अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु - Sajha Mobile
SAJHA MOBILE
अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु
Posts 3 · Viewed 15526 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पारिवारिक श्रोतले पुष्टी गरेको छ ।

दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका गएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको रेकर्ड छ । अमेरिकामा नेपाली विद्यार्थीहरुको आत्महत्या दर कम गर्न त्यहाँका सामाजिक संस्थाहरुको पहल आवश्यक रहेको छ ।


http://www.khasokhas.com/22399

Pokhara1977
· Snapshot 4663
Like · Liked by · 0
दयालु महानुभावहरुले तलको लिंकमा क्लिक्कगरेर सक्दो सहयोग गर्नुहोला!

https://www.gofundme.com/help-prasiddhas-funeral-process


https://www.gofundme.com/help-prasiddhas-funeral-process


Pokhara1977
· Snapshot 5432
Like · Liked by · 0
दयालु महानुभावहरुले तलको लिंकमा क्लिक्कगरेर सक्दो सहयोग गर्नुहोला! https://www.gofundme.com/help-prasiddhas-funeral-process


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 252
· Posts 8 · Viewed 946
· Posts 1 · Viewed 249
· Posts 1 · Viewed 187 · Likes 1
· Posts 1 · Viewed 120
· Posts 3 · Viewed 783
· Posts 2 · Viewed 229
· Posts 1 · Viewed 79
· Posts 4 · Viewed 901 · Likes 3
· Posts 1 · Viewed 82



Your Banner Here
Travel Partners
Travel House Nepal