माओवादी कार्यकर्ताबाट कुटिँदै थापा
सिन्धुली, कुशेश्वर ८ घर भई शान्तिनगर बस्दै आएका किरण थापालाई जडिबुटितर्फ जाँदै गर्दा कोटेश्वरमा एकीकृत नेकपा माओवादीका कार्यकताले कुटेका हुन्। थापाले १७ गते कुशेश्वरका गाविसका इन्चार्जले आन्दोलनका लागि ल्याएको बताए। 'एक दिन उनीहरुसँगै बानेश्वरमा बसेँ, भोलिपल्टबाट मामाले काममा लगाइदिने भनेकाले शान्तिनगर बसेको थिएँ। काममा जडिबुटीतर्फ जाँदै गर्दा कोटेश्वर बीच सडकमा हिँडिरहेका बेला माओवादी कार्यकताले नहिँडन भनेका थिए। मैले बीच सडकमा हिँड्न किन नपाउने भन्ने प्रश्न गर्दा कुट्न थालिहाले।' उनले अगाडि भने, 'आन्दोलनलाई भनी आएको काम केही भएन, किन ल्याएको हो? त्यही भएर काममा जान लागेको थिएँ, आफ्नैले कुटे मलाई।'
कोटेश्वर चौकीमा भेटिएका एकीकृत नेकपा माओवादीका सदस्य विमल ढुंगेलले 'बीच सडकबाट नहिँड्नभन्दा अपशब्द प्रयोग गरी गाली गर्न थालेपछि आफ्ना कार्यकताले कुटेको बताए।
कोटेश्वर चौकीका इन्चार्ज टीका कार्कीका अनुसार सामान्य उपचारपछि मानवअधिकारवादीको रोहवरमा घाइते थापालाई उनको मामाको जिम्मा लगाइएको छ।
थापालाई माओवादी कार्यकर्ताबाट बचाउँदै
थापालाई माओवादी कार्यकर्ताबाट बचाएर चौकीतर्फ लगिँदै
Source: Nagariknews.com