[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 उपहार

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-09-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वस्तुहरु तिम्रा अघि साना भए जस्तो लाग्छ

भावहरु मेरा, उहिल्यै तिम्रा भए जस्तो लाग्छ

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??

 

प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र

रनभुल्ल भएँ आज, सल्लाह खै को सँग लिऊँ

एउटा उपहार आज तिमीलाई म के पो दिऊँ ??

 

गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ

सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ

मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

 

 

Last edited: 09-Jun-08 05:25 PM

 
Posted on 06-09-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सल्लाह मान्नु हुन्छ भने यसरी रनभूल्लमा परेर बस्ने होईन खुरुक्क बजार जाने, उसलाई/उनलाई बेहद मन पर्न सक्ने वस्तु किन्ने, अनि त्यो दिनुभन्दा अगाडि यो कविता दिने, अनि यो कविता पढिसकेपछि त्यसको भावुक प्रभावलाई एकछिन जिउने, अनि त्यसको प्रभाव अलिक कम हुन थालेपछि यसरी शुरु गर्ने: तर मैले एउटा सानो गिफ्ट पनि किनेको छु के । तर मेरो मुख्य गिफ्ट चाही कविता नै हो, है? ल यो लिउ

 

Together, that will make a perfect gift.

 

Good one, Cheli-nani.

 

Nepe


 
Posted on 06-09-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलाफ दिऊँ हाम्रो माया गुलाफ भन्दा राम्रो लाग्छ
सबैभन्दा राम्रो केही भन्नु नै साथ हाम्रो लाग्छ

रनभुल्ल भएँ आज सल्लाह खै को सँग लिऊँ
मेरो जिवन तिम्रै हो, अरु तिम्लाई के म दिऊँ ? ?

Wonderful Cheli ..great going :-) चेली नानीको एस्तो राम्रो कविता पढेपछी मलाई यस्तै यस्तै प्रेममा जीवन समर्पित गरेको गीत (by female)  झट्ट याद आयो

दिल मे तुझे बिठाके करलुङी मै बन्द आँखे
पूजा करुङी तेरी, हो के रहुङी तेरी ....

-------------------------------
Nepe dai, long time no see, I hope everything is fit and fine with you.


 
Posted on 06-09-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

सानन्दै छु । हिजो मात्र नयाँखर्केहरुले आयोजना गरेको गणतन्त्रको सर्वसामुहिक स्वागत उत्सवमा शायरी सुनाउँदै थिएँ ।

शायरीको र चेलीनानीको उपहारको कुरामा एउटा शेर याद आयो,

मेरो उपहार यसरी खोलिन् प्रियतमले

मेरो सौगात होईन, मेरो औकात निक्लयो !

 

http://www.kantipuronline.com/Nepal/Archive/85th%20issue/index.html

 

Nepe 


 
Posted on 06-09-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo gift malai deu na cheli. plzzzzzzzz kya...

Good writing! keep it up!


 
Posted on 06-10-08 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइ, सल्लाहको लागि धेरै धेरै धन्यवाद !!

मेरो उपहार यसरी खोलिन् प्रियतमले

मेरो सौगात होईन, मेरो औकात निक्लयो !

बाह बाह!!

 

Amazing, Thanks for the comment है, त्यो गीत मलाई पनि असाध्यै मनपर्छ !!

 

heartthrob, म तिम्रो यो आग्रह स्वीकार गर्न सक्दिन ल! उपहार त अर्कै को लागि हो!! Thanks for reading.


 
Posted on 06-10-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाइ, हजुरको त्यो लिङ्कको पेज त मैले पढ्न सकिन, युनिकोडमा रैनछ !!  


 
Posted on 06-10-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>प्रयोग गर्ने वस्तु दिन्न, माया प्रयोग कहाँ हुन्छ र

प्रयोगै झन् नहुनेको सदुपयोग कहाँ हुन्छ र<<<

वाह चेली वाह क्या कुरा गर्यौ .

Very nice. Keep it up.


 
Posted on 06-10-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>त्यो लिङ्कको पेज त मैले पढ्न सकिन, युनिकोडमा रैनछ !!  

ठीकै भयो । किनभने खासमा त्यहाँ त्यो गजल कुरुप अवस्थामा छ । सम्पादकज्यूले गजलको पहिलो शेर (मतला), जुन गजलको शिर र सबभन्दा महत्वपूर्ण शेर हो, त्यही काटिदिएछन्, भयो अब ?

Nepe


 
Posted on 06-10-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks norton :-)

ला नेपे दाइ, तेस्तो पो भएछ!! हजुरकै गजल हो? यहाँ टाँस्न मिल्छ ?


 
Posted on 06-10-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kati ramro geet/ kabita -- sunne manche gift nai dinu naperne gari makkha parne hola

good job cheli


 
Posted on 06-10-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go cheli go

Cheli: The Lyricist of Sajha


 
Posted on 06-10-08 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीनानी, टाँसिदिएँ लु,

 



 
Posted on 06-10-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कोठामा कि बुद्ध कि राक्षस हुनु पर्छ,
जहाँबाट शिर झुकाइ एउटा जल्लाद निस्क्यो।

Nepe Dai, I like this very much.

Ani cheli, Gift diyau ta? k kineko hamilai pani sutukka bhana hai.

sasto, tikau ra bharpardo gift.


 
Posted on 06-10-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL le bharpardo GIFT bhanera K lai bhaneko ho bujhnai sakiyena ba!

Maile ta Nepal ma Ad sunda Nachyatine, Nafutne ra Bharpardo bhanne suneko thiye!

Last edited: 10-Jun-08 06:20 PM

 
Posted on 06-10-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks pjna, Makkha pare ki parenan ta unailai sodhnu parla.

Suntale jyu, ma lyricist kaha ho ta! Just try matra gareko, Lyricist banna ta "Dilli abhi door hai.." bhanya jasto hola.  

Nepe da, Thanks a lot for sharing.

त्यो कोठामा कि बुद्ध कि राक्षस हुनु पर्छ,
जहाँबाट शिर झुकाइ एउटा जल्लाद निस्क्यो। wah

CL, gift ajhai deko chhina yaar, k diu bhana na baru !!

Simsim, Thanks for reading this thread.

 

 


 
Posted on 06-10-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबा चेली ! क्या भाब !

त्यति सौहार्द सम्बन्धमा सम्पूर्ण अर्पण गरि सके पछि भौतिक गिफ्टको के महत्व रहन्छ र ?


 
Posted on 06-10-08 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy_love, Cheli,

 

‍धन्यवाद है । यो गजल मैले पहिलोपटक डी.सी. मा एकजना कवि र प्राज्ञ शिव गौतमजीको सम्मानमा आयोजित सभामा सुनाएको थिएँ, 2002 तिरको कुरा । शिवजीलाई पनि रुचेको शेर हो त्यो ।

 

बाई द वे, सिरानका दुई शेर अस्तिको गणतन्त्र-उत्सव र त्यसपछि हिमाली स्वरहरु रेडियो संगको साझात्कारमा पनि सुनाएको थिएँ ।

 

रेडियोमा सुन्नेभए यहाँ छ ;

 

http://www.nepaliradionyc.com/

 

हिमाली स्वरहरु, 49th Edition

कार्यक्रमको अन्तिमतिर छ मेरो अंश

39:40 – 47:33 (जम्मा 8 minutes)

 

audio quality राम्रो छैन है ।

 

Nepe


 
Posted on 06-11-08 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चेली, उपहारको बारेमा मेरो सल्लाह। गीत राम्रो छ ,निरन्तरता दिनु होल

नसिने चिज भन्दा लजालु मुस्कानको बातै मिठो
मायालुले भर्दिएको मदिरा भए अझ मातै  मिठो

गीतको सगीतमा धेरै रमाएका होलान यहाँ 
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो
 
ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो
 
रनभुल्ल किन पर्नु ,उपहारको  रुप हुन्न त
गुलाफको  के कुरा, श्रदाले चुमी दिए पातै मिठो
भाबमा कल्पी तिर्खाउनु भन्दा जिबनको यात्रामा
मायालु सँग मन साटन पाए आहा! रातै मिठो 


 नेपे गुरु ,
हजुरको आकल्झुकल पढन पाईने गजलहरुले मलाई सधैं बाटो देखाइ दी रहन्छन,
चेलीको गीतमा डुबेर यो गजल टासेको छु ।


 
Posted on 06-11-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता अर्को देखिराथे रोमान्टिक गजल यता फेरि उपहार !!

चेली सिस,

'उपहार तिम्रो केबल मुस्कान देऊ मलाई

साचेँको मुटुभित्र मिठो सपना देऊ मलाई'

हजुरको लेख्ने शैली चै मलाई निकै  मनपर्यो --


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters