cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

Tyo Din

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काठमाडौको न्युरोडमा भुतले मान्छे पिट्यो !

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 26057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-16-12 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ बैशाख,काठमाडौ। देशकै सर्वाधिक व्यस्त मानिएको न्युरोड क्षेत्रमा भुतले मान्छे कुटेको भन्दै सनसनी मच्चिएको छ।
न्यूरोडको रन्जना हल छिर्ने गल्लीमा रहेको ‘भूतघर’ मा सोमबार अपराहृन पसलका मालिकलाई भुतले  पिटेको हल्लाले यतिखेर पुरै न्युरोड 'त्राहीमाम' छ।
‘भूतघर’मा रहेको चस्मा पसलका मालिकले आफूलाई भूतले गालामा हानेको बताएका छन् । भूतले पिटेको भन्दै उनी पसल बन्द गरेर भागेको बताइएको छ।
भूतले  मान्छे पिटेको हल्ला चलेपछि हेर्ने हरुको भिड लागेको छ भने ट्राफिक आबागमन समेत प्रभावित भएको छ ।

 
Posted on 04-16-12 11:26 AM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahhaha

hallai halla ma chaleko desh

 
Posted on 04-16-12 12:07 PM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More info on this


उमेश श्रेष्ठ, काठमाडौँ, वैशाख  ४- न्युरोडको त्यसै पनि व्यस्त रहने सडक सोमबार अलि बढी नै व्यस्त रह्यो। मध्याह्नदेखि नै त्यहाँको एउटा घरमा भूत देखिएको हल्ला चलेपछि राति ८ बजेसम्म पनि भीड लागेको थियो। न्युरोड पिपलबोटको अगाडि पट्टी रहेको रन्जना गल्ली पस्ने ठाउँको मुखैमा सडकमा रहेको घर हेर्न राति अबेरसम्म भीड लागेको हो।  'भूतघर' हेर्न लागेको भीडका कारण राति अबेरसम्म सडक जाम भएको थियो। प्रहरीलाई जाम हटाउन निकै गाह्रो परिरहेको देखिन्थ्यो। घरमा भूतले पिटेको हल्ला बिहानैदेखि चलेको थियो। दिउँसो केही टेलिभिजनले यसबारे समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालका साइटहरुमा पनि भूतको चर्चा चुलिएको थियो।  हल्लैहल्लामा यो घरको चर्चाले आज भएको प्रमुख तीन दलको वार्ताको समाचारलाई समेत छायाँमा पारेको थियो।  

व्यस्त व्यापारिक क्षेत्र भए पनि लामो समयदेखि यो घरका माथिल्ला तल्ला एक दशकदेखि खाली रहेका छन्। भूँइतल्लामा भएको घडी पसल पनि आज बन्द थियो। यो घरमा भूत भएको हल्ला धेरै वर्षअघिदेखि नै चल्न थालेको हो। 

'भूतघर' हेर्न भेला भएकाहरुले सुनाए अनुसार आज त्यहाँ विभिन्न खाले हल्ला फैलिएका छन्। एउटा हल्लाले सो घरको पसलेले पसल खोल्न आउँदा गालामा चड्कन हानेको भन्छ। अर्को हल्लाले एक टेलिभिजन पत्रकारलाई भूतले झ्यालबाट खसालेको र अस्पतालमा उपचार गराइरहेको भन्छ। तर घरमा एक वास्तुशास्त्रीका साथ सुटिङ गर्न पुगेका एभिन्युज टेलिभिजनका क्यामेराम्यान बासु सत्यालले भने टेलिभिजनबाटै आफूलाई केही नभएको बताइसकेका छन्। सुटिङ गरिरहेकै बेला भूतले मान्छेलाई पिटेको हल्ला फैलिएको र हल्लैहल्लामा भीड जम्मा भएको बताइन्छ। 

स्थानीय काजी डंगोलले पनि भने, 'यहाँ कसैलाई केही भएको हैन, हल्लैहल्लामा यत्रा मानिसहरु भेला भएका हुन्।'


दिउँसोदेखि जम्मा हुन थालेको भीड रातिसम्म कायमै थियो। पिपलबोट अगाडिदेखि भूगोलपार्कसम्म भेला भएका मानिसहरु 'भूतघर' हेर्दै राति आठ बजेसम्म आ-आफूले सुनेका कुराको बखान गरिरहेका देखिन्थे। भूतघर भनिएको घरकै अगाडि भने प्रहरीले कसैलाई भेला हुन दिएको थिएन। तैपनि केही समयपछि एक हुल भेला भइहाल्थे। प्रहरीले त्यहाँ नबस्न अनुरोध गर्दैगर्दा भीड केही कम भए पनि केही समयपछि नै फेरि भीड जम्मा भइहाल्थ्यो। 

 
Posted on 04-16-12 12:24 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हल्लै हल्लाको देश हो (Yo Hallai Hallako Desh Ho)
-भुपी शेरचन (Bhupi Sherchan)

कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोको डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।

(२०२४ - रुपरेखा)

"घुम्ने मेचमाथि अन्धो मान्छे" (२०५१), साझा प्रकाशन, बाट सभार गरिएको
 
Posted on 04-16-12 12:41 PM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो घर भूत आउने घर भनेर धेरै बर्ष अघि देखि खालि थियो, भुइँ तलाको पसल बाहेक. केहि दशक अगाडी माथिल्लो तल्लामा नि केही पसल टेलारिंग पसल थियो, तर कुनै पनि पसल धेरै दिन टिकेन. ब्यापारिक दृष्टिकोणले अत्यन्तै पायक पर्ने र लायक घर भए नि खालि हुनु वा भाडावाल न टिक्नु  रहस्यमय नै छ .

केहि बर्ष अघि त्यस घरका मालिक संग कुरा गर्ने मौका मिलेको थियो . कुराको सिलसिलामा भूत आउने कुरा सत्य हो भनि सोध्दा उहाँले सत्य हो नै त भन्नु भएन तर केही गडबड को संकेत चाही गर्नु भएको थियो . माथिल्लो तल्ला जाने भर्यांग नै बिगारेर वा बन्द गरेर पसल भाडामा दिइएको छ . अर्थ केहि न केहि गडबड छ .

फेरी भूत को हल्ला चल्यो...... हल्लै हल्ला को देश भए नि त्यो हल्ला ...... घरबेटी मास्केजी लाइ एक रात त्यै घरमा सुत्न मनाउन सके चाही ... हल्ला नै हो...


 
Posted on 04-16-12 12:50 PM     [Snapshot: 206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पनि सक्छ , भुत भन्ने नेपालमा मात्रै भएको कुरा होइन ! अमेरिका युरोप मा पनि Haunted house/place  छन् र TV show पनि दिने गर्छन ,पत्यनुस नपत्याउनुस depends on you and unless you get encountered with one !!!!


 
Posted on 04-16-12 1:55 PM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

            Paranormal activities do exist in this world !!!!!!!!!!!
Last edited: 16-Apr-12 01:56 PM

 
Posted on 04-16-12 1:57 PM     [Snapshot: 358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hernus bhoot!  
 
Posted on 04-16-12 2:04 PM     [Snapshot: 371]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@lamopuri त्यो फोटो मा भुत भन्दा पनि भुत हो कट्टु  सुकाएको जस्तो लiग्यो ! तर भुत ground floor   मा थियो रे 3rd floor  मा होइन ! nice editing btw .

Last edited: 16-Apr-12 02:04 PM
Last edited: 16-Apr-12 02:05 PM

 
Posted on 04-16-12 3:00 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Surely this isn't true.... 
 
Posted on 04-16-12 3:13 PM     [Snapshot: 480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@lamopuri...upon the close inspection after enlarging the pic, I came to conclusion that, the person is Rishi Dhamala.


 
Posted on 04-16-12 3:49 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"हुन पनि सक्छ , भुत भन्ने नेपालमा मात्रै भएको कुरा होइन ! अमेरिका युरोप मा पनि Haunted house/place  छन् र TV show पनि दिने गर्छन ,पत्यनुस नपत्याउनुस depends on you and unless you get encountered with one !!!!"

I was about to comment on this, but I realized your nick itself does justice to this :). I am tired of quoting Carl sagan, but nobody says it better "Extraordinary claims require extraordinary evidence."

 
Posted on 04-16-12 5:04 PM     [Snapshot: 642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well "extraordinary" is term that's beyond normal or even intelligent human capacity ,like there is no real life superman ,that's why there will be no extraordinary evidence for these supernatural phenomenon ,there are lots of mysteries in the world and "ghost" is just a small part of them.So you can forget that there will be extraordinary evidence that soon.You can't argue on there is "ghost" and there isn't . Can YOu?
Last edited: 16-Apr-12 05:08 PM

 
Posted on 04-16-12 5:13 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 mysansar reported some channel was making program on bastushastra and some assholes decided to spread the word of supernatural. Guff nai guff le lanka jalechha 
 
Posted on 04-16-12 5:29 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा जान्ने मै हो भन्ने भेडाहरुले गर्दा होला !!! afunai sabai bhanda janne bujne thanne "AAApe"" haru ko kura sunda pani
Last edited: 16-Apr-12 05:39 PM

 
Posted on 04-16-12 6:01 PM     [Snapshot: 757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sansar ko sabai bhut jati nepal ma matra kina :)? Khoi yetro america ma yesto news kaile pani aaudainam kina hola? Ki bhut haru lai Visa namileko ho america aauna lai?
or
All bhuts wants to live in Third world country? sochda sochda mero dimag dukhi sakyo bhanya..lol
 
Posted on 04-16-12 7:01 PM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People talk about ghost in all places of world ,But the thing is in Nepal if some one stupid sees a" frog" and he starts saying i saw "godzilla"  then people starts running after him believing that stupid (Hallai Halla ko desh )  ,while in other countries their analysis is different .
https://www.youtube.com/watch?v=ELG4FjDDroE

 
Posted on 04-16-12 7:18 PM     [Snapshot: 867]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well that is not true. Here is the latest news from US on haunted house. I think people in US believe more in haunted houses and ghosts than Nepalese.

http://abclocal.go.com/wabc/story?section=news/local/new_jersey&id=8623242

 
Posted on 04-16-12 7:36 PM     [Snapshot: 847]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kantipuri nagari ko katha/byatha maathi baseko dhulo phukera bhitri gaharai napna RAHUL DAI lai kasle sikawos... tapai ra KTM ko nikat sambandha sambandhi charcha paricharcha sajha ma bhairahos.... tapai ko lekh le afno pyaro KTM lai herne euta naya dristi milcha.


 
Posted on 04-16-12 9:12 PM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters