बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 293446 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-17-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्मालबा

जिम्मालबा लो

हैन चिप्ले खुजली ले अझै कुरा बुझेन रे।।।लो


 
Posted on 06-17-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को लोल सरि २,३,४ सबैलाई !

अघी चित्रेलाई देख्या जस्तो ला'थ्यो मुखाँ पट्टी बानेर आइरथ्यो , कतै गन्नु भायले किट्न्याप त गर्या हैन? सन्कै छ


 
Posted on 06-17-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु को एपिसोडमा मिस दिदीको डेब्यु आज? ल ल पार्टी खाम न त अब? चिप्ले खुजली रे लोल
 
Posted on 06-17-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मरेछन सबै भाय बेन हरु
 
Posted on 06-17-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री लहरेकान्त लाकौल इन्टरनेटको पेजमा धेरै प्रख्यात रहेछन्!

 

 

 

 



 
Posted on 06-17-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा अती मिलनसार मित्र तथा 'चौतारी रसरंग प्रधान' एवम 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष', 'तोतेबोलि सुधार आयोजनाका प्रमूख आयुक्त',
चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष', 'इन लोकेसन,
न्यूज डिभिजन चौतारी समाचार समितीका बरिष्ट संवाददाता'
तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका
महासचिब', 'घाइते उद्धार हेतु
स्वउद्धार परियोजनाका
महानिर्देशक' तथा
'उस्ताद
चौतारी
शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'
श्री लहरे लाल लाकौल
लाई
हार्दिक बधाई तथा
शुभकामना


 
Posted on 06-17-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री लहरे लाल लाकौल

उर्फ

'चौतारी रसरंग प्रधान' एवम 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष', 'तोतेबोलि सुधार आयोजनाका प्रमूख आयुक्त',
चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष', 'इन लोकेसन,
न्यूज डिभिजन चौतारी समाचार समितीका बरिष्ट संवाददाता'
तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका
महासचिब', 'घाइते उद्धार हेतु
स्वउद्धार परियोजनाका
महानिर्देशक' तथा
'उस्ताद
चौतारी
शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'

लाई
हार्दिक बधाई तथा
शुभकामना

-बिष्ट परिवार -


 
Posted on 06-17-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा बिर्खे माइला नि कम्ता छैन।

 



 
सान्नानी
Posted on 06-17-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kati hasnu hau......
 
Posted on 06-17-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

choutari kina bigrera google google bh ako
 
सान्नानी
Posted on 06-17-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta tara. :D:P

nam rakhne haina jimmal baa tara. ko?


 
Posted on 06-17-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै चौतारीबासी लाई यो मीथो गीत ल्याइ देयको छु। मेरो काम बाट गीत तास्न मेल्दैन ।।कसैले यो गीत तासी देय धन्य हुनेछ।

 

लोलाएका टी ठुला तिम्रो दुई नजर्ले मलाई
हेरिदिये मलाई चाहिन्न अर्को केही

लोलाएका ती ठुला........

सौ-भाग्यशाली औथी तिम्रो हात को भेइ
स्पर्श मात्रा पाये चाहिन्न अर्को केही
सुन्दर मुहार तिम्रो चन्द्रमा शर्माउने
एक पल्ट देख्न पाये चाहिन्न अर्को केही

लोलएका ती ठुला...


छिनेको त्यो कत्ती मा
जल्को घदा सारी भ् इे
तास्सी रहन पाये चाहिन्न अर्को केही
काला घता भ दौ  जस्ता केश दाना
छन्या भये मलाई चाहिन्न अर्को केही

लोलाएका टी ठुला तिम्रो दुई नजर्ले मलाई
हेरिदिये मलाई चाहिन्न अर्को केही

लोलाएका ती ठुला........


 
Posted on 06-17-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर तिमी आएनौ..............
कती दिन बिते कती रात हराये
तर तिमी आएनौ
अन्धकार  तिम्रो जीवनमा ज्योति मेरो नहोला
सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुने छौ
कैले काही रुनेछौ
शायद तिम्रो बाटोमा.......


 
Posted on 06-17-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaja ta Google maya bhayechha hamro chautari!!

K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le.


 
Posted on 06-17-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le<<<

त्यस्तो होइन चेली यस्तो पो त

K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le


 
Posted on 06-17-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 रबी ,

तर यो अडियो मात्र रहेछ

शायद तिम्रो बाटो मा ,

 

 


 
Posted on 06-17-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la BHOOL SUDHAR:

K bho Ritthe dai, pura senti geet gauna thalnu bhayechha!! baal diyenan jasto chha maanche haru le


 
Posted on 06-17-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो रिट्ठे के गरेको
के को बधाई मलाई -
फेरी यो बिस्टे हेर न, त्यो रिट्ठे को ल-लहैमा लागेर,
के को बधाई हो हाम्पनी सुनौन,
 
Posted on 06-17-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीका औतारीहरुको नाम राखेर, कहिले गन्नु महात्म्य त कहिले कमिलाटारको कुरा गरियो र गरिँदै पनि छ। यसपाली चाइँ चौतारीकै औतारीहरु राखेर कुनै सेटअप सहितको एउटा गाउँ नै बनाउन खोज्या हे हे हे!  हेरौँ कत्तिको टेम मिल्छ चाइन्जो, मिलो भन्देखुन एउटा गाउँ नै हेर्दै जाम्ला बिस्तारै भनेर आँट्या हो। कोइले राम्रो गर्या लेखिएला कोइले नराम्रो गर्या लेखिएला गाम्ले हो तर कुरो न हो।---------------

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथी नै भित्तामा अडेस लागेर बसे।

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

 

 


 
Posted on 06-17-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव! हाम्रा माल्दाइलाई कुरा पनि कति आका हुन्!!!! लु अझै जाओस् है, म त पलेंटी कसेर बसें कथा/धारावाहिक सुन्नलाई !!!!

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters