[Show all top banners]

Pandey Anil
Replies to this thread:

More by Pandey Anil
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सेनामाथिको अपमान राष्ट्रका लागि प्रत्युत्पादक

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21849 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-25-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेनामाथिको अपमान राष्ट्रका लागि प्रत्युत्पादक


Published by Hamaosamaj on April 23, 2009


 


Anil Pandey,California 


सेनामाथिको अपमान राष्ट्रका लागि प्रत्युत्पादक


अनिल पाण्डे


नेपाली सेनामाथि लगातार अपमान भएको छ र यसलाई भित्रभित्रै चिरा पारिएको छ । प्रष्ट रुपमा बाहिर आएको समाचार के हो भने एक चिराको नेतृत्व प्रधान सेनापति रुक्मांगद कटवालले गरेका छन् भने अर्को खेमाको नेतृत्व रथी कुलबहादुर खड्काको हातमा पुगेको देखिएको छ ।


नेपाली सेनामा विभाजन ल्याउनु एकीकृत माओवादीको ठूलो सफलता हो । किनभने ऊ आज पनि युद्धमैदानमै छ । फरक यत्ति हो- हिजो उसको हातमा बन्दुक थियो तर आज छैन । यद्यपि सफलता भन्ने होभने उसले हिजोभन्दा आज नै बढी पाइरहेको छ । हिजो नेपाली सेना सशस्त्र प्रहरी र जनपदको समेत नेतृत्व गर्दै एकीकृत ढंगले लडिरहेको थियो भने आज सेना एक्लो मात्र परेको छैन त्यसभित्र पनि चिरा पार्ने सफलता माओवादीले हासिल गरेको छ । तर झट्ट हेर्दा माओवादीले जितेको देखिए पनि राष्ट्रले भने दिनप्रतिदिन हारिरहेको छ । अन्ततः यसले माओवादीस्वयंलाई पनि दीर्घकालिक रुपमा लाभ दिनेछैन ।


अखबारमा आएको समाचारलाई विश्वास गर्नेहो भने ऐतिहासिक रुपमा सम्पन्न संविधानसभालाई समेत खारेज गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत नजरबन्दमा राख्ने हदसम्मको तयारी वा षयडन्त्र बुनिएको थियो । यसका लागि कटवाललाई छिमेकी भारतले सघाउने र खड्कालाई माओवादीले मद्दत गर्ने तयारी रचिएको थियो । यदि यस्तो भएको भए मुलुक निश्चयनै अपूर्व भड्खालोमा जाकिने थियो । एकैसाथ सयौंको संख्यामा नेपालीको जीवन समाप्त हुने अवस्था त थियो नै साथमा मुलुकभित्र विदेशी सेनाको प्रवेश प्रष्ट थियो ।


माओवादीले सत्ता हातमा लिएपछि अर्थात आठ महिनाअघिदेखि नै हरेक पक्षलाई चिढाउने खेल खेलिरहेको छ । सबैलाई चिढाउने तर सफलता हासिल नगर्ने उसको नियती नै भएको छ । पशुपतिनाथका पुजारी सैनिक जर्नेलहरुको अवकास र विभिन्न विधेयकआदि यसका उदाहरण हुन् । पछिल्लो समयमा माओवादीले साचारकर्मीलाई पनि नराम्रोसँग चिढाएको छ ।


गत चैत २५ गते प्रधानमन्त्री दाहालले प्रेस जगतमाथि जसरी टिप्पणी गरे त्यो हेर्दा माओवादी नेतृत्व पत्रकारले विगतमा लगाएको गुन सम्झन चाहँदैन भन्ने प्रमाणित हुन्छ । ुयहाँका ठूला साचारमाध्यमहरु तस्करको हातमा रहेका छन्ु भन्ने आरोप प्रधानमन्त्री दाहालले जसरी खुला रुपमा प्रकट गरे त्यसले एकसाथ रेडियो टेलिभिजन र प्रेसकर्मी सबैको स्वाभिमानमा आघात पुर् याएको छ । एकातिर सरकारले तस्करहरु छन् भनेर स्वीकारेको छभने अर्कोतिर तस्करहरुलाई कारबाही गर्न नसकेको कमजोरी पनि उजागर हुन पुगेको छ । मुलुकमा तस्करहरुको अस्तित्व रहँदा रहँदै पनि सरकार कारबाही चलाउनुको साटो खुला अभिव्यक्ति िदंदै िहंड्छ भने समस्याको समाधान कसले गर्ने के सरकार प्रमुखको काम समस्याको खुलासा गर्ने मात्र हो यदि यसो होभने समाधानका लागि कसलाई बोलाउने त
नेपाली प्रेस जगतमा इमान्दारीका साथ सबै लगानीकर्ताले धन खर्च गरेका छन् भनेर ठोकुवा गर्न सकिन्न । विगतमा ुप्रेस जगतमा चोरबाटोबाट लगानी भएको छु भनेर तत्कालीन मन्त्री जयप्रकाश गुप्ताले स्वीकार गरिसकेको यहाँ स्मरणीय छ । प्रेसमा लगानी गर्ने कतिपय साहूहरुका विविध उद्योग तथा व्यापार व्यवसाय पनि समानान्तर रुपमा चलिरहेका छन् । यसरी लगानी गर्ने व्यक्तिहरुले प्रेसको प्रभाव अन्य व्यवसायमा लगाएका छैनन् भन्न सकिन्न ।


अन्त्यमा सेनालाई चलाउन पुगेको माओवादीले सबैतिरबाट धक्का खाएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले सबैलाई मिलाएर जाने व्यवहार देखाउनुको साटो भूमिगत कालमा जस्तै विद्रोही बनेर राजनीतिक भाषण िदंदै िहंड्नु र अन्य राजनीतिक तथा कूटनीतिक शक्तिलाई समेत बेवास्ता गरेर निर्णयमा पुग्नु असफलता निम्त्याउनु मात्र हो ।


यद्यपि कटवाललाई अवकास दिन माओवादीले ठूलै ुकाउ_िन्सलिङु नगरेको भने होइन । दुई दिनअघि मात्र सरकारमा आओवादीका तर्फबाट दोस्रो वरियतामा रहेका डा। बाबुराम भट्टराईले एमालेका दोस्रो प्रभावशाली नेता खड्ग ओली र प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत उनीहरुकै घर-घरमा पुगेर रुक्मांगद कटवाललाई अवकास दिने तयारी गरेका थिए । विगत केही सातायता कारवाहीका लागि उच्च काउ_िन्सलिङ भएको थियो । तर अन्तरिम विधायिका संसद्मा रहेका २५ मध्ये नेपाली कांग्रेससहित १७ दल राष्ट्रपति डा। रामवरण यादवकहाँ गएर सेना नचलाउन दबाब दिएपछि माओवादी पछि हट्न वाध्य भएको हो । यस परिणामले माओवादीलाई जुन हीनताबोध गराएको छ त्यो अवश्य कतै पोखिनेछ । अन्ततोगत्वा पीडित हुने मुलुक नै हो ।


 
Posted on 04-25-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WoW ! The SanFrancisco city in the background looks so beautiful.
 
Posted on 04-25-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

government should not to back down from taking action against Chief of Army Staff (CoAS) Rookmangud Katawal. Immediate action is necessary.
 
Posted on 04-25-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

True Mr. Anil, for wharever reasons maoists want our nation to lose n seek a rule of communism.
 
Posted on 04-25-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिल जी,
तपाईंको लेख राम्रो छ तर कता कता तपाईं माओवादीप्रति बढी नै पुर्बाग्रही पो हुनुभएको हो कि जस्तो लाग्छ। माओवादी नेत्रित्वको सरकारका कम्जोरी त कतिपय अवस्थामा बाहिरै छताछुल्ल भएको त देखिएकै हो तर जननिर्बाचित सरकारको कुनै आदेश पालना नगर्ने दरबारको कलो खाएर हुर्किएको कटुवाललाई स्पष्टिकरण माग्दा आकाशै खसे सरह बिरोध गर्नु त्यति मनासिब हो जस्तो लाग्दैन। लोकतन्त्रमा प्रतिपक्षी दलहरुले के निहु पाउँ कनिका बुकाउँ गर्नु त अचम्म हैन तर सरकारको आदेश नमान्नेलाई स्पष्टिकरण माग्नुमा केही गल्ती भए जस्तो लाग्दैन। जहाँसम्म प्रचन्डले पत्रकारहरुलाई आतंकित गरे भन्ने कुरो हो त्यसमा पनि त्यति टाउको दुखाउनु पर्ने  कारण म देख्दिन। के केही पत्रकारहरु (ॠषि  धमला मार्का) बिदेशी एजेन्टबाट निर्देशित छैनन् त? कि तपाईं पनि गिरिजा सरह धमलालाई फसाइयो भन्ने ठान्नुहुन्छ?

 
Posted on 04-25-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Maobadi risayar ke huncha ra ? rukmand katwal le sara deshbhakta nepali ko representative gari ra cha . yo ganako BOKA mao lai nepal ma kina use gari raa? Nepali maobadi haru  china ko sadeko boka (Mao's principle ) aafno ghar ma nai use gara huncha nii khate gadha (maobadi )haru ho . yo boka Nepali maobadi haru ko ....  aago ma barbeque garera bhusiha kukur haru lai dinu parcha .
 
Posted on 04-25-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tagat che Nepal Army ko “coup” garne – soft, hard or in between? Sabai lai tha bhaeko ho, Nepal Army le te bhatti ma jand party te organise garna sakdaina, aba PLA sanga takar line te kurai aundaina – baru testo pareko khanda ma, Nepal Army ka bahadur Jarnail harule le afai PLA my integrate huna niwedan halchan. Sanchi, kati ota Jarnail haru aile eso garna raji chan re – let’s start with Dipayal, Pokhara and the list goes on.


 
sYaKuuRiolAKU_nchImb
Posted on 04-25-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-25-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jali magar ji,, Tapai ko comment ma comment garna layak ko kehi chhaina
Haso uthne kura garnu hunchha,, PLA sanga takkar lina sakdaina re,,,, Atti hasaunu bhayo......HAHHAHAHAHAHAHAHAHAHHAHAHAHHAHAHAHAHAHAHHAHAHAHAHAHAHAHAHAHHAHAHAHAHAHAHHAHAHAHAHAHAHAHAHAHAHHAHA
Nindra bata biujhinus hai Jali magar ji,,
 
Posted on 04-25-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Senapati Prachande ji le thousands of nepalese lai marera satta khabja garda chai hune ...tara desh ra janta ko lagi prachande ko chakari nagarera a desh ma bhai raheko dadagiri ra manpari ko against ma aafno status ko wasta nagarera prachenda against ma bolne COAS lai objection what a moronssss
Tyo dahal le k chai khaseyo k chai garyo ta thousands of nepalese lai marera ra marna bahdya garera ...just show me what he did ..he is the prime minister ...ok lets see what he did to nepal within these one year ......give me 1 day...in that 1 day i make 84 dollars ..if i get that one day for 12 months i will make i make 29200 dollars ...which eventually will pave me the way for my education herein ....give this netas 1 more year they will bring theplace so called hell in nepal.....
 
Posted on 04-25-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

alik dimag lagayera comment hanna keta ho??


 


 
Posted on 04-26-09 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-26-09 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THANKS SRBRG.
anil

 
Posted on 04-26-09 6:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maobadi lai support garnu murkhata ho,

gernel, kernel haru lai support garna ni murkhata nai ho,

sabaiko afnai agenda chan, dubai peace ma basna chahane nepaliharu ko lagi ramro ho jasto malai lagdaina.

 
Posted on 04-26-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and by the way COAS is getting retired after 4 months on bhadra 12 i think so why maoist are desperate now??????
 
Posted on 04-26-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well maoist want to bring Khadga (second number after Katuwal) to government . Khadga is pro maoist. The problem is Khadga tenure is also ending in a month or so. So they desperately want to throw katuwal and put khadga in his place for new tenure  before his retirement comes to effect.

 
Posted on 04-26-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maoist r stupid and so r the leaders they dont know the politics bcoz they belong to jungle so they never gonna succeed and gonna have to go back where they belong and end-up like chicken without a head. for sure.

 
Posted on 04-26-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No wonder our country is in this stage. There is no single person who is thoughtful and thorough. Each of us always take sides just because of our political affiliation or where our immediate family member stand in the Nepali political process.


Those who are affiliated with Nepali Congress or have association with it blatantly oppose any plans of other ruling party no matter what the decision is about. They always bring Indians to interfare in our political process to get in the government. This is the party whose behavior is solely responsible for the indian interference in the Nepali politics. Their agenda is always to bring that government down and place themselves in the ruling position. After getting in the government all they do is to suck our country and just benefit those who are in power. They never think what is good for our country. This is the main culprit of our country's destruction and failure.


I do not know what to say about this UML party. They do not have uniform stand on anything. It is always divided. UML has both maiost and Nepali Congress characters in itself. Each of the UML member speaks for his/her benefit or of a faction it is associated with. 


On the other hand, Maiost who came to the power by taking lives of so many people, they have not overcome the mentality of violence yet. Even after leaving violence behind and heading the present government, Maiose and YCL members do not hesitate to do anything they want. What a misery for our country?


Having said all these, my question to this thread originator is that "really?" Do you really know what you are talking about? Is it not counter productive to have an Army General who does not follow the order of the Government (did I mention "elected government"?). What do you think would happen if Petraus does not follow the instruction or order of Obama now? Elected government mathi ko apaman chhahi utpadak hunchha, Mr. Pandy? BTW, why do you have to mention about SF and California? To exert influence on the readers that you live in America? SF? WOW? FYI - I also live in California.


An Army General does not necessarily have to agree with the government. If he/she does choose to disagree, he/she should step aside. An army general does not get to choose whether the instruction from the government is right or wrong. It is the people who determines whether the government is right or wrong. If it determines the government is wrong, it will through that governemnt out of power in the upcoming election. That is what I understood should happen in democracy. We interpret democracy in our own way to just benefit ourselves. That has been the misfurtune for our country.


I hate to see the indian interference in this episode. Bhai fute ganwar lute. India has been able to "divide and rule" Nepal as usual in this episode too.


We have already lost so many productive years by not agreeing with each other. We do not agree with anybody if it does not benefit us. What a politics? What a people? I hope Nepal does not go back to those violent days again. I hope Nepal regains its "Sundar Santa Bishal" theme again.


 
Posted on 04-26-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Purush bro,
I couldn't agree with u more on the whole episode. Mr. Pandey, probably is an ardent supporter of NC or some thing. Though nicely written, he is basically reiterating Girija 's vision almost to the letter. That is unfortunate.

 
Posted on 04-26-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sarkar le je gari rako cha ek dami thik gari rako cha..Raja ko thaal chateko manche ho katwal so jun bella pani je huna sakcha...Sena le ajhai sarkar lai maana sakirako chaina...Indian dhoti haru le seema michirako cha...ke herdai bascha sena.."hami desh ko akhandata ma aach auna dinnau re"...tyahi ho yasko udaran....Nepal ma gerontocrat neta haru..girja, nepal sabai india ko isarama nachiraka chan...Ek patak naya sarkar lai saath diyera ta hera...timi haru le ta kehi garenau aru le gareko ma ta khutta na halnu...Nepali janta haru pani ke** herera bachan...Sabai bhanda badi murkha..sahera basne nepali janta...Maoist le je gareko cha ahile ek dam sahi cha..kati peliyera basne...ki katwal lai nikala..ki maoist...aba herau ke garcha..sa*a buda dhoti ko isarama nache neta haru
Girja budo kahile morcha..tyo mareko din lai ta nepal ma arko loktantrik day manaunu parcha!!
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters