मेरो जिन्दगी Java र बाबा मा अड्कियो
मेरो जिन्दगी
Java को कोड र बाबा को झोक मै सकियो
नोट प्याड र उनको लिस्ट मा फसियो
लूप होल र उन्को ओरिपरि नै घुमियो
मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो ।
Java चलाउन कंप्यूटर किनियो
Oracle को साईट बाट JDK हालियो
नोट प्याड मा लामो लाइन लेखियो
अनि बल्ल Java मा हावा भरियो ।
बाबा फसाउन रात भर बसियो
स्काइप, फेसबुक, टेस्ट सब गरियो
बल्ल उनको हंस हास्यो
अनि मेरो प्रेम सुरु भो
तेहि बाट मेरो जिन्दगी Java र बाबा मा अड्कियो ।
सयोउ कोड लेखी रात भर बसी
गूगल देखि w3 सम्म सब पढ़ी
एउटा प्रोग्राम तैयार भो
ट्याक्क लाएर complie गरेको एउटा error भेटियो
बल्ल बल्ल मिलाई फेरी compile ठोकियो
अब त झन 1000 error देखौछ
मेरो रात येत्तिकै सकियो ।
ऋण काटी काटी एउटा महंगो ब्याग किनियो
बर्थडे मा केक को नाटक गरी उपहार टकर्याइओ
देख्ने बित्तिकै उनको अनुहार कालो भो
मलाई थाहा भो आज रात फकाऊदैमा जाने भो !
भोली साटियो अर्को ल्याइयो
अब त झन कहर आयो
यो पाली त रंग, साइज़,जोड़ा केइ मिलेन रे
मलाई थाहा भो मेरो दिन अर्को खोज्दै मा जाने भो ।।
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
Java सजिलो छ भन्थे भन्ने हरु,
कोड मा घुस्नु रे ,
सब्द को जाल बुन्नु रे ,
येता उती चोर्नु रे ,
अनि ट्याक्क मिलाउनु रे ।
फसे पछी बल्ल थाहा भो ,
लूप होल को भुमरि मा कसरी अड्किन्छ
object subject if not मा घुमिन्छ
Java सजिलो छ भन्नेहरु देखेर पारो तताइयो ।
माया मिठो छ भन्थे भन्ने हरु,
स्वर्ग को आनन्द देखिन्छ रे,
मायालु को आँखा मा संसार भेटिन्छ रे ,
आफै परे पछी बल्ल थाहा भो,
उनको आँखा मा संसार हैन तानशाही देखियो,
उनका लिस्ट पूरा गर्ने 80 घन्टा काम जोतियो ,
ऋण मा चुर्लुम्म डूबी vacation गईयो
माया मा संसार छ भन्ने हरु ,
हो तिमि हरु ठीक हौ
मायालु भेटे पछी संसार तेहि सकियो ,
मेरो जिन्दगी Java र बाबा मा अड्कियो ।
मैले आफै रोजेको Java
हुदा खादा को इंजीनरिंग छोड़ी ,
कोरेको चित्र मा साइन ठोकी पैसा खान छोड़ी
बिल गेट्स बन्न कंप्यूटर छानियो
प्रोग्रामिंग मा पैसा छ ,
सजिलो बसी बसी काम छ भनी Java छानियो
मरे पछी बल्ल स्वर्ग देखियो
मेरो जिन्दगी Java मा अड्कियो ।
माया म आफै ले गरेको ,
उनलाई फकाउन सयोउ ताना बुनेको
रात भर बसी, खाना नखाई उनलाई पत्त्याको
माया गरे पछी सब सुख मिल्छ भनी जिन्दकी दाऊ मा राखेको
कुन्नि के सकियो अनि दैलो देखियो
स्वतनत्रा छोड़ी , दासत्व स्विकारियो
आफ्नो जिंदगी उनको पाउ मा लगी टकरायियो
अनि बल्ल माया के हो,
स्वतन्त्रता के हो, दासत्व के हो बुजियो
अनी बल्ल थाहा भो
अब मेरो जिन्दगी बाबा मा अड्कियो ।
funny amricane mitra.... hehehe .... nice one though... ramailo kabita....
Last edited: 15-Jan-14 10:08 PM
हाहा .. रमाइलो छ !
लौ अब तिम्रो लाइफ सकिए छ :)
लौ हाम्रो अम्रिकाने ब्रोलाई जाभा र बाबाले हैरान पारेछन
Americama basney dherai student Nepaliko katha....
सदाझै मेरा मनका भावनाहरुलाई मन पराइदिनु हुने साझा बासीमा मेरो ह्रिदए देखी धन्यवाद ।
यो केबल एउता रचना मात्र हो, कसैको(मेरो) जिन्दगी सँग मिल्न गएमा सन्जोग मात्र हुने छ भनेर caption राख्न बिर्सेंछु :)
अब धेरै नभनुम उन्ले हिजो आज साझा नि हेर्न थालेकी छिन, फेरी मेरो अर्को एक हप्ता को कमाइ र समय जान्छ ।
नमस्कार
अमेरिकाने दाई, कथा हजुरको होइन तर नाजिज्को मान्छेको.. होइन त?
खतरा प्रस्तुति अमेरिकाने; बैंस चढ्दा आफ्नो चाहिं गाँजा र हावा मा अड्क्याथ्यो.
हा हा अमेरिकाने मित्र राम्रो लाग्यो
Nice one amricane jiu. ☺☺
By the way do you still remember sun_shine? I used to follow both of your threads here in sajha few years back.
अम्रिकाने भाई को दशा झन्डै झन्डै "नेप्रिकने दाई मनोज गजुरेल" को जस्तै देखिन्छ | दीवोर्स चै नगरिहल्नु नि फेरी, नत्र पाटी को बास गरैदिंछा यो अमेरिका को कानुन ले |
Tesaile ramrari testdrive garera matra baba linuhola
Bro, use proper catch block. You never know when exception occurs in life.
Keep in mind, you can use unlimited catch blocks for various exceptions in life.
However, only one catch block works at any given time.
Enjoy while it lasts. Usually nothing lasts forever in my experience 😀
compile time टार्यौ भने,
finally केहि हाल्ययौ भने,
तेशै भित्र resource झार्यौ भने,
java पनि पक्कै चल्छे,
बाबा पनि गल्छे ढल्छे,
लम्पसर त्यो पर्छे पर्छे l
Please log in to reply to this post
You can also log in using your Facebook