[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डा. उपेन्द्रकी छोरीको यसरी भएको थियो अपहरण, अपहरणकारीले मागेका थिए १० करोड
[VIEWED 5426 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-18 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ बर्षको कलिलो उमेरमा आँट हेर्नुस त ..

https://www.youtube.com/watch?v=iYEZ_Lj98G8

पुरा विवरण यहाँ पढ्नुस

गोल्फुटार हेपाली हाइटस्थित घरबाट २०६५ साउन १९ गते चर्चित न्यूरोसर्जन तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण भएको थियो । अपहरण हुँदा मेघा १६ वर्षकी थिइन् र रातो बंगला स्कूलमा १० कक्षामा पढ्दै थिइन् ।
छ जना मास्क लगाएका अपहरणकारी साउन १८ गते बिहानको दुई बजे हेपाली हाइटस्थित देवकोटाको घरमा प्रवेश गरेका थिए । हतियारसहित आएका अपहरणकारीहरू घरको ‘कम्पाउण्ड’ नाघेर मेघालाई नियन्त्रणमा लिइसकेपछि डा. उपेन्द्रको बेडरुममा प्रवेश गरेका थिए ।
परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिनुभन्दा अघि उनीहरूले टेलिफोन लाइन काटिदिएका थिए । घरमा भएका मोबाइल फोनहरू पनि किचनमा लगेर पानीमा डुबाइदिएका थिए । नियन्त्रणमा लिइसकेपछि उनीहरूले डाक्टर उपेन्द्र देवकोटासँग दश करोड माग गरे । आफूसँग त्यति धेरै पैसा नभएको देवकोटाले बताएपछि अपहरणकारीले पैसा जुटाउनका लागि केही समय दिन सकिने र त्यतिबेलासम्मको लागि परिवारको एकजना सदस्य आफूहरुसँगै जानुपर्ने शर्त राखे ।
डाक्टर उपेन्द्र देवकोटा र उनकी श्रीमतीले आफूलाई सँगै लैजान अनुरोध गरे । तर अपहरणकारीले पैसा कसले व्यवस्था गर्छ ? भन्दै उनीहरुलाई लैजान अस्विकार गरे ।
त्यसपछि जेठी छोरी मेघाले अन्य सदस्यहरूलाई सम्झाउँदै‘म यिनीहरू सँग जान्छु’ भन्न थालिन् ।
त्यहाँ करिब ३ घण्टा पैसाको बार्गेनिङ चलिरह्यो । विहानको पाँच बज्नै लाग्दा अपहरणकारीहरुले मेघालाई उनकै गाडीमा अपहरण गरेर लगे । अपहरणमा प्रयोग गरिएको देवकोटाको गाडी अपहरणकारीले चावहिलमा छाडिदिए ।
छोरीलाई अपहरणकारीले लगेपछि डा. देवकोटाले प्रहरीलाई सूचना दिए । त्यसलगत्तै प्रहरीले एआइजीको नेतृत्वमा अनुसन्धान थाल्यो ।
शुरूमा १० करोड फिरौती मागिएपनि एक करोड तीस लाखमा कुरा मिल्यो । पैसा दिएपछि साउन २२ गते राति साढे ११ बजे गौशालामा मेघालाई छोडियो ।
प्रहरीले गरेको अनुसन्धानबाट हेम मगर, सिद्धार्थ लामा, राजु लामा, केशव दर्लामीमगर, राजु थापा, गोकुल गिरी र कृष्ण राई अपहरणमा संलग्न भएको खुल्यो ।
अपहरणमा संलग्न मध्ये अपहरणका मुख्य दोषी भनिएका राजु थापालाई अदालतले १७ वर्ष कैद र २६ लाख २३ हजार जरिवाना सुनाएको थियो । अपहरणमा संलग्न कृष्ण राईबाहेक अहिले सबैले अपहरण, फिरौती असुल र डाँका मुद्दामा सजायँ काटिरहेका छन् ।
फिल्मी शैलीमा भएको यो अपहरण काण्डपछि राजधानीको सुरक्षा व्यवस्था फितलो भएको भन्दै व्यापक बहस चल्यो ।
अपहरणको भोलिपल्टै अपहरणमा संलग्न भनिएका हेम मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

मेघालाई बन्धक बनाएर राखिएको पाटनस्थित एक घरमा प्रहरीले घेराउ गरेको थियो । प्रहरीले आक्रमण गर्नसक्ने भन्दै अपहरणकारीले मेघालाई मार्ने धम्की दियो । त्यसपछि प्रहरी त्यहाँ बाट पछि हटेको थियो ।
प्रहरीले आक्रमण गर्न लागेको सूचना पाएपछि अपहरणकारीले आफ्नो १० करोडको मागलाई छाडे र १ करोड ३० लाखमा मेघालाई छुटाउन तयार भए ।
त्यति बेला अपहरणमा परेकी डाक्टर देवकोटाकी जेठी छोरी मेघा हाल लण्डनको किंग्स कलेजमा अध्ययनरत छिन् । नेपालमा रहेको बेला जन्डिस देखिएपछि डा. देवकोटा छोरीको सामिप्यतामा आफ्नो उपचार गर्न लण्डन गएका थिए ।

डाक्टर देवकोटा करिब छ महिना लण्डनमा उपचार गराएपछि नेपाल फर्केर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत छन् ।
मेघा यतिवेला बुवाको हेरचाहमा सक्रियताका साथ खटिएकी छिन् ।
डा. देवकोटाका तीन छोरी मेघा, बसुधा र मञ्जरी हुन् । उनीहरु तीनै जना बुवाको हेरचाहमा खटिएका छन् ।
डा. देवकोटाको स्वास्थ्य स्थिति जेठ २५ गते शुक्रबार राति जटिल बनेपछि सामाजिक सञ्जालहरुमा उनको मृत्युको अफवाह फैलिएको थियो ।
शनिवार डा. देवकोटालाईं उनको इच्छा वमोजिम पुख्र्यौली घर गोरखा पालुङटार पु¥याएर काठमाडौं फिर्ता ल्याइएर उपचार गरिरहिएको थियो ।

जेठ २७, २०७५ मा प्रकाशित
(लोकान्तरमा)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters