[Show all top banners]

bhusan
Replies to this thread:

More by bhusan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आमाछोरीको एउटै पति
[VIEWED 5750 TIMES]
SAVE! for ease of future access.
Posted on 10-11-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाछोरीको एउटै पति !
पतिनै नभएका एक आमाछोरीले एउटै कोठामा आलो सुत्केरी बनेर बसेको सुन्दा कसलाई अचम्म नलाग्ला र ! तर लमजुङमा यस्तै भएको छ । सदरमुकाम बेँसीशहर- ९ शेरबजारकी फुलमाया बस्याल -नेपाली) र उनकी छोरी जमुनाले एउटै युवकको बच्चा जन्माएका छन्, त्यो पनि ९ दिनको फरकमा ।

बेँसीशहरमा ज्यामी काम गरी दैनिक गुजारा चलाउँदै आएका यी आमाछोरीले लमजुङको कुन्छा गाविसका अनिल गुरुङको गर्भलाई जन्म दिएका हुन् । एक वर्षघिदेखि उनीहरू सँगै एउटै कोठामा बस्दै आएका तर गर्भवती भएको थाहा पाएपछि अनिल भने साउनबाटै भागेका थिए । उनी कहाँ छन् आमाछोरीलाई अत्तोपत्तो छैन ।

फुलमायाले बिहीबार लमजुङ सामुदायिक अस्पतालमा छोरा जन्माएकी हुन् । छोरी जमुनाले भने त्यसको ९ दिनअघि असोज १० गते छोरी जन्माएकी थिइन् । ३५ वषर्ीय फुलमाया विधवा हुन् । जमुना फुलमायाकी जेठी छोरी हुन् । १७ वषर्ीय जमुनाको बिहे भएको छैन । फुलमायाको पति गोविन्दको ४ वर्षघि कालगतिले मृत्यू भएको थियो ।

चरम गरिबीको मारमा रहेको फुलमायाको परिवार यति ठूलो पीडा एकैचोटी थपिएपछि बिचल्लीमा परेको छ । फुलमायाका एक छोरा र एक छोरीले जेनतेन दुवै जनालाई खाना पकाएर खाना दिने र स्याहारसुसार गरिरहेका छन् । दशैँको मुखमा सुत्केरी पर्दा खानासमेत राम्ररी खान पाएका छैनन् । "घरमा चामलको एउटा गेडो छैन, आमा र दिदी दुवै बच्चा च्यापेर बसिरहेका छन् । मैले कहाँबाट के खोजेर ल्याएर दिने ?"- फुलमायाकी ११ वषर्ीय कान्छी छोरी अनिताले भनिन् ।

२७ वषर्ीय अनिलले ज्यामी काम गर्ने सिलसिलामा फुलमायासँग मायापिरतीको नाटक रचेका थिए । उनको पनि बिहे भइसकेको रहेछ, घरमा श्रीमती र एउटा छोरा रहेछन् । तर मायाको नाटक रचेर मलाई श्रमतीको रूपमा स्वीकारेपछि ज्यामी काम गर्दै ऊ मेरा २ छोरी र एक छोराका साथमा एउटै कोठामा बस्दै आएको थियो । म गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्न लमजुङ सामुदायिक अस्पतालमा पुगेँ, तर अस्पतालले मानेन । त्यसपछि तनहुँको डुम्रेस्थित मेरीस्टोप अस्पतालमा पुगँे । त्यहाँ १० हजार रुपैयाँ मागेपछि गर्भपतन गर्न सकिनँ" -फुलमायाले भनिन्- "छोरीको पनि महिनामारी रोकिएको ५ महिनापछि थाहा भयो, तर गर्भ रहेको थाहा पाएपछि साउने सक्रान्तिको दिनमै ऊ भाग्यो । अहिले कहाँ छ अत्तोपत्तो छैन ।"

गरिव भएकै कारण यो परिवारले यस्तो दर्ुदशा भोग्नुपरेको हो- स्थानीय चन्द्रकान्त पौडेलले भने - "अहिले आमा छोरीको जीवन बर्वाद भयो, उसले स्वीकारेपछि आमाछोरी नै एउटै लोग्नेसँग सौता भएर कसरी बस्ने ?"
साभार : स्वतन्त्र समाचार सेवा
 
Posted on 10-11-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This guy, Anil Gurung is a criminal.
 
Posted on 10-11-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Never heard this kinda news before....
 
Posted on 10-11-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What A fu(king tragedy..:(
 
Posted on 10-11-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAME ON GURUNG.....

i AM A GURUNG...... BUT i DON'T EVER EXPECT THIS TO HAPPEN AGAIN............
IT'S F&*%^ING HORRIBLE..... TO HEAR........
 
Posted on 10-11-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-11-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters