[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एउटा आशा!

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 21064 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-17-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद अन्तिम फन्को थियो होला, शान्ता भाउजुले प्याच्च भनिन्

‘ के हो आशा, तिमीलाई त बुढाले बहिनी ल्याईदिनुभएको छ रे! अब त हामी संग के हिड्थ्यौं होला!!’

आशा खंग्रङ्ग भईन् । एक कान दुई कान सुने पनि यस्तो प्रष्ट संग कसैले भनेको थिएन्, बुढाले कान्छी ल्याएको कुरा । अब नचाहेर पनि शंका गर्न बाध्य भईसकेकि थिइन् । शायद शंका भन्दा बढि, बिश्वाश गर्न बाध्य भईसकेकि थिइन्, मनले जति नै नचाहे पनि ।

हातको कलश कसो खसेन । बत्ति बाल्न पनि बिर्सिछन् । लामीछाने दिदी ले कुरो मिलाउने प्रयास गरिन्

‘अब बजारका कुरा सुनेर पनि हुन्छ र, के के सुनिन्छ के के नि छोरा मान्छे कुरा । घरमा ठिक भएर आए भईहाल्यो नि । कागले कान लग्यो भनेर किन चित्त दुखाउने?’

शान्ता भाउजुले अरु के के भनिन्, कुन बेला छुट्टिईन्, आशालाई केहि थाहा भएन् । मनमा सियो रोपिईसकेको थियो । उनि घर पुगेर ओछ्यानमा थ्याच्च बसिन् । उनलाई गाह्रो भयो । कस्तो कस्तो सास नै रोकिएको जस्तो । हिजो अस्ति सुनेको हल्ला आज उनको घर सम्म आईपुगेको थियो, लगभग सत्य भएर ।  उनलाई भुंईनै नभएको जस्तो भयो ।

बिहानको स्कूल; बाबु र नानी दुबै उठिसकेका थिए । जसो तसो टिफिन बनाएर स्कुल पठाईन् । बैशाखको महिना बिर्तामोडमा गर्मि नै थियो । घरको गारो(wall) उठाएको भएपनि छत ढलाई गरेको थिएन, जस्ता राखेको । कोठा तात्दै गयो । यता आशाको मन भने सिसो हुदै गयो । उनले बह पोख्न पनि सकिनन् , उनि बग्न पनि सकिनन्…………..


क्रमश:...........
meaninglessthinkings@somewhereondearth.



 
Posted on 05-18-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ठाँउमा ब्रेक गरेको साँहिला तिमीले। अलि धेरै लेख न।

क्रमश: मेटेर अरु पनि थप त। हैन भने अर्को भाग लेख ल।


 
Posted on 05-19-08 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khuru thau herna chhoder story lekdai po basdo raichha sathi ta....la la ramro chha baru chhito chhito lekhdai gara...


 
Posted on 05-19-08 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bro its tooo short :-( Speed up yaar..

U know it PRAKHAI KO PIDA ......

 
Posted on 05-19-08 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like story based upon phsycology ...
keep continuing
 
Posted on 05-20-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम ज्यु, लौ न यो त अत्ती छोटो भयो। धित नै मरेन। कती छिटो सिद्दिहाल्यो। हजुरको लेखाइको अब के कुरा गराइभयो र? बरु छिटो छिटो थप्नुस है।
 
Posted on 05-20-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Som Daju!! yatti chhoto lekhera bepatta bhaidine? yasto ta bhayena  ni hou!!

 
Posted on 05-20-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haay mora, ale kati aru kura halera break gareko bhaye huntheo ni, na ta guess garna nai maan lagyo pachi k huncha bhanera na ta padai ko dheet nai maryo. Bhayena yo chai, alle dheri hal aba chai.

 
Posted on 05-20-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोम् ब्रो, त्यो अलिक धेरै नलेखे सम्म पढ्दिन है म त !
रन्जित को पसल तिर निक्कै धाइन्छ कि कसो ब्रो? होइन भने ३/३ दिन सम्म अर्को भाग नआउनुको कारण? किटानु त पक्कै होइन होला नि
Last edited: 20-May-08 04:15 PM

 
Posted on 05-22-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ तिन महिना एउटै कथाको बारेमा सोचेर यत्ति???????????????किन हौ?मलाई त यो कथा अलि धेरै थाहा छ जस्तो लागेको थियो ,शुरुवात सँधै जस्तै राम्रो छ ,साझा मा स्वाद फेर्ने खाले,मन छोएर गुज्रने ,एउटा भारि बिषयबस्तु लाग्यो तर सारै छोटो भो ।।।।।।अरु भागको प्रतिक्छ्यामा।।।।।।।।।।।।।।।।।।।।।।।
 
Posted on 05-22-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"इन रिलेशनशिप" हुने बितिकई कथा पानी येती छोटो लेख्ने?
अर्को भाग संगई एकईचोटी पद्छु|
चाडो लेख्ने क्स्टगर्न अनुरोध गर्दछु|

हामी नेपाली  

 
Posted on 05-23-08 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro, banki chahi next week same time ,same channel ho?
 
Posted on 05-26-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाजु, यो त हद भो क्या !! व्यस्ततालाई एकै छिन थाँति राखेर भएपनि लेख्नु त पर्ने नि हजुरले!! 
अझै कथा आएन भने चाहिं कथाको जोडदार माग गर्दै आन्दोलनमा ओर्लिनु पर्छ जस्तो छ!!

" "इन रिलेशनशिप" हुने बितिकई कथा पानी येती छोटो लेख्ने?  "

( pako bela ma bhandi halam na, re kya )
 
Posted on 05-26-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो संबिधान सभा नजिक आउँदा फेरी अर्को आद्न्दोलन शुरु होला है कथा को अर्को भाग पढ्ने चान्स पाएन भने। हामी त सडक मा उत्रिने वाला मा छौ है सोम साथी

भगवान को blessing,
NepTex


 
Posted on 05-26-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संबिधान सभा को पहिलो  बैठक नजिक आउँदा, कृपया सच्याउनु  होला।

गड ब्लेस,
NepTex


 
Posted on 05-27-08 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...........

 

कहां जानु, कसलाई भन्नु, को संग सोध्नु? । यो यस्तो बेला थियो जसले, पल पल पीडामा त डुबाउँछ तर जसको निकास भनेको त्यहि पीडालाई अगाल्नु मात्र हुन्थ्यो । अब आशाको आश भने पनि जे भने पनि त्यहि नचाहेको, नरोजेको सत्य स्विकार्नु थियो ।  उनको जीउ पुरै लल्याक लुलुक्क भईसकेको थियो । खाना बनाउने त परको कुरा पानी सम्म भर्न जान सकिनन् । डाँको छोडेर रुनु पनि कसरी, नरुनु, आँशु थाम्नु पनि कसरी? किन समयले बेला बेला जीवन मा यस्ता पल हरु ल्याईदिन्छ ?

आशाले एकै छिन आत्महत्याको नसोचेको पनि होईन, तर दुई बच्चाकि आमाले त्यो गर्न सक्ने आँट कहां!! उल्टा जीतबहादुर लाई र त्यो असति केटिलाई छिनाउँ जस्तो रिस पनि उठ्यो तर त्यो भावना जसरि उठेको त्यसरि नै हराएर गयो ।

…………………………

१९ बर्षको कल्लकलाउँदो बैशं ले ढकमक्क फुलेकि थिईन् । दार्जिलिन्ग कि केटि फुपकमा आउँदा, फिक्कल बजार। माथि आईतबारे गुल्म बाट जितबहादुर आईरहन्थ्यो । हुन त अरु पनि आउँथे, जिस्काउँथे । तर जितबहादुर भने हांसी मात्र रहेन्थ्यो । त्यहि हाँसोले आशालको मन चोरेर लग्यो ।

भागेर पनि कहां जानु थियो र त्यो बेला । त्यहि माथि ईलाम, कटुवाल दाईकोमा । जितबहादुरको साथी । बिहे गरेर उनिहरु माथि माई पोखरि पुगेका थिए  । घर परिवार मा सजिलै मान्नु होस भनेर पोखरि का ९ वटै कुनामा धुपबत्ति बालेका थिए । आशाले पोखरिको माईधामकुना मा नुहाउँदा जितबहादुर ले ब्याग समातेर पर बसेको थियो । जितबहादुर ले आशालाई एकोहोरो हेर्दा आशाले लाज मानेकि थिईन् ।

दिनहरु बित्तै गए । बुहारि भित्राए पनि जितबहादुरको घरमा अंशबण्डा भयो । बाहुनडांगिमा डेढ बिघा जग्गा र अलिकति सम्पत्ति । यहि बिच जितबहादुरको सरुवा भयो, चारआलि ब्यारेकमा । त्यहि जग्गा बेचेर बिर्तामोडमा २ कठ्ठा जग्गा किनेका थिए । बस्न चांहि डेरामा ।

शुरुमा छोरो नै भयो । जितबहादुरले खसि काटेर ब्यारेकमा भोज दिएको थियो । दार्जिलिन्ग, माइतिको मन के थामिन्थ्यो र ?  उतै बोलाए । आमा छोरी रात भरि रोए । काख भरि को नाति पाएपछि आमा पनि दंग्ग पर्नु भयो । पुराना कुरा सबै हराए । आशालाई पुर्­याएर, जितबहादुर फर्केको थियो । आशा डेढ महिना पछि फर्केकि थिईन् ।

 

………………………………………….

बच्चा भएपछि, परिवारमा पहिले जस्तो लोग्ने स्वास्निको स्वतन्त्रता, एक अर्थमा सांघुरिको थियो । राम्री भएपनि आशाको रिस चाहि कडा थियो । मुख पनि उस्तै । बच्चाले, घर सजाउन कहां दिन्छ र ? चुप लागेर के बसि दिन्थ्यो । आशालाई झनक्क रिस उठ्थ्यो । हेरि दिने नि कोहि छैन । एकै छिन तरकारि काट्न थाल्यो, लिपस्टिक लगेर टिभिमा दलिदिने । मरि मरि लुगा मिलाएर राख्यो, तानेर पिसाब नै गरि दिनु पर्ने ।

जीतबहादुर, खेलाउने मात्र  । लुगा फेराउन र दिसा पिसाब सफा गर्न उसको पौरुषताले कदापि दिदैनथ्यो । दार्जिलिन्ग मा उहि नेपालि समाज भएपनि आशाले त्यति साह्रो त देखेकि थिईनन् ।

‘एकै छिन समाते, जात त जादैन होला?’

‘मेरो काम छैन? अब एस्को गु मुत सोहोर्छु ?’

‘पाए पछि सोहोर्नु पनि पर्छ, आफ्लै लिंड हुन्’

‘तंलाई के खान ल्याएको त ‘

‘तिम्रो नोकर्नि हुं म? भगाउने बेला मा के के भन्यौ “ उनि अझ मुख छोड्न थालिन ।

जति नै रिस उठे पनि जितबहादुर को एउटा राम्रो गुण थियो । आफ्ना समकक्षि साथी हरु जस्तो उस्ले स्वास्नि लाई हात चाहि हालिहाल्दैनथ्यो । आशालाई यो कुरा सबै भन्दा राम्रो संग थाहा थियो । अनि यो कुरामा उसलाई एकदम खुशि लाग्दथ्यो ।

आशा बढि बोल्नथाले पछि, उ बजार तिर जान्थ्यो । तास को लत, बेलुका अबेर आउँदा अलि अलि ठुस्स गन्हाएको हुन्थ्यो । दुबै नबोलि सुत्दथे । बिहान जस्ताको तस्तै ।

 

बाबु ठुलो हुदै गयो । आर्मिको जागिर, रासन पानी र तलब त आएको थियो । दुईजना हुदां ठिकै थियो तर अब टुम टुम हुन् थाल्यो । कहिले बाबु को औषधि त कहिले नया कपडा । बिस्तारै बढेको खर्चले आशालाई ब्यबहारिक बनाउँदै गयो । उनले ब्यवहार टाल्न, चलाउन रामै संग सिकि सकेकि थिइन् ।

बाबु स्कुल जान थाल्यो । बढेको खर्च संगै आशाले धेरै सोचेर, मन दह्रो बनाएर सोधेकि थिईन्

‘बाबु स्कुल जान थाल्यो, दिन भरि तेसै बस्छु । अल्छि पनि लाग्छ । तान राखौ कि क्या हो?’

‘जे जे राख्न मन लाग्छ, राख ।‘

‘ऊन पनि ल्याइदिने मान्छे भेटेकि छु, राखौं त?’

‘अब मैले उद्घाटन गर्नु पर्ने, मन लाग्छ भने राख् ।‘

उ चुरोट सल्काउदै निस्कियो । आशा नहाँसे पनि भित्र भित्र गदगद्  भएकि थिईन् ।

 

ढाका को ब्यवसाय राम्रै चल्यो । महिना भरको कमाईले सानो तिनो गर्जो टर्न थाल्यो । २-४ रुपिया जोगिन पनि थाल्यो । जितबहादुर को पनि बढुवा भएर हल्दार भएको थियो । तर सरुवा पनि । धनुट्टा जानु पर्ने । घर बनाएर मात्र जाने भन्यो । जसो तसो जोर जाम गरेर घर सारेर मात्र गयो,  धनकुट्ट सल्लेरि ब्यारेक मा ।

 

२ महिना, ४ महिना मा आउने गर्थ्यो जितबहादुर । रहंदा बस्दा, आशाले छोरी पाईन् । छोरी पनि हुर्किन थालि । यसपालि हुर्काउन आशालाई सजिलो थियो । बाबुले सानो तिनो काम गरि हाथ्यो ।

 

कहां दार्जिलिन्ग को युवा सपना, कहां दुई बच्चाकि आमाको मातृत्व र घर व्यवहार बुझाई । कहां जितबहादुरको हासेर जिस्काउने बानि, कहां छुट्टिमा घर खर्च संगै धनकुट्टे बिस्कुट बोकेर आउने जिम्मेबार पिता । आशा खुशि नै थिइन् । सुखि नै थिईन् । हुन त अल्लारेपन को जस्तो जिस्किने, चल्ने , रिसाउने र फकाउने त हुन छोडिसकेको थियो तर आशा र जीतबहादुर बिच लोग्ने र स्वास्निको आधारभुत बास्तविकता र ब्यवहार सुमधुर चलेको थियो । यो अर्थमा आशा भाग्यमानि  नै थिइ ।

समय चल्दै गयो । आशालाई ब्यवहारिक आईमाई भईसकेकि थिईन् । जीतवहादुरको घनकुट्टा सरुवा भएको पनि ७ बर्ष भईसकेको थियो । २-४ महिना मा आउने १० दिन जति बस्ने । खोई ब्यवहारले हो कि के ले हो, आशा धनकुट्टा भने कहिले गईनन् । जितबहादुर ले हिड पनि कहिले भनेन ।

……………………………………………………….

 

नानि, बाबु स्कुल बाट फर्कि सकेका थिए । आशा अझै खाटमा बिगत पल्टाएर बसेकि थिई ।

‘ममि भोक लागो’ बाबु उफ्रिन थाल्यो । भान्सामा केहि नदेखेपनि झनै कराउन थाल्यो ।

‘ला मेरो मासु खा’ सबै रिस छोरोमा थुपारिन् । उ ढाड दुखेर रोयो । आशा ले थाम्न सकिनन् । मनको भक्कानो यहि फुटालिन् । नानी चाहि दादा र ममि रोएको देखेर रोईन् । आशाले दुबैलाई अंगालो हालिन, तिनै जना तिन भाव का साथ रोए ।

 

“जाउ, चाउचाउ खादै गर, मलाई संन्चो छैन । भात एकछिनमा खाउँला ।“ पैसा पाएपछि नानी बाबु दंग् भएर गए ।

आशाले आफुलाई संम्हालिन् । ढिलै भएपनि तरकारि काटेर बसाईन् । बिर्तामोडमा ग्यासं थिएन् । दाउराको धुंवाले हो कि के ले हो आशाका आँखा भने रसिला नै थिए ।……………………………….

क्रमश:..

meaninglessthinkings@somewhereondearth.


 
Posted on 05-27-08 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superve daiiiiiiiiiiiiiiiiiiiiii..................Thats more like u ...............Everything Expressed was crystall clear...........Enjoyed it.........I guesss its semi fiction right....?birtamode ,Ilam माई पोखरि।।।।।पुरै पुर्व कम्प्युटरको कुर्सिमा बसेर घुमेँ।।।।।।।।।अनि Dhankuta Salleri barek .....कहिले काहिँ बाटो हिँड्दा आर्मिहरुले केटि जिस्क्याएको र ति केटिहरु पनि मस्केको याद आयो ।।।। something must be with these armies..............पत्याउँछन् केटिहरुले।।।।।।


 
Posted on 05-27-08 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय साझाबासिहरु,

दिनु भएको माया र बढाउनु भएको हौसलाको लागि आभार ब्यक्त गर्दछु ।

केहि ब्यवहारिक ब्यस्तताले देशबाट बाहिर छु । समयमा गन्थन पस्कन असमर्थ भए । अरु भाग, सके सम्म छिटो टाँस्ने प्रयास गर्नेछु ।

i  thank you alll for everything.

-somewhereondearth


 
Posted on 05-27-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्तुती राम्रो छ somewhereondearth ज्यु।
 
Posted on 05-27-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम ज्यु, सरल घटनालाई पनि यती राम्रो सँग प्रस्तुत गर्न त हजुर सँग सिक्नु पर्छ। अरु भाग पनि थप्नुस है छिटो, यो दोश्रो भाग जस्तो ढिलो नगर्नुस है

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters