[Show all top banners]

Nirman
Replies to this thread:

More by Nirman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yatra Sansmaran: Yeuta Beglai Anubhuti

[Please view other pages to see the rest of the postings. Total posts: 82]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 27530 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 04-07-05 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथोहरुको नेपाललाई सहयोग गर्ने भावना देख्दा मलाई साथीहरुको जमर्कोमा केहि सहयोग पुग्ला कि भनेर मेरो यात्रा विवरण राख्दै छु। ञस्लाई म part part मा प्रस्तुत गर्नेछु। नेपालको हालको स्थिति बारे यसबाट ज्ञान पाईएला कि भन्ने आशाको साथ:

"एउटा अनुभुति बेग्लै"

"आब्बुई हो!!! क्या बिघ्न रै?छ हो ऊकालो नि।" ८-९ कक्षातिरको ?घनघस्याको उकालो? पाठको सम्झना गर्दै मैले बोलें। खोई मलाई मात्र लाग्या हो कि तर त्यो पाठ लेख्नेले यो अन्धेरीघाटको उकालो नदेख्या हुनुपर्छ भन्ने लख काटें।
"काहाँ उकालो हुनु नि सर, यो ता क्याहि नि होइन" मलाइ साथ दिन संगै हिडेको लोक दाइले मेरो कुरा काट्यो।
हुन त आफु परियो शहरमा हुर्केको मान्छे, दश पाईला नि गाडिमा चढ्ने बानि लागेको, त्यो दाइ उकालो खाई शेष भएकोसंग कुरा नमिल्ने भइहाल्यो।
"हुन नि शहरमा बस्न छोडेर फिल्डतिर काम गर्ने जोश चलेर यो दु:ख गर्नुपर्यो" भन्ने मनमा चल्यो तर मलाई मजा नि आईराख्या थियो। आखिर काठमाण्डौ गएर साथीभाईलाई भोजपुर जस्तो ठाउमा गएर आएको भन्दा शानै अर्को हुने नि।
बाटो चाहिं परेछ आधा जिउ नै खाने। उकालो र ओरालो मात्र। आफु त्यतिकै दुब्लो मान्छे अब त भोजपुरसम्म पुग्दा त मान्छे नै बिलाउला भन्ने पिर पनि चल्यो मनमा।
बाटोमा कुरा गर्दै हिंड्यो भने बाटो गएको पत्तो पाइँदैन भन्थे, त्यै भएर लोक दाईसंग गफ गर्ने मेशो निकालें।
"अनि दाई, घरमा को को छन्, नि तपाईको???"
"छन् जहान अनि दोइटा भुरा।"
"अनि घर कता नि दाइको।"
"ऊ त्यहि धनकुटा हो, सान्मे गा. बि. स. पर्छ" दाईले फुईया गर्दै उत्तर दिनुभो।
हुन नि अफिसको सामानको भारि टन्नै थियो दाईको, म जस्ता त २ जनाले नि सक्दैन होला त्यत्रो भारि उचाल्न। दाईलाई थकाई लाग्या हुनुपर्छ भन्ने लख काटेँ
"यसो बस्ने कि दाई???"
"होईन, ऊ माथि एउटा होटेल छ, त्यहिं बस्नुपर्छ" दाईले यसो सुझाव दिनुभो।
आफुलाई नि थकाई लागेर भनेको अब भारि बोक्नेले नि त्यसो भनेछि लाजै लाग्यो बसम् भन्न नि।
ऊ माथि भन्या नजिकै होला भन ठानेको त आमै नि आएकै होईन।
"अझ कति छ दाई??" यसो सोधिहाले।"?सरलाई थकाई लाग्यो कि??? ऊल्टो प्रश्न पो बज्रियो।
?होइन, यसो पानी प्यास लाग्यो" मैले नि कुरा मिलाईहाले।
हुन नि त्यत्रो बाटो हिड्नलाई एउटा टुम्लेट नि बोकिएनछ। प्यास नि लागेको थियो आफलाई धन्न दाईले पत्याईहालेछ मेरो कुरा।
"आयो सर, आबो त्यहिं हो" माथ्लो डाँडा देखाउँदै दाईले भन्नु भो।
आफ्नो खुट्टोले करामत देखाउने बेला भैसकेको थियो, झन त्यति माथीलाई त्यहिं भन्दा त सात्तो नै उडिहाल्यो।
"ऊसो भए यसो थकाई नै मारौं न।" मैले लाजै पचाएर भने लु जा त।
"लु बसम् न त सर त्यहि चौतारो मा।" अलि परको चौतारो देखाउँदै दाईले नि सहमति जनाउनुभो।
आफ्नो मनमा पनि यसो आराम भो दाईको शब्द सुनेर।

********************************************


 
Posted on 04-19-05 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

::अनि कहाँ पढ्यौ नि, बैनी।:: बैनी शब्द शायद डरले अलि बढी नै निस्किराखेको थ्यो मेरो मुखबाट।

ह्याँ नि केटाहरुले रुइनालाई बुइनीका बुइनी दिन्छन् नि।
हैन कुरो के हो? रुइना बुइनी पनि छापामर हुन् कि क्या हो, भन्या?

>अब आफ्नो भाग्य नै खोटो रैछ, अलि अगाडि भेटेको भए त के हो के हो, भेट्नु नि मिलिसिया भएछि त।
त्यस्तै हो कर्ममा नलेखेसी ढडियामा पर्या मछा नि फुत्किन्छ। हैन यो मलेसिया भन्या के हो?
 
Posted on 04-19-05 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलिसिया भनेको चहिन्जो छापामार भन्दा १ स्टेप कम रे....मैले नि सुनेको।
धन्यबाद दादा पढेर प्रतिकृया दिनुभएकोमा,
निर्माण
 
Posted on 04-19-05 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah Nirman. Gajab nai lagyo. Kala cha keto ma.

Malai asadyei ghat lageko pangti haru....
1)आफ्ना त आँखै लोभि, छापामारलाई नि छोडिएन हो।

2)तर बन्दुकले मलाइ मेरो मिठो सपनाबाट झक्झकाइहाल्यो, अर्को मनमा सार्है डर लाग्यो, बाटोमा सेना भेट्यो भने त हनिहरु त सखाप सखाप आफु नि दोहोरो भिडन्तमा परेर शहिद होला भन्ने डर।

3)बैनी शब्द शायद डरले अलि बढी नै निस्किराखेको थ्यो मेरो मुखबाट।

4)..........तर मेरो लोभि आँखा तिनै राम्री बैनीलाई पछ्याइरहेको थ्यो, टाढा पुगेर बिलिन नहुन्जेल सम्म।

Hahahaha... babaal loovi raicha ankha ta. Saarai nai ramro lagyo. Baki ni chado chado lekham Nirman.

And Sarubhakta said, "एकजना बैनी सँग ठोकिएपछि त कथा नै बन्द भो नि? होइन ओइ, के भो ? "
--> Aru kehi bhako bhaye ahile Nirman ko agadi "Swargiye" lagauna parthio ya मिलिसिया कमरेड निर्माण hunthio. Haha.

Aru bhaag ko pratikchya ma.

IndisGuise:)



 
Posted on 04-19-05 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>"तपाईहरु त्यहाँ तल कार्यक्रममा आइदिनुपर्यो है।" त्यो मान्छेले हुकुम गर्यो।
धनकुटामै यस्तो? भनेसी माथि त कस्तो होला।
अर्को भाग पाकेन? पस्किम न है।

 
Posted on 04-19-05 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा....धनकुटामा होइन भोजपुरमा नै हो त्यस्तो...अरु भाग चाँडै पोष्ट गर्नेछु। प्रतिकृयाको लागि जम्मैलाई धन्यबाद।
निर्माण
 
Posted on 04-19-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nirman>>
aja balla majja le basera timro story here..ramro lagyo..narration majja ko cha.
ali ali haso pani uthyo ... उनीहरु आफ्नो बाटो लागे, तर मेरो मुटुमा ढ्याङ्ग्रो बज्न छोडेन। खुट्टाहरु लिग-लिग कामिराखेका थिए। मलाई त आमा-बाऊ, बाजे-बराजु जम्मैको याद आउन थाल्यो। ...hehe
hmm timro ali ali huncha posting tyahi bhayera ekkai patak sabai story padhchu bhanera dhila padeko....ajhaa post garnu ani feri sabai padera reply dinchu ma.
ramailo cha.


dada>>>>
ह्याँ नि केटाहरुले रुइनालाई बुइनीका बुइनी दिन्छन् नि।
हैन कुरो के हो? रुइना बुइनी पनि छापामर हुन् कि क्या हो, भन्या?>>>>
hahahhaha good one:P
 
Posted on 04-20-05 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!!! रुइना नि आइपुगिछन् चकटी बोकेर, ;-P..कि इण्डिलाइ देखेर आएकि हुन्...कुरै बुझ्न गाह्रो...;O)....हाहाहाहाहा जिस्काएको नि है फेरि...हाहाहाहाहा
अनि के हो छापामार पर्यौ कि के हो तिमि नि.. ... :OS....

ल ल मेरो नयाँ भाग:

********************************************
एकछिन चिया खान बसेको त चिसो लागिहाल्यो हिले भन्जयाङ्गको, उचाइमा भएकोले होला, चिसो सिरेटो चलेको। जे भएनि एकछिन चिया खाएर हिँडियो फेरि उकालो। मनमा फेरि ति बैनी भेटेला कि भन्ने आश चाहि थ्यो त्यहि भएर अलि छिटो पाइला चाल्न थालें। बिचरा लोक दाइको भारी भएर होला, मलाई भेट्टाउन अलि हम्मे हम्मे नै पर्यो।
::सर, पुगिन्छ अब १ घण्टामा, हतार नगरे हुन्छ।:: मेरो मनको कुरा नबुझि बुढाले प्वाक्कै भनिहाल्यो।
::बाटा त हराइन्न नि होइन, दाई।:: मैले अर्कै योजना बनाएर दाइलाइ सोधें।
::सिधै छ सर बाटो त, हाम्रो साईट अफिस चाहि अलि भित्र छ।:: दाइले उत्तर दिनुभो।
::ए, थाहा पाइन्न, श्यामशिलामा गएर सोध्यो भने??पाइन्छ भने म गएर खाना भन्दै गर्छु नि।:: आफ्नो सानो योजना कार्यान्वयन गर्न बुढालाइ पटाउन खोजें।
::पाइन त पाइन्छ नि सर, तर संगै लाग्दा राम्रो होला, बाटामा उनीहरुको सेन्ट्रि बसेका हुन्छन्, फेरि अप्ठ्यारो पर्ला को भनेर सर।:: बुढाले थाहा पाइछ कि के हो मेरो योजना, सात्तो खाइहाल्यो मेरो, हिजोको सोधपुछको एक्सन रिप्ले पो हुन थाल्यो मेरो आँखा अगाडि।
अब ज्यान रहे फेरि भेट होला नि ती बैनी भनेर मनलाइ सम्झाएं अनि लोक दाइसंगै लाग्न थाले उकालो।
उकालो नि कत्ति हो, जति चढे नि सकिन्न। बुढालाइ सोधें फेरि,
::अझ कति छ दाई उकालो??::
::छैन सर, अब सक्यो, श्यामशिलाबाट झरेछि भोजपुर पुग्न चाहि अलि उकालो छ।::
लोक दाइको कुरा चाहि मलाइ अलि पट्याउन गार्हो नै परिराखेको थ्यो। यसो उकालो कति बाँकि छ भनेर मास्तिर हेरे। यसो हेरेको त माथि डाँडामा एकजना भाइलाइ देखे। म भन्दा ४ ५ वर्ष कान्छो होला शायद, बन्दुक लिएर तम्तयार पोजिसनमा, अलि डर लाग्यो अनि दाईलाई बिस्तारै सोधें,
::माथि त छ नि दाई::
::अँ सेन्ट्रि होला सर, यस्तै हो, अलि चनाखो भएर हिड्नु है सर।::
अब चाहि फेरि मनमा ध्याङ्ग्रो ठोक्यो। जे भएनि भइन्छ भनेर मनलाइ सम्झाउन खोजे अनि हिड्न थालें। यस्पाली चाहि भाग्य रैछ भन्नु पर्ला, रोकेन कसैले नि।
श्यामशिला नि आइपुगेछ, अब यहाँ नि आफ्नै ब्याचका मित्रहरु रैछन् । हाइ हेल्लो गरेर साइट अफिस भित्र छिरेर कुरा गर्न थालियो।

 
Posted on 04-20-05 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

::यतातिर उतिसाह्रो छैन कि के हो उनीहरु??:: मैले यसो कुरा निकाले।
::अँ, त्यत्ती छैनन् तर आउँछन् बेला बेलामा, अगि नि २ ४ जना देखिएका थिए, यतै कतै होलान् अहिले, उ त्यहि पर जुके खोलासम्म हो नयाँ सत्ताको सिमाना।:: मित्रले कुरा स्पष्ट पारिदिनुभो।
मेरो मनमा चाहि नयाँ आशा पलाइहाल्यो, फेरि ती बैनी भेटिएला कि भनेर। अब भन्न त भएन नि, मोराहरुको नि के भर फेरि उनीहरुले ने आँखा लायो भने।
::अब २ घण्टा हो भोजपुर, कि आज यतै बस्ने हो कि। यसो आर ई सरलाइ भेटेर जाने कि यार।::
अब आफुलाई के निहु पाउँ कनिका केलाउँ भएको बेलामा मित्रले नि प्रस्ताव राखेको त नाई किन भन्नु नि। बसियो श्यामशिला मै , फेरि भेट होला कि भन्ने आशमा।
********************************************

 
Posted on 04-20-05 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफुलाई के निहु पाउँ कनिका केलाउँ भएको बेलामा मित्रले नि प्रस्ताव राखेको त नाई किन भन्नु नि। बसियो श्यामशिला मै , फेरि भेट होला कि भन्ने आशमा। >>>>>>>>>acchaa batho raicha u taa hehe

chakati sakatee maile dada ko mai chodera ayeko ubhi ubhi padeko timro story..:P
indi lai dekhrea ayeko hoina ni timro ukalo dekhera tarsera dhila bhayeko. ukalo chadda chaddai thakera ani indi lai samatdai ayeko.;)
k garnu taa katti ukalo raicha teknu lai latti khojeko bhetekai hoina ;)


thakai marera....hmm sundai chu ani k bhayo reh!
 
Posted on 04-20-05 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेन्ट्रि चैँ मिलिसिया भन्दा जुनियर पर्यो क्यार है?
>आच्छा! बाठो रैछ ऊ ता,
है रुइना।

एकदम राम्रो छ। ल अरु पनि जाओस्।
 
Posted on 04-20-05 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>सेन्ट्रि चैँ मिलिसिया भन्दा जुनियर पर्यो क्यार है?
होइन रे, सेन्ट्रि भनेका छापामार नै हुन् रे, पुराना सत्ता आयो भने तप्काउन बसेका रे।

>>chakati sakatee maile dada ko mai chodera ayeko ubhi ubhi padeko timro story..:P
thakai marera....hmm sundai chu ani k bhayo reh!
ल ल त्यो इण्डि बसेको मुढा तानेर बस है, मोरा इण्डिको सोमत हेर न केटि मान्छेलाइ उठाएर आफु बसि बसि सुन्ने।

बाँकि नि आउदैछ अलि प्रतिक्षा गरम् है।
निर्माण
 
Posted on 04-20-05 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Class ma bhusukkai nidayechu ho ma ta..... Hassyang fasyang, gardai aako. Phewwwwwwwwwwwww.......................
Nirman ko naya katha suru bhai sakeko racha. Aafu lai atto patto naaai, kosaile pani bhanena. Lau j bhaye pani, "der aaye, durust aaye"

Nirman bro, testo ramri ramri nai bhetincha bhane ta jaam ki kya ho ma pani milisiya tira, tyo k bhancha re, centri banna. Dubai haat ma laddu po hola jasto cha ni.

Ruina lai maile uuuuuuuuuuuuuuuuuuuuu mathi tira jaadai garya dekhya ta thiye, bolako pani ho, khai hamile bolako k sunthyo???????? grrrrrrrrrrrrrrrrrrrrr.
Hami pani chiya siya khaadai ukalo chadna hunthyo ni. Aba jaane bela ma sangai jaanu parla ni hunna ???????????????????

Dada sanga samparka garna khojeko, thyammai bhayena ta hau, kina ho testo ? Dada bro, k ho timro email ta female jasto cha ni, bela bela ma niu khoji rahane. La la thikai cha, pheri garna khojamla ni, hai ta. Khaaas kura k bhane ni teta tira yeso hami le chineka maanche pani chan ki bhanera bujna khojya ho aru ta k huntyho ni.

Nirmaan ramro cha ho katha. Baru ali tato nai bhaye pani huncha kya katha, kanglyang kunglung garera khaamla, selaunu pardaina, paskina chai chito paskim hai.

 
Posted on 04-20-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

harkey daiiiiiiiii hehe
kasto sano sor le bolaunu bhayeko taa.kasam maile sunena.
chiya ta ma khanna man pardeena baru cold drinks khanu man cha...pyas lagyo ukalo le.

dada ;
hoo :)

aja football match cha nii nirman ta football hernu thalyo hola nii so aja bhokkai basne
no khana:Paba tato pani chiana chiso pani chiana harkeydai.khuching paryo hehe kaslee class ma sutnu bhaneko thiyo..dhila bhayo
 
Posted on 04-20-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kosko football. Tyo football ho ra tyo ta bullfighting ho ni. hau.

Hoina maile bolauna ta timi lai thulai soor le bolako ho ni. Karauda karauda ghaat nai sukyo ni hau. K garne aba, timi nai bhana na ta, kati chichyako maile, bhayena. La la j hoooos, thikai cha.
Chiya nakhaane rechau, tyo mero cooler ma hera ta cold drinks hola. hunu parne ho, maile rakheko thiye, tehi nikalera khaau na ta. Maile ta chiya khaaiwari aaye, tyo cold drink chai timro laagi, juice pani cha, soda pani cha, paani pani hola jasto laagcha malai.

Nirmaan na aaune bhai haalyo ekchin, timi tyo khaau ani ekchin timi ma ghumera aaula ni ta. Wari pari, baru camera chai cha ki chaina ni, timi le lyako ??????????? Ramailo cha ni yo dada tira ta, kasto ramro photo aaucha, ani tyo lyaaera arko thread ma haalnu parcha.


 
Posted on 04-20-05 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bababa hoo katha sunna ako ki k garnu ayeko?
cooler bokera ....!!
aja ghumnu jandinaa laa ukalo chadera thakeesake
usle kureerakheko hola.


football herrera sabai jana halla garera sutnu nai payeena:(
ma pani baseko ani sajha ma halla garnu:)

 
Posted on 04-20-05 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba nirman ko katha sunna aauda pani cooler lyaunu parena ta. Kati lambine ho thah nai chaina. Timi najaane bhaye ma eklai ta k garna jaanu ni ho ? Eklai ta ramailo hunna. Aba usle timi lai kuri rakheko hola ki malai kuri rakheko hola ? Maile ta kurai bujhina. Malai ho bhane ta malai kurne koi nai chaina ni, bhako bhaye eklai ukalo chadnu parthyo ra ? Khoi kuro bujhya.

K ko footbaal ni aafai football hunu laisake ho ma ta. Jaatra cha ni, adha ghanta ma paper due cha. bharkhar suru gare ho. Toooooooooooo much bhayo ni, aba aafu ta sutnu pani aaudina, babbal bhai sakyo ni hya.

Timi mero ipod liiyera jaau na ta sunera sutna lai, ramro ramro geet cha, timi lai maan parne khaalko. Ma chai class tira laagnu parla aba. Paper pani lekhnu cha. Dhyeeet
babbal nai bhai sakyo ni.

c ya around ruIna
 
Posted on 04-21-05 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लम्बिदैन सकिनै लाग्यो है....ल ल नयाँ भाग पस्के, जस्तो भएनि स्वाद मानेर चाखम् है:
********************************************

बस्न त बसियो तर खोइ ती बहिनीहरु भने देखिएनन्। अब घुम्न जाम भने घुम्ने ठाम देखेको छैन। पर्नु आपत परिराखेको थ्यो आफुलाई।
::आज तल स्कुल अगाडि हटिया लाग्छ, हेर्न जाने कि निर्माणजी??:: मेरा मित्रले प्रस्ताव राखे।
आज त भाग्य बलियो नै रैछ भन्ने ठानियो, कसैले व्याकग्राउन्डमा ::तँ चिता म पुर्याउछु:: भनेको जस्तो, च्याट्ट परेर शुक्रबारे हटिया घुम्न गइयो।
तल हटियामा गएर बजार घुमियो। बजार त के भन्ने दुई पाइलामा सक्ने बजार नि, तर आफ्नो मनसाय अर्कै थ्यो हटियाको के मतलब भो र। यसो मेरा लोभि नजर घुमाउन थालियो। भाग्य बलियो नै रैछ त्यो दिन त। अलि पर डिल माथि रैछन् बैनीहरु। तर संगै अरुहरु नि रैछन्, छापामार भनाउँदाहरु। जो भएनी मतलब नराखिकन नजर चोरी चोरी हेर्न थाले। २ ४ पटक पछि पो याद भो, ती बैनी नि यसो हेर्दा रैछन् मतिर, मेरी बास्सै, सातौ आकाशमा पुगेको जस्तो भैहाल्यो नि आफुलाइ त। जे भएनि, नजरको टक्कर जस्तै चल्यो भनौ न, अब ती बैनीले के थानेर हेरे त्यो त उनै जानुन्, तर आफ्ना मनमा भने लड्डुहरु फुरिराखेका थे। अब के लड्डु भनेर बिस्तृत भन्न त ५ १० पान्ना नै लाग्ला।
एकछिन के नजर मिलेको भिलेनहरु नि आइहाले, खोइ तिनीहरुको नेता सेता को होला, बोलाएर लगिगो, आफ्ना मनका लड्डु घिउसंग क्वाप हुनेगरि। जानेबेलामा ती बैनीले २ ४ पटक फर्केर हेरि, मेरा मनमा किन्चित आशा जाग्ने गरि।
अब त्यो हटियामा नि के मन लाग्नु नि आफ्नो, इच्छा लागेको मान्छे नै नभए छि।
::जाम् यार अफिसतिर।:: मित्रलाइ भनें।
::एकछिन यसो किनमेल गरम् न।:: मित्रको मेशको लागि केहि किन्नुपर्ने रैछ, आफ्ना भने मन नै अर्को ठाममा मित्रले कुरा बिझे त मरिजाम्।
केहि किनमेल गरियो अनि फर्कियो अफिसतिर, तर ती बैनीहरु कतै बिलिन भेसकेका रहेछन।
बेलिकी हामी यता उताका गफ गर्दै थिएम्, बाहिर लोक दाइ अत्तालिंदै आउनु भो। लोक दाइ त्यहि श्यामशिलामा मेशको काम गर्नुहुन्थयो, मेसेन्जर पोष्ट भएनि मेश नि म्यानेज गर्नुपर्ने।
::सर, उनीहरु आएका छन्।::

 
Posted on 04-21-05 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा मित्र चाडो चाडो बाहिर निस्कनु भो, म नि अलि उत्सुकता जागेर, अनि अलि तीनै बैनि पो हुन् कि भन्ने आशमा बार्दलीसम्म निस्के।
::ल कमरेड, आज हामीलाई यहाँ खाने-बस्ने व्यवस्था मिलाउनु पर्यो।:: अगि नै हटियामा देखिइका भिलेन रैछन् यसो बैनीहरु नि होलान् कि भनेर हेरेको, खोइ देखिदै देखिइनन्।
::खोइ, हाम्रा नि पाहुना आएका छन्, बस्ने ठाम त पुग्दैन कि??:: मित्रले सकेसम्म ताल्नुभो।
::अरुहरुको व्यवस्था भैसके, हामी ३ ४ जना हौ, यसो मिलाउनुपर्यो नि जसरि भएनि।:: अलि खरो स्वरमा उस्ले भन्यो। अब बन्दुकको अगाडि हाम्रो के लाग्नु, मित्रले केहि बोल्न सक्नु भएन।
राति खान पिन गरेर, सुत्न कोटातिर लागियो, यसो कोठा गएर हेरेको त २ वटा खाट त कब्जा भेसकेका रहेछन। बाँकि खाट १ वटा, त्यो पनि कोठामा उनीहरुका सकेट बम र बन्दुकहरु छेउछाउमै, के हिम्मत जाग्नु नि त्यहा सुत्न।
मित्र, म र लोक दाइ लागेम् बारीतिर, अब १९०० मि. को उचाइमा त्यो नि राति चिसोले छोइनसक्नु, बल्ल लोक दाइले जुक्ति निकाल्नुभो र आगो बाल्नु भो अगेनामा, त्यहि आगो तापेर थुर थुर काम्दै रात बिताउन थालियो। भाग्यले त बल्ल पो चमत्कार देखायो, खुब भाग्य बलियो भनेर चम्किएको, घरबाट निस्कदा घर परिवारले ?एक्लो छस्, केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास्।:: भनेको झल्झली याद पो आउन थाल्यो।
********************************************

 
Posted on 04-21-05 1:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>२ ४ पटक पछि पो याद भो, ती बैनी नि यसो हेर्दा रैछन् मतिर, मेरी बास्सै, सातौ आकाशमा पुगेको जस्तो भैहाल्यो नि आफुलाइ त।
>घरबाट निस्कदा घर परिवारले ?एक्लो छस्, केटिहरुको पछि लाग्ने होइन नि, फेरि फस्लास्।:: भनेको झल्झली याद पो आउन थाल्यो।

हँसाउछन् बा केटाहरु, नाइटो झर्या भे मरिजाम् यी फुच्चेहरुको! रे क्या!
 
Posted on 04-21-05 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manabislesanatmak story :)hmmmm
nice !ramro lagyo.
sakiyo ki ajhai cha??cha bhanee sunaunu laa
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters