is a winner
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Leftist mobs and gangster harrasing
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
The Battle of the Titans
Michael Kobold's expose on Nimsdai Purja
Example of how media controls the sheeps
Democrats cannot think for themselves
Dufferent types of people who hate Trump
Follow and obey the news you see on TV 100%
If you are mad at Elon and DOGE..
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters