[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गोरखपुर ग्राण्डडिजाइनको परिणामः लहान घटनामि
[VIEWED 4758 TIMES]
SAVE! for ease of future access.
Posted on 01-22-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

January 23, 2007

गोरखपुर ग्राण्डडिजाइनको परिणामः लहान घटना

Filed under: समाचार र विचार — Administrator @ 12:32 am

गोरखपुरमा भएको भेलाको फोटो। यसमा उपेन्द्र यादव पनि देखिन्छन् (बायाँबाट चौथो)। यादव हाल लहानमा संघर्ष चर्काइरहेको मधेशी जनअधिकार फोरमका अध्यक्ष हुन्। फोटो साभारः दैनिक जागरण

तराईमा भइरहेको हिंसात्मक घटनामा दरबारिया शक्ति र हिन्दू अतिवादीहरु जिम्मेवार रहेको प्रमाणहरु फेला परेका छन्। आठ दलको सत्तालाई असफल पार्ने योजनाको तानाबुना बुन्न दरबारिया र हिन्दू अतिवादीहरुको केही अघि भारतको गोरखपुरमा विशेष भेला बसेको थियो। त्यही भेलामा गरिएको ग्राण्डडिजाइनलाई कार्यान्वयन गर्दै लहान घटनालाई चर्काइएको दावी स्रोतले गरेको छ।

नाम उल्लेख गर्न नचाहने स्रोतले दिएका जानकारीहरु यस्तो रहेको छ-

भारतको गोरखपुरस्थित सरस्वति शिशु विद्या मन्दिरमा डिसेम्बर १९ तारिखमा हिन्दू संस्कृति संगम नामबाट त्यो भेला भएको थियो। भेलामा केही भारतीय नेताहरुका साथसाथै दरबारबाट परिचालित मधेशी तथा हिन्दू अतिवादी नेताहरुको सहभागिता थियो।

भेलामा हिन्दू अतिवादी नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउन सीमा क्षेत्रमा विद्यमान समस्यालाई निहुँ बनाई जान सकिने निश्कर्ष निकालिएको थियो। यसका लागि नेपाल र भारतको सीमा क्षेत्रमा बस्ने बासिन्दाहरुलाई प्रयोग गर्न सबै किसिमको शक्ति प्रयोग गर्ने निर्णय भएको थियो। त्यही भेलाको निर्देशन अनुसार नै लहानमा व्यापक रुपमा सवारी साधन, सरकारी कार्यालय तोडफोड भएको थियो।

त्यति मात्र हैन, आज बिहान स्थिति बिस्तारै सामान्य भइसकेको अवस्थामा पनि त्यही निर्देशन अनुसार जुलुस निकालेर स्थितिलाई उत्तेजित बनाउने कार्य भएको थियो। उत्तेजित भीडले प्रहरी कार्यालयमा आक्रमण गरेको थियो। त्यसपछि चलेको गोलीले २ जनाको ज्यान जानुका साथै दर्जनौँलाई घाइते बनायो। स्थिति झन् तनावग्रस्त बनेको छ। यसले आगोमा घ्यु थप्ने काम गरेको छ र यतिखेर लहानमा कर्फ्यु लगाइएको छ।

लहानमा प्रदर्शन गर्ने काम मधेशी जनअधिकार फोरमले गरिरहेको छ। झट्ट नाम सुन्दा एनजीअ‍ो जस्तो लाग्ने यो संस्थाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव हुन्। यिनी माअ‍ोवादीका भगौडा कार्यकर्ता पनि हुन्। गोरखपुरमा भएको त्यो भेलामा यादवले पनि भाग लिएका थिए। भेलामा यादवले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि संकल्प गरी आवश्यक संघर्ष गर्ने घोषणा गरेका थिए।

यससम्बन्धी समाचार लखनउबाट प्रकाशित हिन्दूस्तान, गोरखपुरबाट प्रकाशित दैनिक जागरण र राष्ट्रिय सहारा दैनिकमा विशेष प्राथमिकताका साथ फोटो सहित डिसेम्बर २० तारिखमा प्रकाशित भएको छ।

यहाँ मैले दैनिक जागरणको त्यो दिनको मुखपृष्ठको स्क्यान प्रतिको अंश राखेको छु।

त्यो भेलामा हिमालय परिवार, सीमा जागरण मञ्च, वृहत् लोकतान्त्रिक मोर्चा नेपाल, मधेशी राष्ट्रिय मञ्च नेपाल, लोकतान्त्रिक मधेशी मोर्चा नेपाल, मधेशी जनअधिकार फोरम, थारु जनजाति कल्याण परिषद नेपाल, मधेशी युवा मञ्च नेपाल लगायत दर्जनभन्दा बढी संस्थाका प्रतिनिधि सहभागी थिए।
******************
लहान र यसअघि नेपालगञ्जमा भएको घटनाले देशमा जातीय द्वन्द्व बढाउन शक्तिहरु लागिपरेको स्पष्ट भएको छ। तर सत्तारुढ आठ दल भने यसमा पटक्कै गम्भीर हुनसकेको देखिएन।

लहान घटनामा सरकारको शैलि पनि उत्तिकै दोषी छ। काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका फोरम अध्यक्ष उपेन्द्र यादव लगायतलाई पक्राउ गरी थुनामा राखिराख्नु पर्ने थिएन। निषेधित क्षेत्रको उल्लंघन गरेको भए अरु बेला जस्तै केही घण्टा थुनेर छाडिदिए हुनेथियो। तर तराईको संवेदनशीलतालाई नबुझेको वा बुझ पचाएको हो, त्यो गरिएन। र, त्यही निहुँमा फोरमका कार्यकर्ताहरुले सिंगो तराईलाई अस्तव्यस्त पार्‍यो।

फोरम जनतान्त्रिक तराई मुक्ति मोर्चाको दुई वटा समूह जस्तो सशस्त्र समूह थिएन। न यसअघि त्यति नाम सुनिएको नै संस्था हो। एकाएक यसले कसरी त्यस्तो शक्ति हासिल गर्‍यो र पर्दा पछाडि कसले उसलाई सघाएको थियो, त्यो सोचनीय विषय बनेको छ।

फोरमले तराईमा बन्दको आह्वान गरेका बेला आगोमा घ्यु थप्न आइपुगे माअ‍ोवादीहरु। लहानमा बन्दको अवज्ञा गर्दै जान खोजेका माअ‍ोवादी नेता र उनीहरुलाई एस्कोर्ट गर्ने हतियारधारी समूह र बन्दको आह्वानकर्ताहरुबीच झडप भयो। माअ‍ोवादीको गोलीबाट रमेश महतोको मृत्यु समेत भयो।

तर पनि सरकार र माअ‍ोवादी संवेदनशील देखिएन। आठ दलको बैठकले अ‍ौपचारिकताका लागि वक्तव्य जारी गर्ने काम त आज मात्रै गरेको हो। पीडितको परिवारलाई १० लाख क्षतिपूर्ति र घटनाको जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय पनि आज मात्रै भएको हो। तर आजै थप दुई जनाको मृत्यु भएपछि स्थिति झन् बिग्रिएको छ।

कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी वहन गरिराख्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटनालाई लिएर देशवासीका नाममा सन्देश दिएर शान्त रहन आग्रह गरेको भए के हुन्थ्यो ? केही बिग्रन्थ्यो ? बरु यसले अराजकता र द्वन्द्व फैलाउन चाहनेहरुलाई एक्ल्याउन मद्धत गर्थ्यो, हैन र ? तर हामी कहाँ त्यस्तो चलन नै छैन।


लहान अपडेट
-सोमबार गोली लागी मर्ने प्रदर्शनकारीहरुमा विजयकुमार सहनी र प्रमोद सदाय रहेका छन्। घटनामा घाइते भएका दश प्रहरी र चारजना प्रदर्शनकारीलाई उपचार गराउन काठमाडौँ ल्याइएको छ।

- सिरहा जिल्लाको नगरपालिका क्षेत्रमा आज (मंगलबार) बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

- सरकारले अस्ति गोली लागी निधन भएका रमेशकुमार महतोको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ।

-लहानमा भएको घटनाको छानबिन गर्न पुनरावेदन अदालत पाटनका न्यायाधीश जनार्दनबहादुर खड्काको संयोजकत्वमा सहन्यायाधिवक्ता राजनारायण पाठक र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रवीन्द्रप्रताप शाह रहेको तीन सदस्यीय आयोग सरकारले गठन गरेको छ।

-लहान घटनामा गाडी तोडफोड गरिएको विरोधमा यातायात व्यवसायीहरुले गरेको दुई दिनदेखि गरिरहेको देशव्यापी यातायात बन्द १२ घण्टाभन्दा लामो म्याराथुन वार्तापछि राति अबेर सहमतिमा टुं‍गिएपछि मंगलबारदेखि चक्काजाम खुल्ने भएको छ।

7 प्रतिक्रियाहरु »

मलाई पनि यो ग्राण्ड डिजाईन नै जस्तो लाग्यो। यसमा बाहिरी शक्तीको हात पक्कै छ। धमिलो पानीमा माछा मार्नेहरु पक्कै छन। भ्रष्ट्राचार को आरोपमा मुछिएको जयप्रकाश त महासचिब रे। लौ, भष्माशुरहरुले के के गर्ने हुन। महात्मा गान्धीले भनेका थिए ” हिन्साबाट आउने परिबर्तन छिटो त हुन्छ तर यस्का असरहरु दुरगामी हुन्छन”। नेपालको अहिलेको स्थिती यही हो। को भन्दाको बढि तराईमा पकड बलियो बनाउने भन्ने राजनितिमा लाग्याछन। सबै मिलेर एउटा संबृद्द नेपाल बनाउन लागे कति सुन्दर हुने थियो। अनाहकमा ति स्कुले बिद्यार्थीहरु मारिए, बिचराहरु।
ठुलो परिबारमा बसेको एक भाईलाई भिन्दो भएपछि बाक्लो दाल खान पाईन्छ भन्ने लागेछ। सगोलबाट भिन्दो भएछ। एक दुई महिना त खाएछ बाक्लो दाल, पछि त सगोलको भन्दा पनि पातलो खानु परेपछि , बेकारमा भिन्दो भएछु जस्तो भएछ।

Comment by श्रीकमल , ITC, The Netherlands — January 23, 2007 @ 1:26 am

यस्ता कृयाकलाप लाइ राम्रो त भन्न हुन्न तर नराम्रो भन्ने ठाउँ पनि छैन, तराईबासी पनि मान्छे नै हुन भन्ने सोचाई कहिले आउने हामी नेपाली मा ? किन भिन्नता छ हामी एक नेपाली मा ? सबै कुरा सहमती द्बारा मिलाए हुने हो, तर त्यता तिर सरकार को ध्यान नै छैन, जनता को बुद्धी पनि कहिले आउने हो ? धन्या छ नेपाल माता । । ।

Comment by BiNaY DaHaL — January 23, 2007 @ 1:39 am

गिरिजा कोइराला देश को राष्ट्र प्रमुख्, कताइ उन् को पनि गोप्य समर्थन त छैन । आखिर राजा बाचाउन केही उठुल पुठुल त गर्नै पर्‍योनी सोझै हाक्का हाक्की भनेजस्तो नहुने भो क्यारे अनि त अलिक घुमैरो सम्झौत त छैन भित्र भित्रै, सोचनिय छ है । यो सब राजाबदी को खेल हो दोश् चाँही माओवादी र हिन्दू धर्म्, अनि गणतन्त्र को चाहना गर्ने लाई थोपर्ने चालखेल हुँदैछ । कताइ यो ग्रान्ड डिजाइन म गिरिजा डिजाइन को पनि मिलोमतो त छैन । तेसै पनि नेपाल म! पारदर्शी भन्ने कुरा शिशा मा पनि पाउन गहरो छ झन राजनीति मा त कुरै नगरौ । तराई को मान्छे, जनता बिचरा लाटा शुधा, अन्पड्, गरीब्, लाचार, दुखी अनि कम्जोर छन धेरैकुरा बुझ्न सक्दैनन् तसैले तीन हरु को कम्जोरी को फाईदा उठायर देश मा अस्थिरता ल्याउने बिखान्डन बादी हरु यतिबेला खुबै सक्रिय हुँदैछन तेसैले सक्षम् नेपाली र नेतृतो बर्ग हरु सबधनी सँग यि कुरा हरुलाई बुजेर उपचार गर्नु पर्छ । जनतालाई सत्यतथ्य बुझायर,देखायर ति कौरब र पखान्डी हरुको षड्यन्त्र हरुको पर्दाफाश गरी तीनइहरुलाई गहन् कारबाही गर्नुपर्छ ताकी फेरी कसैले त्यस्तो गर्ने जमर्को नगरोस् । तीनइहरुलाई जनताको माझमा नङ्याउनु पर्छ । होसियार र साबधान नेपालीहरु देश मा षड्यन्त्र हुँदैछ । हामी चनाखो हुनुबेश् । ask2neerose@hotmail.com

Comment by neerose — January 23, 2007 @ 1:52 am

Tyo Upendra yadav lai Arrest garera ker kar garnu paryo, edi teso ho vane kalo moso dalera kathmandu Ghumaunu paryo. ********

Comment by surendra. — January 23, 2007 @ 2:02 am

Oh my god, like such criminal name is upndra yadab. and he is killer of three people in lahan. all three were young school kids.

what will be the punishment for such provokative criminal? really bad , they want to nepal seperate.
Actually maoist, also guilty is this case. and that so called forum specially.
sathi

Comment by sathi — January 23, 2007 @ 2:19 am

Leaders like Girija are not serious about the loss of life and property. Not only that, the danger is that communal riot may engulf the country making the gap wide between pahades and madhesi. GPK is never a good leader. We are deceived by him many times. Because, he does not have any vision for the country. He is not an educated man.To be a leader, one must have an idea.four times he betrayed us, now can we trust him. it is like ‘Bagh Ayo, bagh ayo’ story.We are still hopeful of peace from a ‘nakkali Mandela’ for whom NC cadres are claiming a Nobel prize. Ha ha ha ha .

Comment by LIMBU — January 23, 2007 @ 2:26 am

This is absurd…we are repeating the same things..Initially, all the mainstream parties blamed that Maoists are encouraged by palace and India….The result is before you. I will ask Umeshjee to do some more research about Upendra yadav…I am not his follower but I know him as a person and there is nothing true about what Umeshjee is saying.Whe nall the pahare leaders and others go and participate in any meeting in India ,,,,no question is raised about them,,,but when anybody from madhesi community attends a meeting….whole nepali Media and intellectuals label the mas anti national…..How dishonest we are to say that Lahan Ghatana and nepalganj ghatana happened only due to sadhbhawana and Madhesi Jan Adhikar forum……Why don’t you people see that how madhesi people have been betrayed and abused by state and so called Pahare society foe centuries.
I urge all the Madhesi to denounce violance but keep their fight for justice….and never get influenced by rajawadi. The type of abuse I see in media including this blog is simply intolerable racial abuse…and I, as a madhesi will oppose me with all my strength….and I don’t need anybody’s certification that I am a democrate. Jay madhesh, Jay nepal

Comment by Rakesh Mishra, State Cllege — January 23, 2007 @ 2:52 am

http://www.mysansar.com/?p=1238#
 
Posted on 01-22-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NA sets up a separate battalion for Madhesis

As per the decision of the government made in July last year, the Nepali Army (NA) has set up two separate battalions with the objective of including Madhesi and Kirat community.

According to NA spokesperson Brigadier General Ananta Thebe, the Naya Sabuj battalion has been set up at Jaleshwore of Dhanusha to include Madhesi community whereas Ripumardini battalion has been set up at Hile of Dhankuta to include Kirat community, reports Nepal Samacharpatra daily.

Thebe informed that both battalions were already in operation. In the Naya Sabuj battalion, people from only Madhesi community will be recruited whereas in Ripumardini battalion, people from only Kirat community will be recruited.

NA spokesperson Thebe added that there are over 50 indigenous communities working within the organisation of the NA. He said there are over 7000 army personnel from Madhesi community currently working in the NA. Likewise, there are over 6000 army personnel from Dalit community within it.

The news report about the formation of a separate battalion for Madhesi community has come at a time when groups like Janatantrik Terai Mukti Morcha (JTMM) have accused that Madhesi community were not included in administration, police and army organisation. nepalnews.com sd Jan 23 07
 
Posted on 01-22-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

B.S
THIS IS THE RESULT OF INCOMPETENT SPAM GOVT. AND THE BLOODY MAOIST NOT FOLLOWING PEACE ACCORD .
BLAME GAME ..AGAIN...PEOPLE NEVER LEARN..MYSANSAR IS AGAINST KING WE ALL KNOW THAT BUT HOW MAKING OTHER LOOK BAD MAKES US LOOK GOOD?
THIS GUY WAS GOOD TILL HE SUPPORTED DEMOCRATIC MOVEMENT BUT NOW SHOWING CHEAP NEPALI LEGPULLING SKILLS IS NOT APPAUDABLE!!

WILL SPAM GOVT. BE ABLE TO PUNISH THE MAOIST CADRE??IF NOT THEN LOOSERS MAKING UP STORIES NEED TO SHUT THE FK UP!
 
Posted on 01-22-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WHEN THE WHOLE WORLD KNOWS THAT MAOIST CADRE OPEN FIRED THESE HONEST POLITICIAN IS DENYING..HAHAHA..NEW NEPAL WHERE LAW IS ABOVE EVERYTHING!!!!

Royalists behind Lahan incident: Mahara

BY BINOD TRIPATHI

CHAINPUR, CHITWAN, Jan 23 - Stating that royalists had instigated the Lahan unrest, CPN (Maoist) spokesperson Krishna Bahadur Mahara has urged the government and seven parties to observe restraint.

Talking to journalists at Chainpur Monday, Mahara alleged that status-quoists who want to save monarchy have formed small groups and caused unrest in Lahan immediately after orchestrating unrest in Nepalgunj. "The allegation that our cadre shot dead a man in Lahan on Friday is totally false," Mahara claimed.

"Those who are against constituent assembly elections have initiated efforts to disintegrate the state by instigating Madhesi people," he said. "Capitalizing on the indecisiveness of the seven-party government, the Lahan incident was orchestrated to prevent constituent assembly elections from taking place," he added.

Mahara further said that if royalists continue these kinds of activities, the eight-party interim government will directly declare Nepal a democratic republic. "If people are denied their right to cast their votes freely, the interim government will be prepared to declare the nation a democratic republic," he said.

Reacting to a recent statement by the US envoy that Maoists were trying to deposit crummy weapons brought from Bihar in the cantonments, Mahara said this is a part of American ploy to prevent constituent assembly elections from taking place. Mahara also informed that for the past three days, Maoist chairman Prachanda has been busy discussing constituent assembly elections with party workers.

Posted on: 2007-01-22 21:13:00 (Server Time)
 
Posted on 01-23-07 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

THis Mofo Umesh Shrestha and his mofoking Blog is just a big bullshit. But gotta give it to the man that he is completely devoted in what he believes and what he does but except. I give my a big clap to the man but his freking blog is such a big nonsense biased piece of s@#t
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters