Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Bishwa Niketan School Refresh page to view new replies
 विश्व निकेतन का उज्वल नक्षत्र हरु

[Please view other pages to see the rest of the postings. Total posts: 355]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

my school my pride
[VIEWED 158110 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-28-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व निकेतन स्कूल मा अध्ययन गर्नु भएका मित्र, दाजु-भाइ, दिदी बहिनी सबै मा यो राहुल भाइको स्वागत छ । तीता, मीठा पल हरुको सम्झना फेरी गरम भनेर यो धागो सुरु गरेको छु, धागोमा फूल उन्नु होला, माला गास्नु छ । अस्तु!
 
Posted on 01-18-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-19-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भो यो विश्व उद्यान मा धेरै साथी हराउनु भएको । उरुण जी, बासु जी, आइ क्यान फ्लाई जी, cannabis जी,पवन चा जी अरु पनि धेरै मित्र हरु। चना तरकारि जी अनि ज्यापू जी मात्र होइनन् होल, विश्व उद्यान् का प्रतिभा हरु। आ-आफ्नो कथा ब्यथा राख्नु होस्, यो धागो लाई जेवन्त बनैइ राखौं। अस्तु!
 
Posted on 01-21-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफिस टाइमको भीड ओ हो
कतिबिधि मान्छे ।
रोक्न हुन्न बस त्यहाँ
झुण्डिन्छन है मान्छे ।।

क्रमश:
 
Posted on 01-21-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chana tarkari jee, check your mail and contact me asap.
 
Posted on 01-21-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिच्याउँछन खलासि भाइ
ढोकाबाट पहिल्यै ।
हुँइक्याउँछन ड्राइभर दाइ
नरोकि बस जहिल्यै ।।

क्रमश:
 
Posted on 01-21-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चना तरकारी जी । अरु पनि बिश्व निकेतन का त हरु लाइ आफ्नो सहभागीता जनाइ दिन हुन हार्दिक अनुरोध छ।
 
Posted on 01-22-07 2:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कति लामो धागो भएछ, पढ्दा रमाइलो लाग्यो पुरानो यादहरु ताजा भयो ।
 
Posted on 01-22-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नै पर्यो केहि आइडिया
बस चढ्नलाइ ।
विश्वनिकेतन कसरी पुग्ने
बिद्यार्थी पढ्नलाइ ।।
क्रमश:
 
Posted on 01-22-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि हामी छेक्ने बाटो
बस गुड्ने ढिलो ।
त्यहि बेला पछाडिबाट
तान्यो डोरी पोलको ।।
क्रमश:
 
Posted on 01-22-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Chanatarkari for
Clarification on omission of 'kramas.'
"Kramas" nabhai kasari garnu ni
Hamro pyaro trolly ko full bahas?

Malai ta khusai nai lagchha
Bhai rahada bayan trollyko.
Tara kina bhako ho bandhu
Chanatarkari kabita choto?

Idea run out ta nabhayeko hola hai
Time pressure le garda hola.
Je bhaye pani, lagcha malai
Bandhu ko kabita dherai rasila.

Ma aba afai suru garchu bayan
Bare mero pyaro tyampo ko.
Kahile kai yeta uti ktm ma jada
Chadthyo bajaj tempo yo jyapoo.

Bahira bata herda dekhine
Bajaj tempo thulo beetle kiro jastai.
Bhitra basi travel garda bhathena
Malai khasai kunai pani sasti.

Yo chadhepachi 'hire' lekheko
Meter hune taxi ko jastai.
Chadhepachi number thapidai janda
sane ma Herthe ma danga pardai.

Kramas:
 
Posted on 01-22-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह ज्यापु बन्धु वाह वाह
माने मैले माने ।
ट्याम्पु महात्म्य पढी आज
साह्रै दंग परें ।।

मन छ है मेरो पनि
छान्ने अर्कै बिषय ।
पख्नोस लेख्छु अझै केहि
यहि एउटै बिषय ।।
 
Posted on 01-22-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्ने बेला गुच्चा खेल्यौं

त्यसैले आज लुच्चा भयौं

सरस्वति पूजा गर्न छोडेर

सरस्वतिको पछि लाग्यौं

कबिता लेख्छु भन्दा भन्दै

सबिता लेख्न पुग्यौं
 
Posted on 01-22-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

जाडोको याममा स्कूलजान पनि हामी निक्कै साथीहरु जम्मा गरेर जान्थ्यौं। झोछें देखिन लगन भएर सबै साथिहरु जम्मा हुंदा २५ देखि ३० जना हुन्थ्यौं।घर देखि स्कूलसम्मको बाटोमा हुने कुराकानी र मनोरंजन संझदा अहिले पनि फेरि एकपटक बिश्व निकेतन फर्कौं फर्कौं जस्तो लाग्छ।
यो टिन एजरको समयमा लभ हुने भनेको पनि एउटा अद्रीश्य धागोले बांधेको जस्तो नै हुने रहेछ। अगाडि ध्यांग्ग भेट्टा चाहि एक् सब्द नफुट्ने तर दुबैले एकले अर्कालाइ पार गरि सके पछि दुबैले हेर्या हेर्यै गर्ने बानी। दुबै एउटै क्लासमा नभएकोले हामि दुबै लाइ अब कहिले घण्टि बज्ला जस्तो हुने र घण्टि बजि सके पछि एकले अर्कालाइ नदेखे सम्म अरु कुनै कुरा गर्न पनि मन नमान्ने।यो जालमा चाहि झण्डै हामि दुबै एक बर्षनै अल्मलियौं।
दुबैको बिचमा आदान प्रदान हुने चाहिं मुस्कान र चारवटा आंखाको बिचमा एलेभेटरको ढोकामा दांया बांया हालेको फोटो सेन्सर सेलले जस्तो एकले अर्कालाइ देखिने वा नदेखिने गरि हेर्ने बाहेक अरु बिशेष केही तारण थिएन ।
स्कूलबाट घर फर्क्यो। उस्लाइ नै देख्छुं। होमवर्क गर्छुं उस्को अनुहार मं कापिको पानामै देखछुं। राति सुत्छुं सिरक संगै उ पनि भएको भ्रममा पर्छुं। मलाइ के भएको यो!
कहिले काहिं आफैले आफैलाइ पनि धिक्कार ठानें। मनमा कुरामात्र खेलाएर अरु सबै काम कुरा बिगारेर के हो यो। मैले त सांच्चै अरु केहि गर्न सकेन । त्यहीं कुरामात्र बारंबार सझन्थें। सुते पनि उठे पनि। तर बास्तबमा हामि दुबै जनाको बिचमा भने केहि कुरा भएको थिएन। अब यसरि भएन, मं ठोस निर्णयमा पुग्नु पर्यो भनेर बागमतिको किनारमा गएर यो नयां अध्यायको उदघाटन गर्न मैले कसरि प्रस्ताब हाल्ने भनि अनेक जुक्तिको खोजिमा हिंडें ।
Contd.....
 
Posted on 01-23-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाओस सायमि जाओस बन्धु
प्रेम कहानि अझै ।
रोमाञ्चित मन पुलकित हुन्छ
बालसखा सम्झि ।।
 
Posted on 01-23-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सयमि जी राम्रो सुरुवात गर्नु भो । क्रमश्: छिट्टै जावस् । अनि झोछें घर भने पछि लगभग छिमेकी पर्‍यो । अलि खुलस्त गर्नु भए बेश हुन्थ्यो । कहीँ नजिक को चाइनाजान्को दाजुभाइ नै पर्यौं कि ?
 
Posted on 01-23-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यापु जु,

ट्याम्पो ट्याक्सि बस अनि
वातावरण जस्तो ।
बिषयहरुमा लेखिन्न खासै
छन्द मिलाइ त्यस्तो ।।

माया पिरति भन्दा फरक
लेख्न के हो सुत्र ?
फरक धारको लेखाइ हो यो
इ-विश्वउद्यान भित्र ।।
 
Posted on 01-23-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखेँ हिजो ट्रलि महात्म्य
१ बजे राति सम्मै ।
सोचेँ चढाउँला बिस्तारै ती फुल
धागो माथि तान्दै ।।
 
Posted on 01-23-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त चना तरकारी , ज्यापू र सायमि बाहेक का विश्व उद्यान का पुष्प हरु, शिशिर याम मा नफुल्ने फूल त होइनौ नि हामी।
 
Posted on 01-23-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व निकेतनका तारा मध्ये
चना खुबै चम्कियो
त्यो बेला नदेखेको कबि प्रतिभा
हैन कतिखेर लम्कियो?

तिम्रो बिज्ञान तेज थियो
गफ त खतरै हान्ने हो
तेस्तो हाहु गर्ने त होइन तिमि
तर सर मीसको आदेश चै मान्ने हो

आज युनिकोड प्राक्तिस गर्दा
तिम्रो पोल पो खोलियो
कतै साथी रिसाऊने गरी
ज्यादा पो बोलियो?

तिम्ले त चिन्दैन मळाई
आफू त तारा परियेन
स्कुल कै नाम राख्ने त
वाल केही गरिएन।

इन जेश्त है! युनिकोड रक्स!
 
Posted on 01-23-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा । अर्को तारा नि चम्कियो, बिश्व निकेतन फेरी ल लम्कियो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters