[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 204042 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 02-27-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल स्वागत छ चौतारी मा गुन्युचोली, तिम्रो नाम चै गौंथली राखिदिए। कसो गाम्ले हो ?
ल ल त्यो सुकुल तानेर बस बस।
 
Posted on 02-27-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुन्युचोलो ज्यु लाई चौतारीमा स्वागत छ !
हाम्रो चौतारीमा सबै दाजु भाई दिदी बहिनीहरुले रमाइलो गर्छन् एकदम ठीक कुरा हो त्यो
तर अहिले खोइ कता लागे सबैजाना
नाम चाँही राख्दै गरौला बिस्तारै, बरु पहिला यसो चिनाजानि गरम क्यारे
मलाई रिट्ठे भन्छन है यता तिर
हजुरको नाम के पर्‍यो कुन्नी?


 
Posted on 02-27-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GunyuCholi, timro naam ta kata kata mero jastai rachha hai. Welcome to chautari hai. Naam ta budha paka le rakhihalnu hunchhha timle surtai mannu pardaina.
 
Posted on 02-27-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिस्टेले गौथली राख्यो
मैले गोरी राखे अब रोज्ने काम तिम्रै हो है हे हे

अनी के छ रिट्ठे शान?
 
Posted on 02-27-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! झिल्के बुरो, धेरै दिनपछि झुल्कियौ नि चौतारीमा!
अनि कस्तो हुँदैछ युरोपको शिशिर? -२० मा त हैन?

अनि रोजको कथा पनि लेख्दै गरम् है!


 
Posted on 02-27-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल मैले नि ठ्याक्कै गौथली भनेर भन्न ला' थिए बिस्टेले बकिहालेछ
ल राम्रो नाम भेटिएछ त, चित्त बुझेन भने भनम अरु नि धेरै नाम छ हामीसँग

झिल्के ब्रो के छ हालखबर? आज धेरै पछी झुल्कियोउ नि
सञ्चै सुबिस्तै?


 
Posted on 02-27-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती वर्म चौतारीबासिहरु। धन्य्बाद। नाम्कोअरु option्हरु के के होला नि?
हामी एउटा नेपालीको विद्यार्थी हौ। लेखन् तेती राम्रो छैन। हरेक सन्डे हामी आज्कल नेपाली भाषाको कक्ष्या लिन्चौ।चौतारीइमा पोस्ट गरेर केही नेपाली लेखन्मा सुधार औछ होला भन्ने आशा राखेका छौ। गाल्तिभये सच्याएर पढिदिनुहुन अनुरोध छ।


 
Posted on 02-27-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे के नयाँ चौतारी बनाएछ, यो बर्ख चाइ हाम्रो चित्रे दाइ को पनि घरबार होस। घुम्दै पूर्व तिर पुगेको बेला भाउजुले पकाको मिठो मासु भात खान पाइयोस।

जिम्माल बा लाई नयाँ जिबनको सुरुवात को धेरै धेरै शुभकामना। ठुली लाई जन्मदिन को अग्रिम शुभकामना अनी जम्मै गाम्ले लाई होली को अग्रिम बधाई।

रिट्ठे, चेली, बिस्टे, झिल्के लगयत जम्मै गाम्ले लाई नमस्ते। साथै चौतारीको नयाँ पाहुना गुन्योचोली लाई चौतारीमा न्यानो स्वागत छ।

 


 
Posted on 02-27-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry for spoiling CHAUTARI

Dear frineds,
let me share a good news with you all,, hmmmmmm good news ta hoina, lets say RAMAILO news , The city council (where I live) is going to organise an India week and guess what, they have officially approached me for the most important part of the event.  to be a DJ for BOLLYWOOD NIGHT to be held in one spacious night club.

I was shocked, surprised and delighted, all at one time after hearing this. There will be more than 400 crazy people on the floor and I should keep them shaking whole 4 hours. Can I make them bang the floor, lil bit doubtful but Im excited.

I was surprised why they offered a Nepali guy this job? Later I came to know that, city council has directly approached University Student Union and they reffered my name. I had organised few small dance get together in our international party. But that was just picking up songs, and it was just done in small hall.

Its my first time I will be handling such a huge crowd, Ive never done DJing professionally and know nothing about technical parts but I know in which situation what type of song to play. One good news is, there will be a PRO assisting me in technical part, all I had to do is play DHAMAKs from bollywood :-)

I enjoy when I can make people shake their assss like shake a bomb bomb. Anyway, its going to be fun and the other thing is just in a  night, I will earn more than what I do in a whole week

Any song u wanna suggest DJ Amazing ? please (just give a name of song, if it takes time to post youtube link)
DJ Amazing is going to be all over media for a day heheheheh

--------

 
Posted on 02-27-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ झिल्के लाई, रमाइलो हुने भए छ त ब्याङ ब्याङ हेर्न बजाउन। टन्नै छन नि नाच्ने हिन्दी गान हरु।
अहिले घर गर लेखुला लामो लिस्ट। ल म चै लागे अहिले लाई।
 
Posted on 02-27-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौंथली नै अच्छा हुन्छ जस्तो छ, का वा जिमाल।

गौथली लाई स्वागत।

झिल्के ब्रो, बधाई छ।
ठुलदाइ लगायत सबै नेपालीको शिर  उच्च राख्ने नै छ भन्ने विश्वाश छ।

यो नेपाली शिर उचाली,
संसारमा लम्कंछौ।
जुनाकिरिले झै बत्ती बाली
अन्धकारमा चमकन्छौ।
 


 
Posted on 02-27-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok, let me utilize this thread to congratulate our dear नेम (nepalean, chautari pioneer) for getting married

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
 
ani hamro jimmal ba lai pani
 
शुभ कामना शुभ विवाहको लागि
साथै
जन्मदिनको शुभकामना!

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
 
र मेरो आफ्नै जन्मदिन मार्च ३ को लागि पनी म आफैलाई बधाई 
 

 
Posted on 02-27-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhilke bro, badhai chha. :)

tyo program ma nepali geet ni bajauna paichha? paichha bhane babal babal nepali geet bajaidinu hai, sunun na sansarka maanchhe le nepali geet ko madhurya.


 
Posted on 02-27-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हाम्रो नमे पनि बैबाहिक सम्बन्धमा बाधियेको मा धेरै धेरै शुभकामना तथा बधाई
रातामकै जी लाई पनि जन्म दिनको अग्रिम शुभकामना
झिल्के ब्रो लाई पनि DJ सेलेक्ट भको म बधाई छ
बिस्टे ले भन्या जस्तो हिन्दी गीतहरु टन्न छन भरै लेखौल है त
तर अहिलेका रिमिक्स गीत नै ठीक होला नाच्न त
हो हो ठुल्दाइ गुन्युचोली जी लाई 'गौथली' नाम ठीक छ, जुरेको पनि छ
गौथली जी, नाम राखिदा तपाईंको पुरानो नाम 'गुन्युचोली' लाई मिल्ने जुल्ने पारेर राखिन्छ तेइ भएर 'गौथली' जुरेको हो
लु अब उकालो लाग्नु पर्‍यो
सारङि  रेटौला मौका मिले फेरी भेटौँला !


 
Posted on 02-27-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्लु बुईनीलाई शुभकाउना! पिरिजिन्टी सिरिजिन्टी त के दिई भो र यो सन्नाटा खप्परवालाले? बरु, तिउँरो जन्मदिन पारेर, चईनि, यो दाईलाई गोटा एक जगल्टे वीग पिरिजिन्टि देउन, है? बढो कल्याण हुने थो।

गुन्युचोलीलाई त हामी गुन्ची भन्छम् के रे। बेलाबखताँ कुनै कुराले चित्त दुखाई भने नि रुन्ची गुन्ची भन्न सजिलो जो पर्थो। खै, न्वारन अर्दिने बाजे आफ्नै साईत जुराउन नेपाल पुग्या' छन्। साईत नि कस्तो बेलाँ परेछ भने, भोज ख्वाउन न मट्टितेल, ग्याँस छ; न दुलही भित्र्याउन पेट्रोल छ। हिजो कुरा भा'थो के रे बुढासंग, मैले त खुरुक्क हिरो साईकिलको अगाडिको डन्डीआँ राखेर ल्याऊ दुलई भन्दिएँ। भोजाँ चईं, चिउरा, भुजिया र वाई वाई मिसा'र टपरीआँ राख्दिए भैगो। ब्रामनको जो बिहे हो के रे, मासु ख्वाउनुको पिरै छैन।

लु, जाम् के रे अब त।

जिम्मालेको गर्धनाँ रातो टाई छ

दुई-चार दिनलाई मेरो बाई बाई छ!


 
Posted on 02-27-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! झिल्केलाई त बधाई दिनै बिर्सि रा'। बरु, तो के जाती हिन्दी नै बजाम्न पर्नि हो भने, "कोरा कागज" बजाईदिम्, मच्चि मच्ची नाच्लान्!
 
Posted on 02-27-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मोर्निङ चौतारी !
कति बज्यो हँ?
भात खाएर सुतेको त भुसुक्कै भइएछ कि के हो?

जिम्माल बुढालाई धेरै धेरै शुभकामना। हाँई त खुशीले त्यसै गद गद गद गद भा'छम के रे,  एउटा भा'नि प्रतिस्पर्धी घट्यो भनेर।

थुली सुली, लाउँछेउ कि नाकमा हिराको फुली ।  
ह्याप्पी झ्याप्पी बटडे।

हैन हउ अब १०-१२ दिन शुभकामना मात्रै बाँडेर बस्ने हो?

हैन हउ हुन नसकेका साढुदाइ, तिम्लाई आउन बेर न जान बेर, हुँ?

बाँकी सबैलाई जदौ !


 
Posted on 02-27-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या! झिल्केलाई त बधाई दिनै बिर्सि रा'। बरु, तो के जाती हिन्दी नै बजाम्न पर्नि हो भने, "कोरा कागज" बजाईदिम्, मच्चि मच्ची नाच्लान्!

 
Posted on 02-27-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhilke ko lagi maile select garya geet hai ta:

1. na koi Umang hai, na koi tarang hai....

2. Mera jeevan Kora kagaz kora hi rehe gaya......

3. rote rote hasna seekho haste haste roona.....

4. eh kya bolti tu? .....

Ani aru chhin pachhi sochera bhanamla hai.


 
Posted on 02-27-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चितरे भैया, झन् त्यो हाम्रो पहिलो चौतारी खन्ने इन्निनिएरको बिहेको शुभकामना चै खै त अनि? त्यो मथिल्तिर नमे को नि शुभकामना हाल्देओ न हो।

उही हाम्री एक मात्र, सबैकी प्यारी बहीनी ठुलि को जम्न दिनको धेरै धेरै शुभकामना, निरोगी रहुन्, हांसि-खुसी रहुन्, सफल रहुन्।

जिम्माल बा लाइ नि धेरै धेरै बधाइ अनि सफल दाम्पत्य जीवनको शुभकामना। (बुढोले हेर्दै/पढदै होला नि है नेपालबाट) लु जिम्माल बा अब हाम्ले नि जिम्माल्नि बजैको फुटु हेर्न पाउनै पर्छ, पाउनै पर्छ।


नमेलाइ चैं चौतारीमै भेटेर दिनु पर्ला बधाइ सधाइ।

झिल्केलाइ हार्दिक बधाइ, अब झिल्केनै DJ भा पछि गज्जब हुने भैगो नि त्यो कार्जेक्रम। दामि नचाइदिनु है सबैलाइ

हे राता-मकै स्विकार्नुस् मेरो शुभकामना तपाइको जन्मदिन् को।

कोइ छुट्ट्को छ शुभकामना पाउन?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters