बिर्सन नसकिने पल - Sajha Mobile
SAJHA MOBILE
बिर्सन नसकिने पल
Posts 36 · Viewed 14628 · Go to Last Post
crazy_love
· Snapshot
Like · Likedby · 0

विकेन्ड आयो कि दिक्क लाग्ने। कता जाने, के गर्ने? कति मुवि हेरेर बस्ने, येस्तै सोच्दैथे, फोनको घन्टि बज्यो।
"के छ नि हालखबर्?" मिकि रैछ।
"टाउको दुखि राको छ?" मैले भने।
"के भयो नि? चिसो लाग्यो होला?"
"हिजो त्यो जेम्सको farewell थ्यो नि, के के मिक्स् भएछ? आज टाउको दुखेर हैरान छ। तेरो के छ नि खबर्?"
"तलाइ त हरेक दिन पिउने मौका हुदो रैछ।के हुनु? आज जाने हो क्लब भनेर सोधेको। कति एक्लै बस्ने कोठामा? बोर भये म, आइज न है?"
"कुन् ठाँउमा जाने नि?" झर्को लाग्यो मलाइ।
"आज नया ठाउँमा जाने नि। आउन please साथी।"
मिकी पनि त्यो देशमा आयेर काम गरेको २ बर्स भैसकेको थ्यो। मैले उसलाइ उस्को साथीको farewell मा भेटेकी थिये। तेसपछि हामी धेरै नजिक भयौं। जहाँ गये पनि सङै, जहिले पनि दुइ जना मात्र। उ पनि एक्ली थी र म पनि। तेसैले पनि हामीलाइ टाइम मिलाउन सजिलो थ्यो। हामी प्राय २/३ वटा बार र क्लब जान्थ्यौं। Night life तेस देशमा एक्दम शान्त थ्यो। हामी जाने बारमा प्राय तेति मान्छेहरु देखिदैनथ्यो। जाँदा जाँदै तेहाँका सबै staffs ले चिन्थे। क्लब पनि तेति crowded थियेन। प्राय group  मा
teenagers आँउथे र gays। हामीलाइ तेसको फाइदा नै थ्यो। किन भने gays हरु केटीलाइ वास्ता नै गर्दैनथे र young केटाहरु हामी foreigners भयेकोले भासाको कारण पनि बोल्ने आँट गर्दैनथे। जे होस हामीलाइ रमाइलो हुन्थ्यो तेहाँ गयेर समय बिताउन। मेरी साथी आँखा चिम्लेर भुत लाग्या जस्तो गरेर नाच्थी मातेपछि, म हल्लिन्थे आफ्नै तालमा। कसैले कसैलाइ disturb गर्ने थियेन or जिस्किन खोज्दैनथ्यो। तेहाँ पनि DJले समेत हामीलाइ चिन्थ्यो।
आज कहाँ जाने भनेर सोच्दै थें, मिकि आइपुगि मलाइ pick up गरी र हामी एउटा भब्य होटेल नजिक पुग्यौँ। त्यो होटेल मेरो होटेल नजिकै नै रहेछ। तर म तेहा कहिले गयेको थिन।
"येहा पनि राम्रो छ रे क्लब मेरो साथीले भनेको। आज येहि time pass  गरुँ है?"
" हुन्छ। भोलि बिदा नै हो। अबेर सम्म बसौला नि।"
entrance fee पनि अलि महङो रहेछ तेहाँ। भित्र गयेपछि राम्रै ठाँउमा गयेर बस्यौ हामी।मिकीले beer र मैले dry martini मगायौं। हामी पिउदै थियौ, music सुरु हुन थल्यो र मान्छेहरु dance floor मा झुम्मिन थाले। अलि अलि लाग्न थालेपछि मिकी उठेर गयी आफ्नै पाराले नाच्न र  म पनि गये गोर्खालि style ले नाच्न।
केहिबेर पछि फेरि हामी पिउन थाल्यौं आफ्नै ठाँउमा बसेर। एक्छिनमा एउटा केटोले सोध्यो मलाइ।
"Can I buy you a drink?"
"No thanks"।
मेरो नाम यो हो भन्दै उस्ले business card दियो मलाइ र सोध्यो।" तिमि येहाँ के काम गर्छौ?"
"non- profit organization मा काम गर्छु"।
"म त येहा business  गर्छु। मेरो आफ्नो एउटा ठुलो company छ।"
चुरोट दिदै nice to meet you भन्यो।
"Sorry, I don't smoke" भने।
" Can we be friends?" खिसिक्क हाँस्दै भन्यो उसले।
"ofcourse". मैले भने।
"म येहाँ हरेक् हप्ता आँउछु। तिमी नि?"
"म त आज पहिलो चोटि आको।"
" म सङ कार छ, जाँउ आज घुम्न, हामी साथी भयेको उपलश्यमा।"
"म येहा enjoy गर्दैछु। माफ गर्नुस म तपाइ सङ जान सक्दिन।"
"तेसो भये मेरो  business card फिर्ता देउ।"
मिकी र मलाइ सरसर्ती हेर्दै भन्न थाल्यो।
"oh, you both are different."
"sorry "मैले उसको आशय बुझिन।
 "You gals are lesbians, aren't you?"
मिकी पनि छक्क परी अब। हामी दुबैको मुख रातो भयो। हामीलाइ serve गरिरहेको  waiter ले पनि पुलुक्क हेर्यो हामी दुबैलाइ। नजिकका मान्छेहरु पनि कानेखुसि गर्न थाले।
"Let's go, CL." मिकी जुरुक्क उठी, म पनि।
"तेसले किन तेसो भन्यो हामीलाइ?" मिकी तात्ती।
"खोइ? मैले त्यो सङ कारमा घुम्न जान मानिन नि त। तेसैले होला।"
"अर्को हप्ता कुनै पनि हालतमा म यो क्लबमा एउटा handsome केटा सङ आँउछु बुझिस् ? तेस्कै अगाडि dance floor  मा उ सङ नाच्छु।"
"हैन तेरो ब्वाइफ्रेन्ड छ र? कि तैले मलाइ नभनेकि? " उत्सुकता जाग्यो मलाइ।
"ठिक कुरा गरिस् तैले।सोच्नु पर्यो अब"
"तेइ त।"
"एक् दिनको लागि भाडामा पाँउदैन कोहि ? डेटको लागि मात्र, तेसलाइ हामी straight हो भनेर प्रमाणित गर्न? अनि तेसलाइ जलाउन?"
"खोइ थाहा छैन मलाइ। जे सुकै गर् तँ"
"आजको एक हप्तामा म र तँ हामी दुबै येहाँ आफ्नो आफ्नो ब्वाइफ्रेन्ड सङ आउने बुझिस।"
"कसरि नि?"
"तेसको जिम्मा मलाइ दे।" उ हाँसी।
"चुप लाग् अब"।
एक्छिन म रिसायेको भनेर थाहा पायेपछि मिकी चुप लागि र फेरि बोली।
"CL"
"के"
"मलाइ पिसाबले च्याप्यो।" मेरो होटेल बाटो काट्नासाथ् पुगिन्थ्यो। १ मिनेट मात्र हिँड्नु थियो।
"एक्छिन रोक न।अब तेहि त हो नि मेरो होटेल।"
"सक्दिन। तिमी प्लिज एक्छिन कुर न मलाइ"।
"येहि बाटोमा बस्ने कि क्या हो?"
"होइन। झर्नै लाग्यो। एक्छिन हिड्न सक्दिन म अब।"
मैले हाँसो रोकेर उस्लाइ हेरि, उ खुट्टाहरु दोबार्दै हतारमा थी। बाटो हिड्ने केटाहरु हामी केटिहरु देखेर जिस्काउन लागेका थे।
shut up मिकीले गाली गरी तिनि हरुलाइ।
बिस्तारै होटेल पुगियो। मिकी दौडी rest room  तिर।
"अब त आनन्द भयो होला नि तलाइ?"
"हेर्, त्यो rest room मा त बत्ती नै थियेन। मैले कहाँ सु गरें थाहा छैन।"

एक हप्ता पछि मिकि, म, अनि दुइ जना केटाहरु तेहि क्लबमा बसेर भर्खर् पिउदैं थियौ। त्यो केटाहरु मिकीको language पढ्ने students थिये। हामीलाइ त्यो बेसोमतीसङ revenge लिनु थ्यो र त्यो कहिले आउला भनेर कुरीरहेका थ्यौं। केहि बेरमा नै त्यो देखियो।
"Shall we dance?" मिकीले उसङै बसिरहेको उसको student केटालाइ सोधि।
त्यो केटा अचानक nervous देखियो। केहि बोलेन, एकटकले त्यो बेसोमती बसेको ठाँउमा हेरेर बस्न थाल्यो। मिकी र मेरो आँखाले त्यो केटाको आँखालाइ पछ्यायो। बेसोमती मान्छे हामी तिरै आउदै रहेछ।
"के भयो जोन?" सोधि मिकिले।
"बर्बाद भयो नि अब, मिस मिकी"।
"किन?"
"त्यो मान्छे जो हाम्रो टेबलनजिकै आँउदैछ, त्यो मेरो girlfriend को आफ्नै दाइ हो।
मैले "के रे?" भन्न नपाउदै "I will be back soon" भन्दै मिकी toilet गयी। मैले मिकीलाइ follow गरे। toilet त बहाना न थियो। तेस्तो बेलामा त आउन लागेको सबै कुरा भित्रै अड्किन्थ्यो। हामी direct "exit" लेखियेको ढोकामा पुग्यौं।
हामी दुबै एकैचोटी होटेल बाहिर आयौं। दुबै मौन थियौं। अलि पर पुगेपछि मिकीले भनी।
"CL"
"के?"
"पिसाबले च्याप्यो"
हाँसो रोक्न सकियेन र हामी दुबै तेही बाटोमा थचक्क बसेर मरि मरि हाँस्यौं।

 

Last edited: 17-Dec-07 05:45 PM
Last edited: 17-Dec-07 06:26 PM
Load Previous
dipika02
· Snapshot
Like · Liked by · 0

krishna darlami ji,

I think "andaaz" is a nepali word, but if u think it is not then please read it as "tarika",

Thank you for reading "bhinaju ko jutta" .

and "Andaaz Apna Apna" is my one of my favorites.
Krishna Darlami
· Snapshot
Like · Liked by · 0

Kancha01ji,

You are right, for regular people language is just a way of communication. But writers are a different breed. They have a responsibility to the readers, so are expected to be in a higher par than us common folks.

Kalejoji,

Thank you for your assessment.

Krishna Darlami
· Snapshot
Like · Liked by · 0

Dipikaji,

I think it depends on the context. "kati parla andaaz gara ta" is Nepali "andaaz", "Usko kura garne andaaz arkai chha" is not. It is similar to the difference between "ko" and "lai". "tum usko batana" in Hindi is "timi uslai bhana" in Nepali. How does it sound if we say "timi usko bhana" even though there is the word "ko" in nepali which is used in different context like "kasko gharma jana lageko?".

Sometimes it's not just the word but the context you use it in to determine if it is Nepali or not.

dipika02
· Snapshot
Like · Liked by · 0


"They have a responsibility to the readers, so are expected to be in a higher par than us common folks."

krishna ji,

I am so sorry i didn't know readers have expectation like this from me, u gave me a rank of a writer which is my great honor. From next time I will think twice before I write...

I wrote "andaaz" as a "thinking", may be I was wrong but I got your point.

Last edited: 18-Dec-07 11:57 AM
kalejo
· Snapshot
Like · Liked by · 0

Dipika,

please don't mind hai, तर तिमी जस्तो केटी पनि किन आफु जहिले तल परेर कुर गर्छौ? come on, I know you have an answer for this guy, a very good answer.
miss_ me
· Snapshot
Like · Liked by · 0

दिपिका र कृष्णजी

मुझे तपाइहरुको कुरा गर्ने तरिका बहुत अच्छा लाग्यो ।

kancha01
· Snapshot
Like · Liked by · 0
kalejo, timile dipika lai chineko chau ho?
dipika02
· Snapshot
Like · Liked by · 0

Dijju darshan,

हजुर को नै कमि थियो यहाँ, अब कस्लाइ के भन्ने के नभन्ने हजुर नै सिकाइस्यो म त तेत्तिकै अलमल्लमा परेँ
Last edited: 18-Dec-07 12:10 PM
Krishna Darlami
· Snapshot
Like · Liked by · 0

Thank you Dipikaji,

I will look forward to your wonderful creations in the future.

hyperthread
· Snapshot
Like · Liked by · 0

The question for Mr Darlami is did you understand what Dipika was trying to say? If you did then there is no point to argue about it. If you think you have the perfect Vocabs in Nepali, then please bring it on, I would like to read your Nepali writing with so called "Perfect Nepali"

I wonder how would you write when you have to say Coat ?  or some similar Agantuk Sabda ...

 

kalejo
· Snapshot
Like · Liked by · 0

कान्छा ,

मेरो एक् तर्फि चिनयिले खोइ केहि लछार् पटो लाउला जस्तो छैन
kancha01
· Snapshot
Like · Liked by · 0

kalejo, ye ok ok, maile jastai rahecha usobhaye, i meant ek tarfi

hyperthread, waa kya lekhai cha yaar timro ta

hyperthread
· Snapshot
Like · Liked by · 0

Kancha ji,  I know you man , whats up?

Now stop fooling around with me, else your phone might ring with the incoming call From Hyperthread  

hyperthread
· Snapshot
Like · Liked by · 0

Lau kha 2 choti bhayechha, dosro chai metde .. lau ja ta

Last edited: 18-Dec-07 12:20 PM
Krishna Darlami
· Snapshot
Like · Liked by · 0

Hyperthreadji,

There is a difference between "agantuk" and "amantrit". Coat, paltan, computer etc. are agantuk sabda which arguably do not have any synonym in Nepali language. But my point is lets not "invite" any foreign words into Nepali language if we already have a synonym for it available in its rich vocabulary collection. That is all.

Out of respect to Dipikaji, I am not going to comment anymore on this thread. My comments in this topic stops here.

 

Nepal ko chora
· Snapshot
Like · Liked by · 0

Krishna Darmali ji,

As far I know, "Susankhya (सुशांख्य)" is nepali word for computer.

And, my 2 cents in the discussion...

 Language is not static, it changes over time. Every year, hundreds of new words from other language are being added to English dictionaries. So, as far as you understand what someone means in public forums like this (nobody cares about grammar over here as far as you can convey the message), there is no need for any agruments.

 
Last edited: 18-Dec-07 02:16 PM
hyperthread
· Snapshot
Like · Liked by · 0

Yeap, I second Nepal ko chora !

 

crazy_love
· Snapshot
Like · Liked by · 0

ए आमा हो, कति धेरै माया गर्नु भाको हो हजुरहरुले!
म त भर्खर् फर्केकि दिनभरिको थकाइ लाग्ने जिन्तखीबाट।

येहाँहरुको माया देखेर मेरा आँखाहरु सजल भएका छन्। सबैलाइ धन्यबाद comment को लागि र उहाँहरु सङ माफि चाहन्छु जसको expectation येसपाली मैले पूरा गर्न सकिन होला।

मेरो प्रत्येक कथाहरु मेरो जिन्दगिको reality सङ नजिक भएकोले कहिलेकाहिं तिनीहरु अर्धबिराममा नै टुङिएका हुन्छन्। तेसलाइ पनि मन पराइदिनु भएकोमा म फेरि सबै पाठक र शुभ चिन्तकहरुलाइ thank u for your support and love भन्न चाहन्छु।

Happy Holidays
CL

च्याँङवा
· Snapshot
Like · Liked by · 0
मोइच्याँङ मोइले चाउतारिमा खोजेको तोंलाई। तों याँ पो हाल्ला गार्दाई बासेकु राइचा।
crazy_love
· Snapshot
Like · Liked by · 0

लौ मेरो च्याङ्बा को बल्ल दर्शन पाइयो, कस्तो रमाइलो लाग्यो।

येतिका दिन काँ गाको च्याङबा तिमी ?? मेरो याद आयेन तोंलाइ?

मोइच्याङ

Last edited: 19-Dec-07 06:33 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 152
· Posts 3 · Viewed 369
· Posts 12 · Viewed 1519 · Likes 3
· Posts 5 · Viewed 411
· Posts 1 · Viewed 62
· Posts 1 · Viewed 62
· Posts 7 · Viewed 549
· Posts 9 · Viewed 655
· Posts 12 · Viewed 1048 · Likes 1
· Posts 1 · Viewed 95



Your Banner Here
Travel Partners
Travel House Nepal