nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 207502 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला


ल धन्यवाद् नमेलाई।

सबैलाई नमस्कार् टक्राएं।

गोताएं नेपालबाट फिरिसक्या रैछ, ल बधाइ छ त्यो "बाली" को लागि। बाली भित्र्याएसि चौतारीमा यसो भोज सोज नि लगाउन पर्ला नी त।
 
Posted on 03-22-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईईईईईईइ लङ्ग् ट्याम् नो सि। मलाइ ठिक छ। जवाईं नारनले राँरी नै पाल्या छन् नपाले त यो बिरानो देशाँ के गर्नु नि मैले दाई हरु नि टाढै छौ घुर्काएर जाम् त नि माइत भन्नु नि नपाउनु। :D:D

मानवीलाई स्वागत् हामी सबैको चौतारीमा

गौतम दाई Welcome Back, खै त तितौरा?

मिस नमस्ते, अनि नेप्चि के छ हाल्चाल्?
 
Posted on 03-22-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमेलाई धन्यबाद् है, झन्नै बिर्स्या
 
Posted on 03-22-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है मेरो माथिको नमस्कार भन्दा पछि पाल्नुहुने सबैलाई।

नेप्ची दिदी, भोज त खुवाईहाल्छु नि! त्यो खोष्टो बालेर भएपनि खुवाउँछु ल!
 
Posted on 03-22-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नमेलाई फेरी पनि धन्यवाद, साह्रै दु:ख पाएछ चौतारी बनाउछु भन्दा । काम सर्हानिय छ । बरु तिमीलाई तातो मेल पठाएको पायो कि??
अरु सबैलै नमस्ते टक्राए ।
 
Posted on 03-22-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सान्नानी!
तितौराको पोको त हिजै तितौरीले ले'र हिनिहालिन् नि! सप्पैलाई बाँड्छु भन्दैथिन्, तिम्लाई दिइनन्!?
 
Posted on 03-22-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नप्ची मेरी प्यारी बुइनी( दिदि कि बुइनी??) बिरामीपरेकी थियौ रे ॥ के भओ थ्यो तिमीले । ल हेर त दुब्लाएर नेप्ची बड थेप्ची हुन लागिछौ ( नरिसाम है नेप्ची) ओखतीमुलो त राउरै सअ गरि'रा होलान के रे ज्वाइसाप ले :D :D

गौतमजी खोष्टो बाल्ने हउरले? के को ? अनिखेरि घरतिर सप्पै राम्रै होला के रे :)

ल चौतारी रमाइलो पो भयो नि सप्पैजना आ'र झन खोष्टो बालेर पाकेको भोज खान पा'सि के चाहियो र मलै । जे पर्ला पर्ला यइ चौतारिआँ नै बस्न पर्यो अब त
 
Posted on 03-22-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यो हजुर को भरमन कस्तो भो । खै हामीलाइ के के कोसेकी ल्याइदिनु भाको छ रे हो ।
पून्ते दाइ कति तेही धोबिनिको च्यात्याको पेतिकोत को कसम खानु हुन्छ । हजुर को त्यो पेतिकोको कसम खादा खादा तेस्को भ्बाङ्ग नि झनै ठुलो ठुलो भाजस्तो छ ।
manvi लाइ स्वागत छ हाम्रो प्यारो चौतारिमा।
 
Posted on 03-22-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOTAYE GURU, LAU MERO TARPHA'T NI BADHAI CHHA HAI. JE GARCHHA TAI KHOSTA LE ARCHHA DADAUNI KAM CHAI NAGARENI!
ARYA CHHORI KASTI BHAICHHAN? YESO PHOT SOTO PATHAUNA.
 
Posted on 03-22-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाइ, नयाँँ चौतारी राता-रात बनेछ आफु त बल्ल आइपुगे
 
Posted on 03-22-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त मज्जाको जमघट रैछ चौतारीमा। पून्टेदाइ नि कामबाट फुर्सद लिएर चियाउन भएछ चौतारीमा, कस्तो चल्दैछ काम पून्टेदाई?

मानवीलाइ स्वागत छ।

गोतामे ज्यूको नेपाल भ्रमणको वर्णनको प्रतीक्षामा छु।

मास्टर्नी दिदी, नेप्ची, सान्नानी, डल्ली फूपु, राते के छ हालखबर?

ठूली चियामा सुन्तला चोपेर खायौ? :P

हाम्रा पुराना गाम्ले लाले पनि धेरै दिनपछि चौतारीमा पाल्नुभएकोमा खुशी लाग्यो।
 
Posted on 03-22-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु, चित्रे, हिजोको नेपालको खबरले उकुस मुकूस पारेर रात भरि निन्द्रा ला' होईन! अनि त ब्यान भरि फ्वाँ फ्वाँ! बल्ल कामतिर लाग्ने जमर्को अर्दै छु!
 
Posted on 03-22-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भे छ हँ हिजो नेपलाँ? केहि था छैन त मलाई त।

लाले, डल्ली फूपु, राते, चित्रे के छ हालखबर?
 
Posted on 03-22-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो जमघट भैरा रहन् चौतारीमा ।
 
Posted on 03-22-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पून्टेदाइ, अचेल नेपालबाट नि कस्तो कस्तो खबर आउछ भन्या। नेपालको समाचार पनि थाहा पाए नि टेन्सन हुने, थाहा नपाए नि टेन्सन हुने, क्यार्नु।

राहुलदाइलाइ त्यारेम्याम भन्नै भुलेछु अघि।
 
Posted on 03-22-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे के छ हालखबर? कस्तो छ मौसम बाटो नभा देशाँ?

सान्नानी, के हुनु र नेपालमा, फेरी काटमार भो नि, २७, २८ जना एकै पल्ट ठहरै भए।
 
Posted on 03-22-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste hai sappailaai,
ramailo hudairaichha aafno ta kaam ni chhaina chautari dhaune fursad pani chhaina:(
 
Posted on 03-22-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ले डाडा काडा ढाके छ् बाबै आज कता जाम् कता जाम् भो।
-----
गोताएदाइ सप्पै तितौरा मैले लगे रे :O
 
Posted on 03-22-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीजी र लालेजी चै निकै पछि दर्शन दिनुभओ नि ? निकै खुशीलायो
मानवी त कता गाएब भयो नि ?? झन कस्तो खुशी लाग्या थ्यो आ'को देखेर

चित्रेभाइ मेरो ठिकठाक सबै , पुन्टेदा सअ चै कहिले नि कुरो अर्न नपाइने भओ :(

अनि ठूली बेलाबेलाँ कुरो त राउरै निकाल्छ्यौ नि तिमी पनि :)

प्रिति, 'हन के भे छ हँ हिजो नेपलाँ? केहि था छैन त मलाई त।

'
हे हे मैले नि सम्चर पढ्न छोड्या धेरै भओ कहिले नि राउरो सुन्न पाइने हैन बेक्काराआँ ब्यानब्यानै मन कट्क्क काटिने मात्रै।
 
Posted on 03-22-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि कुन चै सक्काली चौतारी हो कुन चाइ नक्कली, बाइरबाट त चिन्नै गाह्रो भो । हिजो बाङ्गे चौतारीमा गफेर गेको आज त नमेले ठुलो सुरुङ खानेको रैछ त्याँ त । लौ हेरुमनत काँ पुगिंदो रैछ यो सुरुङबाट भनेर छिरेको त याँ सोजिएको चौतारीमा पो पुगियो । नमेले काम चाइ पाकै हो, एक रात मै दुइ तिनवटा चौतारिहरु बना'र सुरुङ नि खन्न भ्याएछ। सप्पै गाम्लेहरु नि जम्मा भइसक्या रैछन, एक एक गरेर सप्पैलाइ नमस्ते गरें है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters