[Show all top banners]

timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jhapali_Thito

lolitalover
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KATHA-BYATHA

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 15902 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-30-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

आइते र सांइलि तामाड्नी जन्म थलो काभ्रे बाट शहर झरेको पुरा सात बर्स भएछ। गांऊमा माओबादि ले खाना मागेको बेला खाना नादिए पिट्ने र मार्ने धम्कि अनि माओबादिलाई खान दिए सेनाको पिटाइ र घरिघरिको सोधपुछ बाट गांऊमा बस्न सक्ने स्थिति थिएन। एक दिन भनेको बेला खान दिएन भनेर माओबादि ले आंगन मा बाधि राखेको दुईटा लइनो भैसि लिएर गए। पछि सेना आएर माओबादि लाइ भैसि दिएर सहयोग गर्ने तै होइनस भनेर आइते लाइ समातेर लागे।
दुइ बर्ष कि छोरि जुनेलि लाइ पिंठु मा बोकेर रुदै सांइलि तामाड्नी आधा घण्टा सम्म पछि पछि पानि आएकि हो “बिन्ति छ पानि मेरो लोग्ने लाइ नलग, माओबादि ले भैसि खोसेर लागेको हो, हामिले दिएको हैन” भनेर कति बिन्ति कराइ गर्दा पानि सेना ले ऊल्टो “बढि नकरा तेरो लोग्ने लाइ भोलि पठाइ दिन्छौ, अइले सुरुक्क जा होइन भने तंलाइ यहि भिरबाट खसालि दिन्छौ” भनेपछि सांइलि रुंदै फर्केको आइते लाइ अझ पनि सम्जना छ।
भोलि पठाइ दिन्छु भनेको आइते लाइ सेना ले काहा लाग्यो थाहा भएन। आइते नभएको बेला माओबादि आएर सांइलि लाइ पनि माओबादिमा लाग्नु पार्छ भनेर निकै कर गरे। सांइलि ले नमान्दा बेस्करि पिटेर घरमा भएको मकै पनि लुटेर लगे। छ महिना पछि आइते एकाएक घरमा आयो, ऊसको शरिरभरि निलडाम थियो, हातमा प्लास्टर लगाइएको थियो। त्यसपछि ऊनिहरु गांऊ छोडेर शहर आए
सेना र माओबादि को आतंक बाट दिक्क भएर दुइ बर्षको छोरि बोकेर शहर पशेको हिजै जस्तो छ तर शहरमा भारि बोकेर, कुल्लि काम गरेर परिवार पालेको पनि सात बर्ष पुगेछ।
र, आजै जुनेलि १० बर्षकि लागि अनि जुनेलि लाइ टाइफाइड ले छोएको पानि एक महिना पुग्यो। जुनेलि दुब्लाएर नर्कट जस्ति भएकि छ। “अब टाइफाइड निको भयो, छोरि लाइ केहि तागतिलो खान दिएर छिटै बलियो बनाउ”, डाक्टरको स्वर आइते को कान मा ताजै छ। तर बन्द र जुलुस ले गर्दा हिजोआज काम पाऊनै गाह्रो। अलिअलि बचाएको पैसा पानि ओखति गर्दैमा सकियो कहांबाट ख्वाऊनु केहि तागतिलो?

ब्यथा

“ए जुनेलि को बाऊ आज छोरी को जन्मेको दिन पनि हो, बिहान देखी छोरि मासुभात खाने भनि रहेकि छ, घरमा अलिकति गहुको पिठो र लसुन बाहेक केहि छैन। मतिटेल पनि सकियो। जाऊन एसो कतै काम पाइन्छ कि? फेरि भोलि के खानु”? एघार बजि सक्यो। सांइलि को स्बर ले आइते झस्कन्छ।
हो आज त केहि कमाऊनै पर्छ, हिजो पनि दिन भर केहि काम पाइएन फेरि भोलि देखि सात दिन बन्द भन्छन् भन्दै आइते नाम्लो बोकेर सडक तिर लाग्छ। तर तिन बज्दा सम्म केहि काम नपाएकोमा आइतेलाइ चिन्ता लग्छ। आज पनि काम पाइदैन क्यारे के गर्ने होला?
“ए आइते मेरो एकबोरा चिनि र तिन टिन मतिटेल घरमा लग्दिन्छस?, तिन सय दिन्छु, भोलि देखि सात दिन सहर बन्द भन्छन पसल खोल्न नसकेपनि घरबाटै भएपनि चिनि र मतिटेल बेच्नु पर्ला” राम साहु ले आइते लाइ भन्यो।
यसलाइ त दुइ ताल गर्नु पर्छ साहुजि फेरि सामान गरुंगो पानि छ अलिकति पैसा बढाइदिनुहुन्छ कि ? आइते को जाबाफ थियो।
“मोरा पैसा बढाइदे भन्छ, भोलि देखि सात दिनको बन्द मा काम पाइनस भने कसरि डेराको भाडा तिर्छस”?
हो त नि भन्दै आइते भारि बोकेर साहु को घर तिर लाघ्छ। फर्कदा साहुले दिए को तिन सय बाट मासु, मतिटेल र गहुको पिठो लिएर खुसि हुदै डेरा तिर लाग्छ। आइतेले कालो झोलामा सामान बोकेको छ।
सायद यो सांझ को पांच बजेको होला। बाटोमा जुलुस जिन्दाबाद र मुर्दाबाद को नारा लागाऊदै अगाडि बढिरहेछ कति ले हात मा मसाल पनि बोकेका छन्। जुलुस पुलिस चौकि तिर बढिरहेछ्। यो माओबादि को जुलुस हो अब यंहा सेना ले आक्रमण गर्छ बाटो मा कसैले भनेको आइतेले सुन्छ। आइते हतार हतार डेरा तिर लम्क्न्छ। आइतेको डेरा पुलिस चौकि बाट एक किलोमिटर मात्र टाडा छ।
यत्तिकैमा ड्याम डुम गोलि चलेको आवाज आऊछ । ए भाग भाग पुलिस ले गोलि चलायो मर्लास आइतेको पछाडि बाट कोइ कराऊछ । आइतेको जिऊ एकपटक सिरिङ्ग हुन्छ मरिने पो भइयो क्यारे। ऊ बेतोड ले डेरा तिरा डौडिन्छ। डेरा को ढोका देखिएपछि जोड ले कराऊछ साइलि ढोका खोल म आइपुगे । यत्तिकै मा पछाडि बाट कसैले भन्छ ए त्यो कालो झोला बोकेर भाग्ने माओबादि लाइ ठोक । ड्याम्म…… आइतेलाइ पछाडि सुइरो ले रोपेको जस्तो हुन्छ । ड्याम्म……आइते ले फेरि ढाड मा अर्को सुइरो को अनुभब गर्छ। सांइलि भन्दै आइतेको निरजिब शरिर डेरा को ढोका मा बज्रिन्छ । हल्ला सुनेर साइलि ले ढोका खोलि तर ड्याम्म……सांइलिले के भो थाहनै पाइन। ऊसको निरजिब शरिर आइतेको लास माथि घोप्टिन्छ।

कोलाहलले गर्दा टइफाइडले थला परेर निदाएकि जुनेलिको निद्रा खुल्छ। ऊसलाइ लाग्छ शायद बाऊले मासु लिएर आए। मासु र भात खान पाऊने आशाले उसको आंखामा एक प्रकार को चमक छांऊछ ।
 
Posted on 01-30-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good story timi mero sathi. Keep on writing.
 
Posted on 01-30-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi mero Sathi,
राम्रो छ कथा मन पर्यो।लेख्दै जानुस है
:)
 
Posted on 01-30-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ साथिहरुलाइ,
its bed time, good night
 
Posted on 02-04-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

यो कथा मनकामना गांऊको हो। गांऊको एक कुनामा एऊटा गुरुङ परिबार। गणेस गुरुङ परिवारको सातौ सन्तान। चार दाजु भाइ, तिन दिदि बहिनि र बाबु आमा सामेत नौ जनाको पारिबार। खेति र भैसिको दुध बेचेर सुख: दुख: संग गुरुङ परिबार बाचिरहेको थियो। नौ क्लासमा पढ्दा गांऊकै एक सइको पछि लागेर पुलिसमा भर्ना हुन पुग्छ गणेस। तालिम सकिएपछि गणेसको पोस्टिङ भित्रि मधेसको शान्तिपुर गांऊमा हुन्छ। गणेस घरमा महिना को पांच सए रुपिया पठाऊथ्यो। अब गुरुङ परिबारमा खास दुक्ख थिएन।

मनकामना गांऊकै अर्को कुनामा लक्छमण खत्रिको घर छ। लक्छमण खत्रि पन्ध्र बर्षको भएपनि खाइलाग्दो जिउडालको। गांउमा उ जति बलियो कोइ थिएन भने पानि हुन्छ। दुइ दाजु भाइ, दुइ दिदि बहिनि अनि आमा बाबु समेत गरि जम्मा छ जनाको पारिबार। खान लाउन खास दुक्ख थिएन। गांऊकै स्कुलमा आठ क्लासमा पढिरहेको। भबिस्यमा डाक्टर बन्ने बिचार थियो उसको। तर सबै सोचे जस्तो कंहा हुन्छ। एक दिन माओबादिले स्कुलबाटै अपहरण गरेर लगेपछि उ घरपर्केर आएको छैन। गांऊमा चलेको हल्ला अनुसार माओबादिको पुर्णकालिन कार्यकर्ता भैसकेको छ। माओबादिमा उ कामरेड पौरखको नामले प्रख्यात छ।

ब्यथा

आज शान्तिपुर गांउमा माओबादिले आक्रमण गर्ने हल्ला छ। पच्चिस जनाको पुलिस चौकिमा दिउसो देखिनै तनाब छ। केन्द्रले माओबादिको आक्रमण भएमा हेलिकोप्टर मार्फत सहयोग पठाउने भनेको छ। हाम्रो कथाको पात्र गणेस गुरुङ पनि आज निकै सतर्क भएर बसेको छ। माओबादिले आक्रमण गरेमा तिनिहरुलाइ भगाउन सकिन्छ भन्ने लाग्छ उसलाइ, तरपनि एक पर्कारको नजानिदो डरले उ चिन्तित छ।

रातको करिब आठ बजेको समय। सुनसान अध्यारो रात। भुस्या कुकुरको रोदनले बाताबरण डरलाग्दो बनाएको छ। पुलिस चौकिमा सम्पुर्ण पुलिस मोर्चाबन्दि गरेर बसेका छन्।
ड्याम…………डुम्म……….चट्याङ्ग…………..चारैतिरबाट चौकिमा आक्रमण हुन्छ। माओबादि चौकिको नजिकै आइसकेका रहेछन्। चारैतिर गोला बारुदको आबाज र मान्छे चिच्याएको मात्र सुनिन्छ, मानौ यमराज आज शान्तिपुरमा बास बसेका छन्।
हाम्रो पात्र गणेस पनि बहादुरिका साथ लडिरहेको छ। बास्तबमा उ माओबादिलाइ चौकिमा छिर्न नदिन सम्पुर्ण प्रयास लगाइ रहेछ।
गणेस बसेको पोस्टनिर एकजना माओबादि अचानक देखा पर्छ। “यै हात हैन तेरो हामि माथि गोलि चलाउने” भनेर उसले खुकुरि ले गणेसको दुबै हात काटि दिन्छ।
करिब एक घन्टाको भिडन्त पछि माओबादि तर्फ कोइ कराउछ “पौरख कामरेड लाइ दुबै खुट्टामा गोलि लाग्यो”। त्यहि बेला आकासमा हेलिकोप्टरको आबाज सुनिन्छ माओबादि पछि हट्छन्।

X X X X X X X

धेरै बर्ष बिते। शायद देसमा गणतन्त्र आइसकेको थियो। बिहानदेखि जुलुस हंसिया हथौडा भएको रातो झण्डालिएर गणतन्त्र जिन्दबादको नारा लगाइरहेको थियो।
जुलुस मन्दिर नजिकै बाट गैरहेको छ। मन्दिरमा माग्न बसेको एक जना दुबै हात नभएको माग्नेको चेहरामा घ्रिणा छाउंछ। यत्तिकैमा एक जना दुबैखुट्टा नभएको ब्यक्ति घिस्रिदै आएर भन्छ “ए दाइ म पनि आज यंहा माग्न बस्छु है”?
“हुन्छ बस न मेरो मन्दिर होइन क्यारे” पहिलो ले जबाफ दिन्छ।
अनि दाइ तपाइको हात के भोनि ?
पहिलो माग्नेको आंखामा शान्तिपुरमा भएको भिडन्त चलचित्र झै आउन थाल्छ। “के हुनु पहिला पुलिसमा हुंदा शान्तिपुर गांउमा माओबादिसंगको भिडन्तमा माओबादिले काटेका” उसले जबाफ दियो
अनि पेन्सन आउदैन त?
“पुरानो सरकार भएसम्म त आउदै थियो छ महिना अघि पूरानो सरकार ढलेदेखि केहि पाएको छैन, मागेर जिन्दगि बिताइरहेछु”
“अनि भाइ तिम्रो खुट्टा के भो नि”? पहिलोले सोध्छ
“के हुनु नि दाइ म माओबादि लडाकु थिए त्यो शान्तिपुरको भिडन्तमा, पुलिस को गोलि लागेपछि समयमा उपचार हुन पाएन पछि दुबै खुट्टा कट्नु पर्ने भो।“ दोस्रोको जबाफ थियो।
“ल तिम्रै सरकार आएको छ, किन माग्न पर्यो गएर भनन मद्दत गरिहाल्छननि”
कहा दाइ त्यो शान्तिपुरको भिडन्तमा हाम्रो कम्पनिको धेरै साथि हरु मरि हाले बचेका कंहा छन थाहा छैन। एकपटक पार्टि हाइकमाणड लाइ भन्न गएको थीए, रिकर्डनै छैन भन्छन मेरो, नमागेर के गर्नु?”
अनि तिम्रो गांउ कहा नि? पहिलो ले सोध्यो
मनकामना -दोस्रोले जबाफ दियो।
शायद यो जिन्दगिको तितो ब्ङ्यग थियो। एक अर्कालाइ मार्न लडेकाहरु आज एकै ठाउमा बसेर मागिरहेका थीए।
सडकमा जुलुस नारा लागाइ रहेको थियो “जनताको जित जिन्दाबाद”
 
Posted on 02-04-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमी मेरो साथि",

हजुर त साँच्चि नै सबैको साथि हुनुहुन्छ जस्तो छ। कति सरल ! कति वास्तविक ! दुबै कथा
पढेर म त भावबिव्हल भएँ। अरु भाग को प्रतिक्षामा छु।

-भउते
 
Posted on 02-04-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यथार्थ!! सलल बग्ने चुम्बकिय प्रस्तुती!
भित्र कतै छुने कथा!
तिमी मेरो साथी, धेरै नै प्रभावित भएँ, लेख्दै जानुस अरु पनि।
कथा र व्यथा गरेर भाग लाएको झन मन पर्यो
:)
 
Posted on 02-04-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमी मेरो साथी" जी,

साह्रै नै मन छोयो । कस्तो सजीव र यथार्थ वर्णन, एकदमै राम्रो लाग्यो । अरु पनि आँउदै गरोस है, प्रतिक्षामा

Keep rolling...
 
Posted on 02-04-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति उत्तम कथा लेख्नु भएछ तिमी मेरो साथी ले । अरु पनि लेख्दै गर्नुस होस है । एकदम सत्य कथा जस्तै छ ।
 
Posted on 02-05-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो साइ हुर ! यो त साझा चौतारी मा राख्नु पर्ने जस्तो देख्छु म । बडो मार्मिक पो छ ।
अरु त्यो चाइने-नचाइने लाई हटाएर भ'नी यस्लाई जोड्न सान दाई लाई भन्ने हो कि ?
(-;

ईश्वर
 
Posted on 02-05-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा मन पराइदिनु भएकोमा फेरि एकचोटि धन्यबाद। राम्रो बिसय बस्तु मिलेमा अरुपनि लेख्छु्।
 
Posted on 02-09-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यथा

दुइ सय परिबारको बस्ति भएको छैमले गांउमा आज पुरा निरजिबता छाएको छ। आधा जस्तो बस्ति भुतपुर्ब सैनिकहरुको छ यो गांउमा। गएको महिना शहर हान्न आएको माओबादिको लडाकुहरुलाइ सहयोग नगरि सेना लाइ सहयोग गरेको आरोपमा आज माओबादिहरुले गांउ खालि गर्ने फरमान जारि गरेका छन्। माओबादिका अनुसार एक हप्ता भित्र गांउ खालि गारिसक्नु पर्नेछ। होइनभने प्रत्यक घरबाट दुइ दुइजना माओबादिको सेनामा काम गर्न पठाउनु पर्नेछ।
गांउमा माओबादिको सेनामा काम गर्नु सट्टा गांउनै खालि गर्ने भन्ने सल्लाह हुन्छ। बुढा बुढि र बच्चा मात्र गांऊमा छोडेर सबैजनाले गांउ छोडछन्। कोहि शहर तिर आफन्तका जान्छन, कोइ अन्य गांउमा जान्छन कोइ इण्डिया तिर लाग्छन।

लाहुरे गुन्जमान घलेले पनि आफ्ना छोरा बुहारि लाइ पनि इण्डियामा एक जना चिनेको मान्छेकहा पठांउछ। उसले इण्डियन आर्मिमा पच्चिस बर्स जागिर खाएर पेन्सन पकाउदा दिल्लिमा एकजना साथि बनाएको थियो।
गुन्जमानको घरमा अब आठ बर्सको एउटा नाति चन्द्र र एघार बर्सकि नातिनि बुनु मात्र छन्। बुढा बुढि र बच्चा बच्चि मात्रै बांकि भएतापनि एक न एक निहुं निकालेर माओबादि ले दुक्ख दिन छाडेनन्। एक दिन बुनु स्कुल बाट फर्किन्। कति खोजि गरे गुन्जमानले नातिनिको तर केहिसिप लागेन, बुनु हराएको हराएकै भइ। के जबाफ दिनु ल अबमैले छोराबुहारि लाइ? पिरले बुनु हराएको दिन देखि गुन्जमान आफ्नो उमेर भन्दा पांच बर्स बुढा देखिन्थे। छ महिना पछि गांउमा कसैले खबर लिएर आयो….बुनुलाइ दलालले बम्बैको कोठिमा बेचेछ।
गुन्जमानले गांउमा एउटा सानो धान, मकै पिन्ने मिल चलाएका थिए। भने जति चन्दा दिएन भनेर एक दिन माओबादिले मिलमा बम पड्काएर ध्वस्त पारे। त्यसदिन देखि गुन्जमानको मन सारै कुढियो। त्यसको एक महिनापछि उनि नाति लाइ लिएर शहर झरे। शहर झर्दा बुढाका आंखामा आसु थिए।
पर कसैको रेडियोमा गित बजिरहेको थियो…….ईस्वर तैंले रचेर फेरि कसरि बिगारिस।

X X X X X X X X X X X

बाजे…….ए बाजे भन्नोस न मेरा बाउ आमा खोइ? मलाइ बुनु दिदि को पनि अलि अलि सम्झना छ, भन्नोस न बाजे मेरि दिदि कहा छिन्?
बाबु तिमि भर्खर सोह्र बर्स लाग्यौ, पहिला एस एल सि पास गर अर्कोसाल, अनि म सबैकुरा भन्छु। चन्द्र आफ्नो बाजेलाइ साह्रै सम्मान गर्थ्यो। अब एस एल सि पास गरेर मात्र बाजेलाइ सोध्ने अढोट गरेर उ पढ्नमा तल्लिन भयो ।

कथा
बाजे म एस एल सि पास भए, फर्स्ट डिभिजनमा। गुन्जमानको चाउरि परेको अनुहार खुसिले चम्कियो। खुसिले उनि नातिको हात समाउन पुगे। तर बाजे आज तपाइले मेरा बा आमा, दिदि अनि तपाइको आफनै बारेमा भन्नु पर्छ।
हुन्छ बा हुन्छ गुन्जमान भन्छन ल यंहा आउ आज म तिमिलाइ सबैकुरा भन्छु। पचहत्तर बर्षको बाजे र अठार बर्षको नाति मेचमा बस्छन् गुन्जमान ले अझैपनि चन्द्रको हात समाति रहको हुन्छ।
बाजे सुरु गर्नु भन्दा पहिले म एस एल सि पास भएको खुसिमा पेडा लिएरआएको छु, ल खानुहोस। पेडा मुखमा हाल्दै उनले भने, बाबु हाम्रो कथा करिब सत्तरि बर्ष अघि सुरु हुन्छ……….

X X X X X X X X X X X X

जेठा घलेको एक छोरा थियो आठ बर्षको, नाम गुन्जमान भएपनि गोरो भएकोले सबैले सेते भन्थे। सेतेकि आमाले फेरि पेट बोकेकि थिइ, तर छोरि जन्म दिएको तिन दिन पछि धेरै रगत बगेर ऊसको म्रत्यु भयो। आमा नभएकोले बच्चिको राम्रो हेरचाह पुग्न सकेन, महिना दिनपछि उ पनि मरि। आमा भइन्जेल त सेतेको काम दिनभरि खेल्नु थियो। आमा मरेपछि घरको काममा बाउ लाइ सघाउनु पर्ने भयो। पहिलेको जस्तो सजिलो थिएन सेतेको जिन्दगि अब। घर गर्न गाह्रो भएकोले दुइ बर्ष पछि जेठा घलेले अर्को बिहा गरे। त्यसपछि सुरु भयो सेतेका कठिन दिन हरु। सौतेनि आमा साच्चिकै सौतेनि थिइ। सौतेनि आमाले सेतेलाइ राम्रो सङ्ग खान पनि दिइन। एक दिन भोक लागेकोबेला दुध चोरेर खाएको सौतेनि आमाले देखेर बेस्करि पिटि। पिटेको सहन नसकेर सेते बेसि तिर भाग्यो, भाग्दै गरेको सेतेलाइ धारे हात लगाएर सौतेनि आमाले भनि “सेते तेरो उधों लागेको पाइलो कहिले उभों नलागोस!”

साच्चै भयो पनि तेस्तै, सेते कहिले फर्केर गांउ गएन, बेसि भागेको सेते, कसरि गोरखपुर पुग्यो त्यो एक छुट्टै कथा छ। गोरखपुर पुगेको आठ बर्ष पछि सेते भारतिय सेनामा भर्ना भो। सेनामा छंदानै उसले अर्को एक सैनिक को बहिनि सङ्ग बिहा गर्यो। सेतेको एउटा मात्र छोरा थियो सेनामा छदा सेतेलाइ गांउको मायाले खुब सताउथ्यो। उसमा सेना बाट रिटायर्ड भएपछि देसको लागि केहि गर्नु पर्छ भन्ने प्रबल भाबना थियो।
पच्चिस बर्ष इण्डियन आर्मिमा कामगरेर रिटायर्ड भएको सेतेले ससुरालि गांउ छैमले लाइ आफ्नो कर्मभुमि बनायो। काम गर्दा बचाएको पैसाले प्रसस्त जमिन किन्यो, एउटा सानो धान मकै पिन्ने मिल सुरु गर्यो। आफनै खर्चमा उसले प्राथमिक स्कुल पनि स्थापना गर्यो। यसैबिच सेतेको बुढिको क्यान्सर बाट म्रत्यु भयो। बुढिको म्रत्यु पछि सेते छोरा, नाति नातिनिको मुख हेरेर जिन्दगि बिताउदै थियो। यसैबिच देसमा माओबादि आन्दोलन सुरु भयो। छैमलेमा त त्यति माओबादिहरु थिएनन् तर छिमेकि गांउमा भने माओबादिको ज्यादै प्रभाब थियो। छैमले गांउमा सेतेको धेरै जमिन, ठुलो घर र मिल पनि भएको हुदा माओबादिले उसलाइ जमिन्दारको रुपमा हेर्दथे। घरि घरि चन्दा माग्न आउथें। सेतेले माओबादि लाइ पटक पटक चन्दा नदिएको होइन तर आफु सैनिक भएको हुदां उसको झुकाब सैनिक पट्टिनै थियो। एकदिन माओबादि सदरमुकाम हान्न छैमलेको बाटो भएर गए, पछि फर्कदा पनि छैमलेको बाटो भएरनै फर्के। सदरमुकाम हान्न आउंदा जांदा गांउबाट सहयोग नपाएर माओबादि लाइ निकै अप्ठ्यारो भएको थियो रे। त्यसकारण उनिहरुले छैमले गांउलाइ गध्दार गांउ भनेर घोषित गरेका थिए र दण्ड स्बरुप या त गांउ खालि गर्नुपर्ने या त प्रत्यक घरबाट दुइ दुइ जना माओबादि सेनामा काम गर्नु पर्ने फरमान जारि गरे।

माओबादिको त्यो फरमान पछि तिम्रो आमा बा लाइ मेरो एकजना सैनिक साथि जो रिटायर्ड भएपछि ईण्डियामा नै सानो तिनो ब्यापार गरेर बसेको थियो उसैकहा पठांए। दुइ बर्ष पछि तिमिहरुलाइ लिन आउदा बाटोमा रेल दुर्घटनामा परेर तिम्रो बा आमा दुबैको म्रत्यु भयो। तिम्रो दिदि बुनु लाई कुनै दलालले बम्बैमा लगेर बेचेछ। त्यसपछि भएको सम्पति बटुलेर म शहर आए। यहि हो बाबु हाम्रो कथा। सेतेको आंखा बाट अबिरल आंसु बगिरहेको थियो। आफ्नो परिबारको त्रासपुर्ण कथा, अनि बाजे रोएको देखेर चन्द्रले पनि मन थाम्न सकेन, उस्का आंखा बाटपनि आंसु बग्न थाले।

तर बाबु, सेतेले फेरि भन्न सुरु गर्यो, एघार बर्षको उमेरमा सौतेनि आमाले घरबाट निकालेको टुहुरो म, अरुको भांडा माझ्दै सेनामा भर्ना भए। बिदेसि स्याउ भन्दा स्वदेसि नासपाति मिठो भनेर आफ्नो जिन्दगिभरको कमाइ आफ्नै देसको गांउमा लगाए, कसरि म जमिन्दार भए बाबु? सेतेको शरिर आवेगमा कामिरहेको थियो। इण्डिया र पाकिस्तानको दुबै युध्दमा लड्दा जितेर फर्केको बहादुर लाहुरे म आफ्नै देसमा हांरे बाबु।
बाजेको कथा सुनेर शोकमा डुबेको चन्द्र लाइ थाहनै भएन बाजेले कतिबेला बोल्न बन्द गरे। धेरै बेर सम्म बाजेले नबोलेपाछि बाजे ए बाजे भन्दै चन्द्र बाजेको हात समाउन पुग्छ, तर सेतेका आंखा शुन्यमा स्थिर भेसकेका थिए।

छिमेकिको रेडियोमा गित बजिरहेको थियो……….जिबन देखि धेरै-धेरैनै थाकेर म मुर्दा भएको तिमि आज हेर……… म मुर्दा भएको तिमि आज हेर………
 
Posted on 02-09-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good job....took my time to read it...was worth it.
 
Posted on 02-09-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
Good job,
यती जीबन्त प्रस्तुती को लागी ।

Cheers,
 
Posted on 02-09-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< ...इण्डिया र पाकिस्तानको दुबै युध्दमा लड्दा जितेर फर्केको बहादुर लाहुरे म आफ्नै देसमा हांरे बाबु। ... >>>

गजब छ साथि ! लेखनलाई निरन्तरता दिनुहोला।

-भउते
 
Posted on 02-19-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा

प्रकाश वाह्र क्लास बायोलोजिको बिध्यार्थी-निस्ट कलेजमा। उषा पनि निस्टमै बाह्र क्लास, बायोलोजि। दुबैजना पढाइमा एकदम राम्रो, प्रकास र उषा एकैटोलको, किण्डरगार्डेन देखि सगैं पढेको लिट्टिल एन्जल्स स्कुलमा। किण्डरगर्डेनमा दुबैजना हातसमाएर खेल्ने। एस एल सि दुबैको फर्स्ट डिभिजन।

प्रकासको बाबु आमा दुबै कर्मचारि। दुबैजनाको तलबले घरखर्च अनि छोरा प्रकास र छोरि गिताको पढाइखर्च ठिकै चल्दै थियो। उषाको बाबु सानो ब्यापारि। तिनजना छोरि सहित पांचजनाको परिबार आराम सगंचलिरहेको थियो।

प्रकास सधै हसिलो केटा, प्रसस्त मिहेनति र गफ पनि धेरै गर्नु पर्ने। साथिहरुको बिचमा प्रकास निकै लोकप्रिय थियो। उषा पनि उत्तिकै मिहेनति र असाध्य राम्रि। सायद यहि कारणले होला यो कथाको दुइ पात्रको बिच लिट्टिल एन्जल्समा सुरु भएको आकर्षण निस्ट कलेजमा पुग्दा मायामा बदलिइसकेको हुन्छ। प्रकास र उषा दुबैको परिबारलाइ यो कुरा थाह हुदैन।

प्रकासको बाबु राम प्रसाद बिगत दुइबर्षदेखि बेलाबेलामा बिरामि परेको छ। धेरै पैसा खर्च भएपछि बल्ल रोग पत्ता लाग्छ। उस्को दुबै म्रिगौला काम नलाग्ने भैसकेको रहेछ, तुरुन्त फेर्न पर्नेरे, डाक्टरले भनेको। इण्डियामा गएर जचाउदा, सबैगरेर पांचलाख भारु लाग्ने रे। बिरामि कुरुवा, आतेजाते खर्च र औषधि खर्च अलग। कहांबाट ल्याउने त्यत्रो पैसा? सञ्चयकोषको पैसा घरबनाउदा झिकेको, तिर्नै बांकि छ। खर्च जुटाउन घर बेचिन्छ। छोरि गितालाइ मामाघर पोखरामा छोडेर, प्रकास र उसकि आमा राम प्रसादको उपचारको निम्ति सगैं इण्डिया जाने निर्णय हुन्छ्। इण्डिया जाने एक दिन अघि प्रकासले यो कुरा उषा लाइ भन्छ।

“प्रकास, तिम्रो पढाइ छुट्छ, र शायद बाह्र क्लासको फाइनल पनि छुट्छ” उषा भन्छे
फर्केर कन्टिन्यु गर्छु निषा, तर तिमि राम्रो गर नि जांचमा, प्रकासको जबाफ थियो
“हुन्छ प्रकास, म तिम्रो लागि पानि नोट तयार पारेर राख्छु, तिमि एक बर्ष ढिला भएपनि संगै डाक्टर पढ्नु पर्छ” उषा भन्छे।
निषाको हात समाउदै प्रकास भन्छ “उषा हामि बच्चा देखि छुट्टिएको छैन, यो पनि छोटो समयको लागि मात्र हो।
“किण्डरगार्डेन मा तिमिले मेरो फ्रक समातेर नाचेको मैले अझपनि बिर्षेको छैन। छोटो समयको लागि भएपनि मलाइ नबिर्ष नि प्रकास” उषाको अनुरोध थियो।
“म तिमिलाइ चाहेर पनि बिर्सन सक्दिन उषा, तिमि मेरो घर, जहां पुगेपनि फर्केर आउने ठांउ, Life is beautiful when you are with me” प्रकासले बिस्तारै भन्यो।
You know today is Valentines Day? उषाले सम्झाउदै भन्छे
कस्तो बिर्सेको “sorry Usha, मैले तिमिलाइ उपहार ल्याउन पनि बिर्से”
“तिमि मेरो जिन्दगिको सबभन्दा ठुलो उपहार that is all what I want dear” उषाको जबाफ
“You are my valentine for ever” भन्दै प्रकासले उषाको हात चुम्छ
जाउ, अबेर भैसक्यो, भोलि तिमि इण्डिया जान पर्ने उषा भन्छे, दुबैजना छुट्टिन्छन।

ब्यथा

जिन्दगिमा सोचेको जस्तो कहां हुन्छ। सोचेको सबैकुरा पुग्ने भए कति सुन्दर हुन्थ्यो यो जिबन। हामि सबैको आ-आफनैं कथा र ब्यथा छन्।

प्रकासको बाबुको अपरेसन त सफलहुन्छ तर तिन महिना पछि उसको सरिरले नयां Kidney accept गर्दैन। एक बर्ष सम्म अस्पतालमानै बसेर treatment गर्दा पनि ठिक हुदैन र उस्को म्रूत्यु हुन्छ। प्रकास फर्केर काठमाणडु आउंदा उषा medicine पढ्न इण्डिया गैसकेकि हुन्छे।
उषालाइ दिएको बचन पुरागर्न प्रकासले पढाइ चालु गर्छ तर रिजल्ट राम्रो आउदैन। आर्थिक कारणले गर्दा उसले Tours and Travel Agency मा ड्राइभरको जागिर खान्छ।
“अब मैले उषाको बारेमा सोच्नु ठिक छैन Driver र Doctor को मिलन सुहांउदैन” प्रकास सोच्छ। तर किनहो कुन्नि प्रकासलाइ उषाबाहेक अरु कुनै केटि मनै पर्दैन। जे भएपनि उषालाइ एकपल्ट भेट्न उसलाइ खुब इच्छ्या छ। उषा छुट्टिमा त काठमाण्डु आउनुपर्ने हो। उसलाइ पनि संझना छ किण्डरगार्डेनमा उसले उषाको गुलाफि फ्रक समातेर नाचेको।

“ए प्रकास आज हाम्रो साहुजिको छोराको बिहे। बिहान बिहेमा कार लिएर गएको एउटा ड्राइभरको पेट दुख्यो रे, आज बेलुका दुलहि लिएरआउनु पर्ने, कुनै ड्राइभर छैन ल तिमिनै जाउ” मेनेजरले प्रकासलाइ भन्छ।
“हुन्छ गैहाल्छुनि सर, बरु कुन ठाउंमा जान पर्ने हो प्रकासले सोध्छ”
“सेण्टजेभियर स्कुल पछाडिको रातो घर”
प्रकास झसंग हुन्छ, त्यो त उषाको घर, शायद उषाको बहिनिको बिहा हुनुपर्छ उ सोच्छ। प्रकास कारलिएर उषाको घरतिर लाग्छ । शायद उषा आएको हुनुपर्छ बिहामा उषा संग भेट हुने आसमा उ खुसि हुन्छ।
“नयां कारपनि आइपुग्यो, ल यो कार सजाउ यसमा दुलहि लैजाने” कसैले भन्यो
“होइन हाम्रो साहुको छोराको कोसगं बिहे भाको”? कार सजाउन लागेको मान्छे संग प्रकासले सोध्छ
“इण्डियामा डाक्टर पढ्न गएको बेला उतै डाक्टर पढिरहेको केटि रोजेको रे, अहिले छुट्टिमा आएर बिहे गरेको, एक महिनापछि उतै जाने रे” उसले जबाफ दिन्छ।

प्रकास छानाबाट खसेको जस्तो हुन्छ, उषाको बिहे जस्तोपो छ, हे भगबान यो के भएको? कुन अबस्थामा भेट हुने भो उषा संग मेरो। प्रकास उषा संग किण्डरगार्डेन देखि बिताएका क्षणहरुको अतितमा डुब्छ।

“ए ड्राइभरसाप, दुलहि ल्याउने बेला भो कारको ढोका खोल्नुस” कसैले भन्छ
प्रकास हत्तपत्त उषाले नचिनोस भनेर अनुहार आधा छेकिने गरेर cap लगाउछ र कारको ढोका खोलेर दुल्हा दुलहि पर्खेर बस्छ।
घर बाट पहिले दुल्हा निस्कन्छ, अग्लो र उज्यालो अनुहार भएको केटा। दुलहि पनि निस्कन्छे, घुम्टोमा भएपनि प्रकासले चिनिहाल्छ उषालाइ। बिना ऋंगार त असाध्ये राम्रि उषा, दुलहिको ऋगांरमा त उ अनुपम देखिएकि थिइ। उसलाइ उषाको घुम्टो समातेर नाच्न मनलाग्छ।

दुल्हा दुलहि कारमा बसेपछि प्रकास कारको ढोका लगाएर ड्राइभरको सिटमा बस्छ।
कस्तो राम्रो जोडि, बिहा पनि कस्तो valentines day मा पारेको, बाहिरबाट कसैले भन्छ।
ओहो आज valentines day कस्तो बिर्सेको प्रकासले सोच्छ, तर आज उस्को forever valentine अरुकै भैसकेको छ। प्रकास मनमनै सोच्छ, उषा म तिम्रो प्रकास, तिमि_मेरो_साथि happy valentines day.
 
Posted on 02-19-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी मेरो साथी जी,
साह्रै ह्रदयश्पर्शी कथाहरू लेख्नुभयो। तपाईको लेख्ने शैली साह्रै राम्रो लाग्यो, यथार्थवादी चित्रण छ। अरू पनि लेख्दै गर्नुहोला।
 
Posted on 02-19-06 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा ब्य्था ले मेरो हृधय छोयो,
मलाई पनि मेरो कथा ब्य्था भन्न मन लाग्यो
तर साथी अज यो समयएले दियो धोका,
अर्को समयम खुल्ने छ यस कथा को डोका!
 
Posted on 02-19-06 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ
 
Posted on 02-19-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा होइन एउटा यथार्थ घटना ।यो घटना घटेको धेरै भएको छैन र घटनामा पिटाइ खाने ब्यक्ति नजिक बाट चिने जानेका मान्छे हुन ।

तराइ को बसोबास अनि जाडो महिना ५ पनि बज्न नपाउदै घाम का किरण हरु चुरिया पाहड को फेदि हुदै हराए पनि पाक्न लागेको बालि , सिचाइ बिना चिरा चिरा परेका खेति ले किसान लाइ भुलेको हुदैन ।धान को सिजन , सिचाइ को अभाब कुलो कुरेर रात काटनु पर्ने बिबसता र साझ बिहान नभनि खेति को लागि जुटनु पर्ने बाद्धयता एस घटना का ब्यक्ति (कान्छा दाइ) को दुर्भागय थियो।

दुइ छोरि एउटा छोरा, सबै काठमाण्डौ बस्ने पढने उहि बुढा बुढि घर मा खेति र बस्तु भाउ का लागि रहेका । कुरो मंगसिर महिना यहि साल को हो । धान पाक्न लाइ घाटि घाटि आईसकेको थियो कान्छा दाइ को खेत मा । कुलो मा पानि कम हुने (जाडो महिना मा )भएको ले दिन भरि जति प्रयास गर्दा हुदैन थियो त्यि बुढा बाट, र भोलि त पानि लगाउछु भोलि लगाउछु भन्दै हप्ता दिन बित्यो तर पानि खेति सम्म पुर्याउन सकेनन् उनले । त्यस पाछि गाउ का एकजना भाइ लाइ लिएर राति कुलो कुर्न लागे खेत को मुहान मा खेत सिचाउनका खातिर । रात त जसरि तसरि काटे २जना ले झिसमिसे बिहानि भयो , गाउले भाइ कलेज जानु पर्ने घर फर्कियो कान्छा दाइ लाइ एक्लै छोडेर । तर त्यो दखेको साहि कुकुर हरु ले यसलाइ गलत अर्थ लगाए, उनिहरु ले कान्छा दाइ लाइ पहिला पिटन सम्म पिटेछन त्यहि केहि नभनि र को हु नभनि कन जब कान्छा दाइ का कान बाट रगत निक्लिन थाले त्यसपछि एउटा ले भनेछ त को होस र तेरा साथिहरु कान्हा छन भनेर? बुढा ले कुरा बुझेनन उनिहरु को के मतलाब भन्ने र सोधेछन को साथि ? त्यसपछि झन पिटेछन त माओबादि होस र तेरा साथि हरु कान्हा छन भनेर। कान्छा दाइ ले भने छन एक छिन सम्म त म माओबादि होइन म किसान खेत मा पानि लगाउन आएको किसान तर कसले सुन्ने उनका कुरा त्यस पछि उनलाइ डर लाग्न थालेछ मार्छन कि त्यहि भन्ने ।उनका मुख बाट बोलिहरु निक्लन पनि सकेका थिएनन् र झलझल्ति सम्झेछन माढि मा मारिएका यात्रु हरु, अनि ३ वटा वच्चा , घर मा प्रतिक्षा गरिरहेकि बुढि।

ऊनि भाग्यमानि रहेछन डाडाघरे घर्ति दाइ दिसा पिसाब गर्न त्यहि बाटो भएर खोला लाग्दै रहेछन । उनले आर्मि हरु जम्मा भएको देखेछन र सोचेछन कसले बम छोड्यो होला भन्ने तर जब त्यहा पुगे उनको होस ले काम गरेन कान्छा दाइ को हालत देखेर। यति खेर आर्मि लाइ कान्छा दाइ टोक्नु न भएको थियो मार्न पनि गाउ सँगै थियो र उज्यालो लगभग भैसकेको थियो ,छोडन पनि मर्ने हालत मा पुगिसकेका थिए पिटाइले गर्दा उनिहरु लाइ त्यहा घर्ति दाइ को आगमन ले झन सजिलो गराइदियो। उनिहरु ले घर्तिदाइ लाइ सोधैछन "के त यो मान्छे लाइ चिन्छस "? घर्तिदाइ ले भनेछन चिन्छु । त्यसपछि उनको हस्ताक्षर लिएर साहि कुकुर हरु बाटो लागेछन ।

घर्ति दाइ कान्दा दाइ को जिउदो लास पिठुमा बोकेर गाउ छिरेछन । सबै को रुवाबासि सुरु भएछ मर्यो भनेर । घर सँघै का बिष्णु दाइले ट्याक्ट्रर मा हालेर कान्छा दाइ लाइ नजिक को डक्टरको पु्राउदा उनलाइ रगत कम भेसकेको थियो रे सरिर मा ।एम्बुलेन्स भनेको सुनेका मात्र त्यो गाउ मा सि म ए पढेका डक्टर हरु ले के गर्नु उनले भनेछन सक्दिन हस्पिटल लैजानुस । ट्याक्टर मा राखेर बिष्णु दाइ ले हस्पिटल त पुर्याउनु भयो तर उहा सँग पैसा थिएन फेरि त्यहि हस्पिटल मा काम गर्ने एकजना उहा ले चिनेको मान्छे सँग पैसा मागेर , औसधि किनेछन ।

अहिले कान्छा दाइ ले राम्रि सुन्दैनन् बैरा जसता भएका छन रे र हिनडुल गर्न पनि बैसाखि चाहिदो रहेछ त्यो त मैले फोटो मा पनि देखे,। दुख लागयो, जुन कुरा सुने पछि ३-४ दिन त म साझामा पनि आइन आफुलाइ आफ्नो देस कुन हो भनेर सोध्न मन लाग्यो र कता कता सोचे नेपाल मा कहिले सम्म सैनिक साहि सरकार को मात्र हुने किन जनता को लागि केहि गर्दैनन यिनि हरु ले जनता कै पैसा मा लुट गरेर पनि। अनि कति अरु कान्छा दाइ हरुलाइ पिरेका होलान यिनिहरु ले अनि खै कान्हा छ त्यो मानब अधिकार भन्ने जन्तु ?
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters