cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 फेसबुक

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 30688 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-25-10 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेजको प्रोजेक्टको काम सक्नु थियो उस्को ! रिपोर्ट्को लागि केही रेफ्रेन्स पाईन्छ कि भनेर साइबर क्याफेमा छिरेकी थिई उ त्यसदिन । फेसबुक भनेपछी अरु साथीहरु जस्तो तेत्ती सारो अडिक्टेड त थियिन तर पनि बेलामौका मा कहिलेकही चलाउने गर्थी । www.facebook.com मोजिल्लाको अड्रेस बार मा तेत्ती के टाईप गरेकी थिई ,  अर्कै मान्छे को फेसबुक प्रोफाइल उस्का अगाडि खुल्यो ।  मुसुक्क हसेर उभिएको एउटा निकै ह्यान्ड्सम युवकको प्रोफाइल पिक्चर देख्दा एकछिन  त उ अक्कबक्क परी । "अभय" नाम पनि राम्रो लाग्यो । ढाँटेको होइन भने उमेर पनि उस्को भन्दा दुई बर्ष मात्र बढी   ! पहिलो चोटि तस्वीरमा देखेको अपरिचितको सबै कुरा  एकदम मन्पर्‍यो उस्लाई ।  केही कुरा सोचेर मुसुक्क हांसी, अभय कै एकाउन्ट बाट आफ्नु नाम सर्च गरी अनि "add as Friend" म क्लिक गरी ।

त्यस्पछी उस्को एकाउन्ट बाट साइन आउट गरी, आफ्नु मा लग इन गरी, अनी "अभय" को फ्रेन्ड रिक्वेस्ट लाई "कन्फोर्म" गरी । प्रोजेक्ट, रिपोर्ट, रेफ्रेन्सेस को कुनै ध्याउन्न थिएन उस्लाई शायद बिर्सिसकी थिइ शायद ति कुरा । उस्को दिमागमा अब केबल अभय थियो अनि मनमा अभय लाई अझ जान्ने इक्ष्या !!     

बेलुका घर पुग्ने बित्तिकै फेरी कम्प्युटर खोली उस्ले, साधारणतया घरबाट ईन्टरनेट चलाउने गरेकी थियिन उस्ले, त्यस दिन  ईन्टरनेट पनि क्नेक्ट् गरी, अनी हतार हतार फेसबुक खोलेर अन्लाइन भै । किन किन उस्लाई अभय अन्लाइन हुन्छ जस्तो लागेको थियो र उस्को अनुमान सहि निस्कियो अभय साँच्चै अन्लाइन थियो ।   

"Hey! Do we know each other ?" कुरा उसैले सुरु गरी ।

"Well.." उस्ले पनि रिप्लाइ गर्‍यो ।    "I do not think we do, I have no idea how did I add you in my facebook. I was kind of confused, when I got the notification that you accepted my request"


अभयले त्यसरी उदेक मानेको देखेर दँग परी उ, कसैलाई यसरी झुक्याउन पाउँदा निकै रमाइलो लाग्दै  थियो उस्लाई ।  

"Wow!  त्यस्तो पनि हुदो रैछ है ?   may be its some kind of bug, अहिले फेसबुकमा कत्ती थरिको बग आ'छन रे भन्थ्यो मेरो साथीहरुले ठिकै रैछ"      निर्दोष  झैं बनेर मन्मनै हाँस्दै भनी उस्ले   !


"खोइ त्यस्तो त नहुनु पर्ने हो " बिचरा अभय साँच्चै निर्दोष थियो   !!

"जे होस्, अहिले सम्म नचिनेर के भो त .. अब त चिन्न सकिन्छ नि होइन " आदत अनुसार  नै फर्वार्ड हुँदै भनी उस्ले ।  


"yea, sure" उस्ले जवाफ दियो शायद अलि अलि लाज मान्दै । 

"You know my name, right ? I am Alisha, Everest College मा BIT second year पढ्दैछु "

"कहाँ बानेश्वोर को एभरेष्ट ? "

"Yup"

"Oh, त्यहाँ त म आज दिउसो गएको थिएँ  ।  Do you know Shruti ? BBA Third year पढ्ने ? उस्लाई भेट्न "

अभय ले यति के भनेको थियो उस्को मन त्यसै  त्यसै चिसो भएर आयो अभयसँग कुरा गर्ने जोश - जाँगर सबै तेस्सै सेलाए जस्तो लाग्यो उस्लाई ।

"I don't know who she is. Okay then, I got to go. It was nice knowing you" कुराको बिट मार्न खोजी उस्ले ।

 "Ok, Hope to meet you again :-), nice meeting you" उस्ले भन्यो । 

अलिशाले फेसबुक, ईन्टरनेट, कम्प्युटर सबै बन्द गरी अनी असाइन्मेन्ट गर्न तिर लागी, श्रुती भन्ने अर्कै केटी को नाम सुने पछि बिरक्तिएकी उस्ले अभयको बारे मा बढी केही सोधिन । मन पनि कस्तो हुदो रैछ कहिले कोही अपरिचित को नाम सुन्दा मक्ख पर्ने कहिले फेरी कुनै अपरिचित को नामैले दिक्क हुने । खासै भन्नु पर्दा त उस्कालागि "अभय" र "श्रुती" दुबै नाम उस्तै हुन अपरिचित, तर "अभय" ले ल्याएको खुशीयालीलाइ "श्रुती" ले आफुसङै लिएर गये जस्तो लाग्यो उस्लाई ।

To be continued
Last edited: 25-May-10 02:04 PM

 
Posted on 05-25-10 2:06 PM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली को अर्को ट्रेड मार्क कथा पढने मौका पाएं। देर आए दुरस्त आए भन्छन नि । अब के हुन्छ, चेली ?? कौतुहलता रहिरह्यो।
 
 
Posted on 05-25-10 2:07 PM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome....I thought that was the end, the last line is just a perfect ending.


 
Posted on 05-25-10 2:13 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<तर "अभय" ले
ल्याएको खुशीयालीलाइ "श्रुती" ले आफुसङै लिएर गये
जस्तो लाग्यो उस्लाई ।>>>>

kyaa mittho describe garyaa.. saarhai mann paryo.. aarko bhaag ko pratiksyaa maa

 
Posted on 05-25-10 2:16 PM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आएछ चेली को अर्को कथा


शुरुवात दह्रो छ - अर्को भाग को प्रतिक्षा मा 


 
Posted on 05-25-10 2:22 PM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli back with a bang !


कथा इन्टेरेस्टिङ छ जस्तो छ यसो बुझ्दा ! ल धेरै न कुराउ है हामीलाई !


 
Posted on 05-25-10 4:14 PM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one---next part please
 
Posted on 05-26-10 7:32 AM     [Snapshot: 427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Thuldai, kiddo,  Pure, lahare, Ritthe daju, 8848m  and all other silent readers,

Thank you very much for reading it. I will try to post the next part, ASAP.
 
Posted on 05-26-10 8:17 AM     [Snapshot: 442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Part 2 

  त्यस्पछि लगत्तै उस्का एक्जाम र प्रोजेक्टका चटाराले गर्दा अलिशा अन्लाईन हुन पाइन, तर कम्तिमा पनि दिनको एकपटक अभय उस्को माष्तिस्कमा आउँथ्यो । अभयसंगै आउँथी श्रुतिपनि अनि अलिशालाई त्यसै त्यसै बैराग लाग्ने गर्थ्यो ।

    एक्जामको अन्तिम दिनमा उस्का साथीहरुले एउटा गेट- टुगेदर राखेका थिए । उस्लाई जान त मन थिएन, तर स्मिताको करकापले गर्दा जान वाध्य भै उ ।    


    क्लासकै एकजना साथीको घरमा भएको गेट-टुगेदरमा उस्का सबै साथीहरु थिए । एक्जाम सकिएको खुशीमा उनिहरु हाँस्दै, नाच्दै, गाउँदै रमाइलो गर्दै थिए । तर उस्को मन कता  कता उडिरहेको थियो । पहिले उ यस किसिमका कार्यक्रममा सकृय रुपमा सहभागी हुन्थी  । "Heart of the parties" नामै राखेका थिए उस्का साथीहरुले तर त्यसदिन ... उ खुशी थिइन पटक्कै थिइन ।

    "अलिशा, तेरो फेबरेट गीत होइन यो, के भाको छ हँ तँलाई आज ? एक्जाम बिग्रेको नी होइन होला तँ जस्तो पढुको" स्मिता पनि छक्क  परेकी त्यसदिन बद्लिएकी उ देखेर । सुगम पोखरेलको "पाठशाला" गीत बजिरहेको थियो, अस्ती सम्मको उस्को फेबरेट गीत ।

    "Guys, I think our Alisha is in love" जान्ने भएर बोल्यो सुलभ ।  सबै साथीहरु हासे ,  अनी उस्ले राती हुँदै जवाफ दिई "Please, त्यस्तो केही होइन, Its just that I am not feeling so good today" कुरा हुँदैथियो, प्राणव एकजना राम्री केटीको साथमा भित्र छिर्यो ।

    "Hi Everyone! This is my girlfriend Shruti , हाम्रै कलेजमा BBA थर्ड एअर पढ्छ उ पनि " प्रणवले नयाँ मान्छे चिनायो । श्रुती नाम थियो उस्को पनि अलिशालाई त्यो नाम दुई तीन पल्ट सुने जस्तो भयो, प्रणवले त एकै पल्ट मात्र भनेको थियो।

    ओहो यार प्रणवले त आफु सेकेन्ड एअरमा हुँदै थर्ड एअर को केटी लाई GF बनाएछ" स्मिताले शायद भन्दै थिई कानै मा, तर हिजो अस्तिकी अलिशा भये पो स्मिताको कुरो सुन्थी, उ केही जवाफनै नदिइ श्रुतीसँग परिचय गर्न तिर लागी ।    

"हाइ, म अलिशा" श्रुतीसँग हात मिलाउदै भनी उस्ले । एकछिन यता-उताका कुरा गरेपछि उस्ले सोधी "तिम्रो क्लासमा अर्को पनि श्रुती छ कि तिमीमात्र हो ?" 

"म मात्र हो किन र ? "

"होइन मेरो एकजना साथीले BBA को श्रुतीलाई चिन्छौ भनेर सोधेको थियो अस्ती भर्खर त्यसैले.."

"को हो र तिम्रो साथी, के नाम ?"

"अभय"

"How did you know him ? Oh wait wait, Alisha right ? फेसबुकमा भेट भाको भन्या होइन ? मलाई नि सोध्दैथियो अलिशालाई चिन्छस भनेर" निकै उत्साहित हुँदै भनी उस्ले

"ये हो र ? so is he your friend ?  खास मैले त धेरै कुरा गर्न नि पाको छैन, एक्जामले गरेर "

"he is my cousin, हाम्रो  joint family थ्यो अस्ती भखर सम्म ..  age मा तेत्ती  difference नभाको हुनाले we are like best friends,  Oh, he is such a darling brother of mine, अनी I guess तिमीसँग कुरा  गर्न लाई अलि desperate नि छ जस्तो लाग्छ"  

जिस्क्याएको स्वरमा भनी श्रुतीले, उ लाजले पानी पानी भैसकेकिथिइ, अब उस्को एउटैमात्र ध्याउन्न थियो, कती बेला घर पुग्नु र ईन्टरनेट खोलेर फेसबुकमा अन्लाईन हुनु । कहिल्यै नदेखेको नचिनेको मान्छेसँग बोल्न, गफ गर्न उ अति ब्यग्र भैरहेकी थिइ । दिमागलाई यि कुरा लजिकल लागेको थिएन, पटक्कै थिएन । उस्लाई एउटा कुन हो मुभीको डाइलोग याद आयो "It was not logic, so it was love"

"Love" शब्द दिमागमा के आएको थियो उस्को त मुटुको भित्र कुनामा केही हल्चल भयो । सुन्दा असाध्यै illogical लाग्ने कुराहरु आँफैले महसुस गर्दै थिइ उ त्यसदिन ।        


To be Continued
 
Posted on 05-26-10 8:31 AM     [Snapshot: 467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gre8 start Cheli......Somehow addicted to that title.......Waiting for the next part...........

 
Posted on 05-26-10 8:32 AM     [Snapshot: 458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह, इन्तेरेस्तिङ।

तेइ त केटीहरु कुरै नसुन्ने, भेट्न गा मात्र त भन्या थ्यो नि, सिधै जि टि जि रे, कुरो सुन्या भे ऐले सम्म कथा काँ अगाडि पुगी सक्थ्यो होला। ल आर्को भाग झट्टै पस्किम है। हत्तारो भो अन्मार किताबमा लग इन गरेछी के के भो भनेर जान्न।
 
Posted on 05-26-10 8:33 AM     [Snapshot: 467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! यहाँ त भुँइचालो गैसकेछ, अभयको फेसबुक आइडी पाए त हामी पनि add गर्न हुन्थ्यो, तर अलिशाले दिन्छे कि दिन्न होला चेलि?


"It was not logic, so it was love"
ड्यान्जर अफ दी खतरा हुने भयो नि अब त! के गर्नु लौ?


 
Posted on 05-26-10 8:49 AM     [Snapshot: 492]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Cl sahili.......गर्छु भनेको लाई त गरेको छैन अव अभयलाई ।।।।।पत्याएँ मैले।।।।।।।।

;)

 
Posted on 05-26-10 8:50 AM     [Snapshot: 495]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuche timro id deu ta ! add garnu paryo chittai! he he!
 
Posted on 05-26-10 9:00 AM     [Snapshot: 502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह चीली वाह ! काहानीमा ट्विस्ट् ? बडा इन्टरेस्टिङ हुँदै छ । लेखाइ को कुरै नगरौं, सदा झै उच्चकोटिको । जमाना अनुसार को भाव भङिमा सबै छन ।
 
Posted on 05-26-10 9:08 AM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झक्कास कथा गैराछ - इन्टेरिस्टिङ को त कुरै नगरम -


खतरा गइराछ


पुरे ले भन्या जस्तो केटी हरु कुरै नसुन्नी भन्या - नत्र अहिले सम्म त .....


 
Posted on 05-26-10 9:17 AM     [Snapshot: 520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै मिठो लाग्यो, फेसबुक मा सम्बन्धित कथा पहिलो चोटी पधदै छु, कथा मा फेरी आक्रो त्विस्ट को लागि मा तैयार हुदै छु ढिलो नगरम है.
 
Posted on 05-26-10 9:19 AM     [Snapshot: 535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजभोलि यो त्रिक् युज गर्नेहरु तन्न छन काठमाडौं मा fishing भन्दो रइछ

 
Posted on 05-26-10 10:24 PM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice to see you back. 

Young story, waiting for more!

-somewhereondearth



 
Posted on 05-27-10 7:04 AM     [Snapshot: 796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Fuchhe, Alisha was not addicted earlier.. Now, she is getting addicted.. however she does not know whether its Facebook addiction or Abhaya addiction

@पुरे, केटीहरु नभनम् न हो, अलिशा भनम्, बिचरी आफ्नु त्यही गल्तीको कारण
एक्जाम नि राम्रो गर्न सकिन भनेर दुखेसो पोख्दै थिइ म सँग आएर



@किरेजी , मगिहेर न हौ दिइहाल्ली नि   .. अनी फुच्चेलाई मात्र add गर्ने मलाई नगर्ने ?  

@ ठुल्दाइ , लहरे अनि झिल्के_दाइ, खोइ के भनम् अब, धन्यवाद        


@grgDai, खोइ अरु अरु ले भन्दा हुन, अलिशालाई त्यस्तो उस्तो कुरो केही थाहा छैन, एकैछिन जिस्किन, कसैलाई उल्लु बनाउन खोजेकी हो उल्ले त.. खोइ के  खोइ के पो हुन आँटो ..    

@SomeDai: Thank you very much!! It's been a long that we have not read from you.. Life ma aako changes le lekhna time napugya ta hoina ni ? 

Will Bring the next part soon..

Thanks,
Cheli


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters