[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 121298 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 05-27-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! कस्तो राम्रो नयाँ चौतारी बनेछ ।त्यो देखिआ बोर्ड चै के हो नि ?
 
Posted on 05-27-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिर कुमारी!
स्वागत छ है चौतारीमा, नेपालीमा लेख्न पनि सिकिछौ। त्यो देखिएको बोर्ड चौतारी ईस्कुलको साईनबोर्ड हो, मुनि पट्टी बिद्यार्थीहरूको नाम लेख्याछ। दायाँतिरको सानो घर चैं कक्षाकोठा हो।

चौतारीमा लामो र रमाइलो गफ गर्ने व्यक्तिहरू जस्तै सिरे, काका, पू्न्टे दाइ आदीको अनुपस्थितिको कारणले चौतारीको स्तर खस्कँदै गाको भन्ने उजूरी लालु पर्साद ज्यू (लाले) बाट भएको हुनाले उहाँहरूलाई चौतारीतिर पुन: उन्मुख कसरी गराउने भन्ने बारे छलफल गर्न म दादा, भौते काजी र मास्टर्नी दिदीको तीन सदस्यीय "हौसला टोली" गठन गरी उहाँहरूलाई चौतारीमा फर्काउने प्रस्ताव राख्न चाहन्छु।

उकाली ओरालीहरूमाऽऽऽ
भन्ज्याङ् अनि चौतारीहरूमाऽऽ

 
Posted on 05-27-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए क कुरा गर्छौ तिमी? हामी चाँही सौताछोरा? ४ सदसिय टोली गठन गर्नुपर्च । होईन भने १० टोली बनाएनी हुन्च । सबैजनालाई इन्भोल्ब नगराएर पक्षपात गर्ने? ए चित्रे! मतिजती पोलेर खाइस्? तेरिआँ डाँका मोरा ।
 
Posted on 05-27-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन! यो बब दाई त टन्न गाँजा खा'र, आँखा राता राता पार्दै मलाई पिटूँला झैं पो गर्दैछन् बा! हैन तपैंको गुरू भौतेकाजी कता हराछन् भन्या? ए भौते गुरू, तपैंको चेला बम्बहादुर बूढाथोकीलाई चाँडै सम्हाल्न आम्नु परो, हामी साना कछ्याका बिद्यार्थीलाई तर्साउँदै हिड्न थाले।

हिजो मैले चौतारी ईस्कूलको पर्धान अद्यापक नेपे दाजीलाई बनाउनु पर्छ भनेको थिएँ, त्यै रीस पोख्दैछन् गाँठे। अब बब दाई त विद्यार्थी पनि, हेड सर पनि कसरी एकै चोटि हुन सक्छन् त? बरू पशुपतिको वृद्दाश्रममा पर्मुख प्रबन्धकको ठाउँ खाली छ भन्ने सुनेको थें, तीं आप्लाई गरी हेर्ने हो कि बोब दाई? गाँजा त एकदाम फिरी पाईन्छ नि त्याँ, तपैंलाई त स्वर्ग जस्तै लाग्ला पशुपति! :)
 
Posted on 05-27-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
 
Posted on 05-27-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे, बोब दाई! माफ पाम् हजूर! हजूर जस्तो महान् गाम्ले यो चौतारीमा पाम्न मुस्किल छ। हजूरले गाँजा हैन अमृतपान गर्नु भा'रैछ, हामी जस्तो तुच्छ प्राणीलाइ के था?
 
Posted on 05-27-06 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चित्रेभाइ!!!! नयाँ चौतारीको लागि
 
Posted on 05-27-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकचोटिलाई माफ गरिदिम्ला, तर ए तित्रे बज्या, त्यसरी मुटुनै कटक्क खाने गरेर नभन्न! छोराछोरीको तिर्सना भएर पो गाली गर्या त तोलाई । अब तेस्तरी जबाफ फर्काउन्छस भने ठिकै छ ।

बबे!
 
Posted on 05-27-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाइ धन्यबाद यति राम्रो चौतारी बनाकोमा।
हैन किन झगडा गर्न तम्सेको होला बोबे दाइ पनि।

लु म पनि बस्नु पर्यो एक छिन थकाइ मार्न चौतारीमा।

रोल नम्बर - २१ नेप्चे
यस मिस
 
Posted on 05-28-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहा, कस्तो राम्रो चौतारो बनाएछन् चित्रेले।
लौ धन्यबाद छ।

हैन त्यो सान्कान्छो कता मुन्टियो? नाकमुखै देखाउदैन अचेल त!
 
Posted on 05-28-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन गाम्ले हरु ले नयाँ चौतारि पनि बना'छन गाठे । मेरो तर्फ बाट पनि मुरि मुरि धन्यबाद यति राम्रो चौपारि बनाएको मा ।साइला दाइ मलाइ मिस ले परिक्षा लिने भन्नु भएको छ तेहि भएर चौपारि आउन नपा'को हो । मेरो त्यो परिक्षा भन्ने जिनिस सकिए पछि त आइ हाल्छु नि ।साइला दाइ लाइ मैले चिठि पठा' थिए केरे पाउनु भयो भयेन कि हल्कारा को झोला बाट नै हरायो । कुरो मैले बुझिन ।
लौ चौपारि मा तिर कुमारि पनि आउनु भएछ , अहिले त नेपालि पनि लेख्न जान्ने भएको म बधाइ छ । चित्रे दाइ र मिस मिलेर स्कुल चलाउन थाले पछि त केटकेटिहरु पनि धेरै आउन थाले छन ।किलासा' बस्ने थाम को पनि खाँचो पर्न थालेको छ रे भन्ने सुनेको थिये । अनि बबे दाइ को लागि मिस ले प्रौढ किलास पनि सुरु गर्ने कुरा गर्नु भएको थियो कता तिर पुग्यो कुरो ।बबे दाइ जहिले गाँजा खाएर हिडने के प्रौढ पढन जानु हुन्थ्यो होला र , जति बेला पनि रिम रिम भयेर बस्नु हुन्छ । आज त मैले माथि मिस को घर् मथि को गाजा को बोट लाइ जरै देखि काटेर काँध मा बोकेर उकालो लाउदै थिए ।सिरे, काका, पू्न्टे दाइ लाइ चौपारि मा बोलाउन लाइ आउने बनाउन लामो समय सम्म चौतारि जोगाउने संरक्षक को रुप सम्मान पो गर्ने हो कि । अनि त चौपारि मा नआएर सुख । मेरो बिचार कस्तो लाओ कुन्नि तपाइ हरु लाइ ।
मेरो रोल नम्बर १३ - हाजिर अर्नु है मिस केहि दिन गयल भए पनि ।

लौ आज लाइ बिदा पाम गाम्ले हरु ।

आउदा जाँदा लाम्ला पिरति..................
 
Posted on 05-28-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल न २२ यस मिस् आज चौतारी मा आउँदा ट मुनै चसक्क भैओ के रे किन भन्दा नि चौतारी को स्तर खसो रे चौतारी मा रमाइला गफ गाफ गर्ने गाम्ले हरु आम्न छाड्नुभयो रे । भन्ने कोम्पिलेन धेरै परो रे ।अनी मलाई सन्का लागेको चै के भने कही चौतारी मा नयाँ नयाँ ऐ रे गै रे नत्थु जो पनि आउने बक् बक् गर्ने भनेर पो हो कि उहा हरु ले माया मारेको चौतारि लै,हामि त चौतरि को सुनाम् चौतर्फि फैलेको सुनेर पो आएको हो गाठे ।लौ न तेसो गर्नु भएन चौतरि का ठुला बडा हरु ले ।बरु हौसला समिति लाइ मेरो तुच्छ सुझाब चौतरि आजिबन समिति पुरस्कार् (CHAUTARI LIFE TIME ACHIEVEMENT AWARD) कोष खडा गर्ने अनि महिना मा एक को दर् ले बितरण गर्ने कि सम्मान स्वरुप।तेसो गरेपछि आउन कसो कर् नलाग्ल त। लौ जा।
 
Posted on 05-28-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुआमा लाइ चिट्ठी
नमस्कार गुरुआमा!
बिषय -:नाम फेरी पाउ
गुरुआमा तपाईं ले राखिदिएको तिर कुमारी नाम सुन्दा साह्रै चुचो, छुचो जस्तो लाग्ने भएको हुँदा मेरो नाम तिर कुमारी बाट तिरा,ता रा, तितौरा अथवा अरु कुनै राखी पाउ । रोल न २२ तिर कुमारी
 
Posted on 05-28-06 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे, चौतारी चिनेकोमा बधाइ छ है। अनि यो बबेदाइलाई के भा'को हो कुन्नि। गाँजा लागे पछि त्यो सिरेले त चौतारीमा पलेटी कसेर बसेर खरररररररररररर नारन पोख्रेलले जस्ता मीठा मीठा कथा हाल्थे, यिनले त हाताँ पाएँट लिएर नाच्दारेछन। अनि त्यति सारो डराउन पर्दैन के चित्रे, यी बबेदाइको मुख मात्र छुच्चो हो के, मुन्छे त सारै दानी छन नि। भेट हुन पा'छैन लु भउते एउसर्को तान भनिहाल्छन के रे। :-)
 
Posted on 05-29-06 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोला पाऽरिऽऽ म
माया लाम्दिन

बर्खा लाऽयोऽऽ
भेट हुन पाम्दिन

साँहिला दाइ

आक्काका

रिटिङ् रिटिङ् नबजाऊ विनायो
बिनायोलेऽ मन मेरो छिनायो साँहिला दाइ आक्काका...

 
Posted on 05-29-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हौसला समितिको सुझाव-

१-शिलक हाल्नी मुन्छेले पहिला यहिँ शिलक हाल्नु पर्ने, अनि शिलक बासि भएसी बल्ल अपुर ठाममा टाँस्न पाम्नी
२-अब उपरान्त चौतारीयाँ राजनैतिक भाषण अर्न पाइने, सम्बिधान सभाको चुनाउको प्रचार प्रसारका पम्पलेट टाँस्नमा छुट
३-कथा, कवित, मुउतक हाल्नी मुन्छेले पहिला यहिँ हाल्नु पर्ने, अनि बासि भएसी बल्ल अपुर ठाममा टाँस्न पाम्नी
 
Posted on 05-29-06 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि भर्ना भए है, बरु मेरो रोल न्: कति पर्‍यो होला? प्रधानाद्यापक्ज्यु को पर्नु भयो होला कुन्नी? त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
ओ दादा ब्रो, के छ हो? कस्तो छ निप्पोन तिर को हाल खबर? साझामा गएल भएको पनि धेरै भयो, पुरानो साझाबासी हरु जती सबै नयाँ युजर नेम मा हो कि बसाइ सरेका हुन?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters