~ चौतारी ५० "स्वर्ण बिशेष" ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Posts 555 · Viewed 236637 · Go to Last Post
nepalean
· Snapshot
Like · Likedby · 0
~ चौतारी स्वर्ण महोत्शब~

सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।


चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


((((Go chautari Go)))) ((((Go chautari Go)))) ((((Go chautari Go))))


Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
Load Previous
Bhaute
· Snapshot
Like · Liked by · 0
लु हाम्रो लाले नि फिर्कछन त। के छ हउ लाले ? अचेल चुस्स चुस्स हो कि तुच्च तुच्च पार्न चौतारीतिर झर्नै छाडेउ त तिमी। :-) उनको लागि हात त के, ज्यानै ख्वाप्ल्वाक्क निल्छु भन्छिन भने पनि तयार छु। बरु गुटुमुटु परेर एकै डल्लो भएर बसम्ला, नि्नलाई सजिलो हुने गरी। :p
manvi
· Snapshot
Like · Liked by · 0
नाइ मलाइ हरियो रिबन र हरियो चुरा चाहिन्छ, नत्र भन्दिन्छु ।दिदीले हरियो साडि किन्दिएको छ के
Bhaute
· Snapshot
Like · Liked by · 0
साली-नानीलाई चुरा-पोते किन्दिन थाल्यो भने त दिदीले मेरो जगटा लुछेर खप्पर पुन्टेदाइको जस्तो मरुभूमि बनाउछिन होला नि फेरि। :p बरु साइको-फाइब घडी किनिदिन्छु। हैन, चुरा नै चाहिन्छ भन्ने हो भने सुटुक्क भन्नु नि, स्स्स्स्स्स्स्स्स चौतारीको ढुङ्गाको नि कान हुन्छ के। फेरि दिदीलाई कुरा लाइदेलान। :p
manvi
· Snapshot
Like · Liked by · 0
हरियो किन्दा नि त्यस्तो ।उस्स्स्!
manvi
· Snapshot
Like · Liked by · 0
रामचन्द्रे लाई साइनो लाएन भनेर हो कि? छदैछ घडि त। सुने सुनुन ढाहा गर्ने हरु
Bhaute
· Snapshot
Like · Liked by · 0
कुरा लाम्नीले रङ कहाँ बताउँछन त लाटी ! :p. सालीको इच्छा काट्न सकिन, लु जे भन्छेउ तेही किनीदिम्ला। पहिले बिहेमा जुत्ता लुकउँदिन भनेर कसम खाउ। :-) बोरु मुलाइ सालीको हातले बुनेको न्यानो सुइटर लाम्ने रहर छ। अहिलेको जाडो त गयो, अर्को जाडोकोलागि बुनिदिने हो? हो भने उन किनिदिन्छु के रे। :-) कति लाछी चाहिन्छ कुन्नी उन। मेरो छाति फेरि अलिक चौडा छ। नापो लिनुपर्ने भए लिनु। मलाई कस्तो रङ सुहाउने हो, सालीले नै रोजिदिनु पर्यो। अँ साँच्ची, मलाई त्यो माछी-काँडे बुट्टा सारै मन पर्छ के। :p
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
धनुष्टन्कार नमस्ते गरे है जम्मै गाम्ले हरु लाइ। कोइ छ चौतारी मा? :-)
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
गुरु दर्शन गरे है। क्यानडाडा तिरै हो कि, नेपाल पुगीसकेको हो?
Bhaute
· Snapshot
Like · Liked by · 0
हे हे रामे, घोक्नु घोकियो नि उसबेला। बिचरो भिनाजुको मन त्यतिबेला कस्तो भा'को रेछ बल्ल साली सँग कुरा गर्दा थाह भो। उतिखेरै साली भेटेको भे' भेनाको मनोबिज्ञान बुझ्न सजिलो हुने थियो होला। अनि टन्न लम्मर हान्न पाइन्थ्यो होला। :p
Bhaute
· Snapshot
Like · Liked by · 0
ए नेप्चे नि आएछ। कता छु भनु खै नेप्चे। सबै कुरा नेपाल पुगिसक्यो के रे। हाड छाला र मासुको मुढो मात्र यहाँ छ भनुम न अब। अब ४९ घन्टा बाँकी छ। :-)
manvi
· Snapshot
Like · Liked by · 0
जुत्ता !!!हम्म्म्म्मम् छोड्ने वालि नहि जिजु । त्यहि बेला त उठाउनु छ जापानीसाडि किन्ने पैसा :P माछिकाँडे बुट्टा त मालाइ आउछ ।अनिअनि हजुर का आउनु स्विटर नाप्ने निहुले'र
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
ए ए, हाम्रा गाम तिर गाको बेला हाम्रो घर तिर पसेर बा आमालाइ यहा सबै बेसै छ भनु दिनु होला है त। :-)
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
२ महिना पछि गको भए त म नि जन्ति जान पाउथे नि गुरु।
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
गुरु को साली (हुने वाली)अनि रामचन्द्र जि को के छ खबर? सबै कुशल मङल नै त होला नि हैन? :-)
Bhaute
· Snapshot
Like · Liked by · 0
हुन्छ नेप्चे ! पीर नमान, म भनिदिन्छु। लोल! रामे, के का "दिदी तेरा देवर दिवाना" हुनु, यहाँ त "दिदी तेरा सनम दिवाना" हुन लाग्यो र पो मार्यो त। :p सो स्विट साली। जुत्ता लुकाउने त चान्स छैन। म त मेरो जु्ता त्यसैको तुनाले कम्मरमा बाँधेर बस्नी हो । :-) सुइटर नाप्न आउँदा ढोका बाट आयो भने छिँडीमा दिदी सँग भेट होला फेरि। पछाडि झ्याल तिर बाट आउनु, मैले बाँसको भर्याङ राखिदिम्ला। :p निद्राले आँखा बटारियो गाम्ले हो, लौ सबैलाई सुभरात्री। अनि साली-नानीलाई पनि शुभरात्री ल! आहा ! आज त सपना पनि क्या दामी देखिन्छ जस्तो छ। :p।
manvi
· Snapshot
Like · Liked by · 0
'गुरु को साली (हुने वाली)'रे नेपचे चेला हो जिजु को
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
मेरो ठिकै छ भन्नु परो। देस तिर त लाग्ने हो, तर पहिला पढाइ त सकाउनु परो नि। गुरु को साली (हुने वाली), म गुरुको साखै चेलो हो। न पत्याए गुरुलाइ सोधे हुन्छ। :-)
manvi
· Snapshot
Like · Liked by · 0
"दिदी तेरा देवर दिवाना" हुनु, यहाँ त "दिदी तेरा सनम दिवाना' हाहाहाहा हो हो पक्का हो ह्या जिजु त कस्तो काम नलाग्ने रै'छ । म दिदीलाइ नै नाप्न लाउछु स्विटर जाबो । नभए दिदिले नै बुनिदेले नि । अबत हजुरको घरमै आउन डर हुने भो तर जुत्ता त पाउने आशै नगरे भयोपैसा बिना । बरु कति डलर दिने हो अहिले नै भने भयो गुड नाइट, जिजु नेपचे र रामचन्द्रे
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
लौ त गुड नाइट, गुरु को साली (हुने वाली)।
ratamakai
· Snapshot
Like · Liked by · 0
कति राम्रो चौतारी बसुम बसुम लाग्यो नि कति लामो चौतारी लेखुम लेखुम लाग्यो नि । । सबै निन्द्रामा भुस् परे होलान्, तैपनि सबैलाई यो मध्यरातको नमस्कार ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 83
· Posts 3 · Viewed 745
· Posts 2 · Viewed 184
· Posts 1 · Viewed 67
· Posts 4 · Viewed 870 · Likes 3
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 123
· Posts 6 · Viewed 755



Your Banner Here
Travel Partners
Travel House Nepal