[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 130026 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-16-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM

 
Posted on 11-21-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा

सुक्खा पाउरोटी मुखमा कोचेर के के सम्झी खाएछन लहरे ले लौ न। धोतीको को मा रे - लाल मोहन रे। हरियो मोहन नि खाएको होला। मन को लड्डु घिउ सँग खाए नि जिउ लाग्ने हैन।


 
Posted on 11-21-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्कार , चौतारीमा पहिला नै आम आम त ला थियो तर अल्छि गरियो । सीरिअलको कथा पढे पछी त नगै भएन जस्तो भो ।

 आफु त फुको वाइ वाइ हानी रा छु पानी सँग


 
Posted on 11-21-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते जि लाई स्वागत - लौ आएछ खुशी लाग्यो
न्वारन त भक्ते नै राम्रो छ

भक्ते काजी भण्डारी - कस्तो लाग्यो नाउ - ठीक छैन त


 
Posted on 11-21-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते नौलो नयाँ हो? हो जस्तो लाग्यो।

नयाँ नेपालमा , नयाँ चौतारीमा स्वागत छ।


भक्ते कास्को भक्त ? सरु को भक्त त सरु भक्त भाईहाले। मीराभक्त, गीताभक्त, सीताभक्त कुन चाँही भक्त पर्‍यो?


 
Posted on 11-21-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पक्कै तरुनी भक्त होला ठुल्दाइ -
तरुनी भनेपछी मिरा, गीता, सीता आइहाल्यो नि हैन र
 
Posted on 11-21-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते भोछिभ्वय
भक्त भैल
भक्त भोंमी
भक्त भट्ट
भक्त भट्टचन्
भक्त भादगाउंले
भक्त भेटवाल
मन लागेको कम्बिनेशन छाने हुन्छ, बौचा ले भने जस्तै हुनु पर्छ भन्ने छैन।
 
 
Posted on 11-21-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ठुल्दाइ मेरो काम कारवाही मा बाधा अड्चन पुर्याउने होइन -
भक्ते काजी भण्डारी नै हो अरु केही होइन

चौतारी रस्रङ बिभाग

ल लाल मोहर नि लगाएँ मैले 


 
Posted on 11-21-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाल मोहर लगाए नि लाल सुका लगाए नि छु मतलब। उता लहरी ले भनी भन्दै जे पी टि लेख्ने , यता सपोर्ट गर्ने। यह कभी नही हो सकता ।
 
Posted on 11-21-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भन्या हो - अझ झन, एसो सोच्छ भनेर भन्देको - नभन्नु पर्ने -
मैले भन्नु परे त फेस टु फेस नै भन्थे नि - किन बाहिर जान्थे - डराउदिन क्यारे

 


 
Posted on 11-21-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले दिल खोलेर स्वागत गर्नु भएको मा धन्यबाद । खै अरु भक्त त हैन, तरुनी भक्त चहि पक्कै थे (डीपजीको कथा हरु जस्तो; नेपालमा मात्र होइन अमेरिकामा पनि अती गर्या छ ), तर अब विवाह गरे पछी त श्रीमती भक्त भाछु । साझाको कथाहरुको पनि भक्त भा छु, खैनी मोल्दै कम्प्युटर अगाडि बस्ने बानी लग्या छ । साह्रै बानी बिग्र्या छ भन्या आज्काल । "भरे बेलइमा भात pakai राख्ननु भन्या त साझामा के गरी रा ?" भनेर शब्दहरु पछाडि बाट आउला "ल झन लन मो गर्या छहिन?" आउन बाँकी नै छ, म पछी आउला साथीहरु । ल म चुलो फुक्न जान्छु ।
 
Posted on 11-21-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते भण्डारी लाई चौतारीमा स्वागत।
लहरे को कथा ले नि आउतारी हरु तन्न लाएछ चौतारीमा
गूड् जब लहरे।
क कस्को घर जाने बेला हुन लायो हात उठाओ।
ठुल्दाइ का त आज पक्कै म्:म: होला,बाहिर नि सेताम्य भित्र किचेन मा नि सेताम्या डल्ला हरु।

 
Posted on 11-21-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आधा घण्टा बाँकी
ठुल्दाइ को म: म: के खै भो र - त्यती मिठो छैन रे - लहरी ले भनेको

मैले भन्या होइन क्यारे


 
Posted on 11-21-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी महात्म्य

जब जब दिन ढल्दै जान्छ,
तब तब चौतारी गल्दै जान्छ ,
काम गरेर थाकेका हुन कि
काम चोरेर थाकेका हुन यिनी हरु?
दाम पकाएका हुन कि
दामले पाकेका हुन यिनीहरु ?

रोग लाग्या शोक लाग्या पनि होइन,
भर्खर टन्न हसुरेका,
भोक लाग्या पनि होइन।
लोक लाज भएका पक्कै होइनन
खोप लाग्या भए आज खोप दिवस नि होइन।

किन सुनसान चौतारी ?
यही हो   शान चौतारी ?
डाहा गर्ने ले पनि
आहा भन्ने बेला भो।
गन्थन गर्दै गरौं
अफुलाई नि अबेला भो।

तारेमाम।


 
Posted on 11-21-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए दिपिका नानी रिसाइचन् लौ बित्याँस पर्नि भो नारन्। लु मैले नि फर्काएं नमस्ते दिपिका नानी।

अरु त सबैलाई एक मुष्ठ जदौ ठोक्द्याथें नि बिहान।

नयाँ पाहुना भक्तेलाइ स्वागत छ। लु यतै बसम् चौतारीको डिलाँ, बात मारम बसेर। त्यो लन सन मो गर्नि भन्या यस्तै उस्तै हो, जहान नि संगै लेर बस्न पर्च के चौतारीमा। अनि भात पकाम्नि पिर नि गर्न पर्दैन, यतै ऐले चेली, केली नभए सान्नानीले लेर आउंचन् काँसको थालमा मासु भात बजाम्न पर्च, खै कुरो बुझ्या?


 
Posted on 11-21-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोन आयो, भात आज नखानेरे, डिनर जाने रे ।  लौ मलाई पनि फुर्सद भयो । हुक्का तानम न्, खै कता बाट मिठो गन्ध आएराछ ।
 
Posted on 11-21-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बधाई छ भक्ते तेसो भए। भात पकाम्न नि परेन, भाँडा माझ्न नि, कि कसो? लौ चिलिम तानम बसेर। बरु ठुल्दाई खै?
 
Posted on 11-21-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिनर जाने भए जाउ भक्ते , दिन हुने ले डिनर गर्छन्। ऋण हुने ले ऋणर गर्नु पर्ला।

 
Posted on 11-21-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एssssss डिनर जाने रे लौ - मेरी लहरी कि दिदी परी कि क्या हो - अडर त खुब गर्ने रैछ -
 
Posted on 11-21-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त अमेरिकाको एकोनोमीको जोरो ले समत्या छ, उस्को पैसा खर्छ गर्छे भने चुबो लाएर जे भने पनि हो भन्दै हसुर्ने काम हो ।
 
Posted on 11-21-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कस्तो जाडो, म म को याद आएर हैरान । कस्का म म बनाउन ला आज ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters