मेरो जिन्दगी Java को कोड र बाबा को झोक मै सकियो नोट प्याड र उनको लिस्ट मा फसियो लूप होल र उन्को ओरिपरि नै घुमियो मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो । Java चलाउन कंप्यूटर किनियो Oracle को साईट बाट JDK हालियो नोट प्याड मा लामो लाइन लेखियो अनि बल्ल Java मा हावा भरियो । बाबा फसाउन रात भर बसियो स्काइप, फेसबुक, टेस्ट सब गरियो बल्ल उनको हंस हास्यो अनि मेरो प्रेम सुरु भो तेहि बाट मेरो जिन्दगी Java र बाबा मा अड्कियो । सयोउ कोड लेखी रात भर बसी गूगल देखि w3 सम्म सब पढ़ी एउटा प्रोग्राम तैयार भो ट्याक्क लाएर complie गरेको एउटा error भेटियो बल्ल बल्ल मिलाई फेरी compile ठोकियो अब त झन 1000 error देखौछ मेरो रात येत्तिकै सकियो । ऋण काटी काटी एउटा महंगो ब्याग किनियो बर्थडे मा केक को नाटक गरी उपहार टकर्याइओ देख्ने बित्तिकै उनको अनुहार कालो भो मलाई थाहा भो आज रात फकाऊदैमा जाने भो ! भोली साटियो अर्को ल्याइयो अब त झन कहर आयो यो पाली त रंग, साइज़,जोड़ा केइ मिलेन रे मलाई थाहा भो मेरो दिन अर्को खोज्दै मा जाने भो ।। मेरो जिन्दगी Java र बाबा मा अड्कियो Java सजिलो छ भन्थे भन्ने हरु, कोड मा घुस्नु रे , सब्द को जाल बुन्नु रे , येता उती चोर्नु रे , अनि ट्याक्क मिलाउनु रे । फसे पछी बल्ल थाहा भो , लूप होल को भुमरि मा कसरी अड्किन्छ object subject if not मा घुमिन्छ Java सजिलो छ भन्नेहरु देखेर पारो तताइयो । माया मिठो छ भन्थे भन्ने हरु, स्वर्ग को आनन्द देखिन्छ रे, मायालु को आँखा मा संसार भेटिन्छ रे , आफै परे पछी बल्ल थाहा भो, उनको आँखा मा संसार हैन तानशाही देखियो, उनका लिस्ट पूरा गर्ने 80 घन्टा काम जोतियो , ऋण मा चुर्लुम्म डूबी vacation गईयो माया मा संसार छ भन्ने हरु , हो तिमि हरु ठीक हौ मायालु भेटे पछी संसार तेहि सकियो , मेरो जिन्दगी Java र बाबा मा अड्कियो । मैले आफै रोजेको Java हुदा खादा को इंजीनरिंग छोड़ी , कोरेको चित्र मा साइन ठोकी पैसा खान छोड़ी बिल गेट्स बन्न कंप्यूटर छानियो प्रोग्रामिंग मा पैसा छ , सजिलो बसी बसी काम छ भनी Java छानियो मरे पछी बल्ल स्वर्ग देखियो मेरो जिन्दगी Java मा अड्कियो । माया म आफै ले गरेको , उनलाई फकाउन सयोउ ताना बुनेको रात भर बसी, खाना नखाई उनलाई पत्त्याको माया गरे पछी सब सुख मिल्छ भनी जिन्दकी दाऊ मा राखेको कुन्नि के सकियो अनि दैलो देखियो स्वतनत्रा छोड़ी , दासत्व स्विकारियो आफ्नो जिंदगी उनको पाउ मा लगी टकरायियो अनि बल्ल माया के हो, स्वतन्त्रता के हो, दासत्व के हो बुजियो अनी बल्ल थाहा भो अब मेरो जिन्दगी बाबा मा अड्कियो ।
amricane · Jan 15, 2014 4:31 PM · 68,939 views
Nice one
Sparty · Jan 15, 2014 4:42 PM
funny amricane mitra.... hehehe .... nice one though... ramailo kabita.... Last edited: 15-Jan-14 10:08 PM
ThahaChaena · Jan 15, 2014 5:00 PM
हाहा .. रमाइलो छ ! लौ अब तिम्रो लाइफ सकिए छ :)
ANS · Jan 15, 2014 5:37 PM
;)
old jeans · Jan 15, 2014 6:59 PM
लौ हाम्रो अम्रिकाने ब्रोलाई जाभा र बाबाले हैरान पारेछन
Geology Tiger · Jan 16, 2014 11:04 AM
Americama basney dherai student Nepaliko katha....
200times · Jan 16, 2014 11:28 AM
LOL
mohanB · Jan 16, 2014 12:56 PM
sarai man paryo..
playpause · Jan 16, 2014 10:15 PM
सदाझै मेरा मनका भावनाहरुलाई मन पराइदिनु हुने साझा बासीमा मेरो ह्रिदए देखी धन्यवाद । यो केबल एउता रचना मात्र हो, कसैको(मेरो) जिन्दगी सँग मिल्न गएमा सन्जोग मात्र हुने छ भनेर caption राख्न बिर्सेंछु :) अब धेरै नभनुम उन्ले हिजो आज साझा नि हेर्न थालेकी छिन, फेरी मेरो अर्को एक हप्ता को कमाइ र समय जान्छ । नमस्कार
amricane · Jan 17, 2014 10:05 AM
अमेरिकाने दाई, कथा हजुरको होइन तर नाजिज्को मान्छेको.. होइन त?
binodb · Jan 17, 2014 2:04 PM
खतरा प्रस्तुति अमेरिकाने; बैंस चढ्दा आफ्नो चाहिं गाँजा र हावा मा अड्क्याथ्यो.
behoove_me · Jan 17, 2014 2:29 PM
हा हा अमेरिकाने मित्र राम्रो लाग्यो
bhakte dai · Jan 17, 2014 4:20 PM
Nice one amricane jiu. ☺☺ By the way do you still remember sun_shine? I used to follow both of your threads here in sajha few years back.
Sam_chams · Jan 22, 2018 3:09 PM
अम्रिकाने भाई को दशा झन्डै झन्डै "नेप्रिकने दाई मनोज गजुरेल" को जस्तै देखिन्छ | दीवोर्स चै नगरिहल्नु नि फेरी, नत्र पाटी को बास गरैदिंछा यो अमेरिका को कानुन ले |
Khumbule · Jan 23, 2018 10:48 AM
Tesaile ramrari testdrive garera matra baba linuhola
Hanuman1 · Jan 23, 2018 11:29 AM
Bro, use proper catch block. You never know when exception occurs in life. Keep in mind, you can use unlimited catch blocks for various exceptions in life. However, only one catch block works at any given time.
Hussain_Khan · Jan 23, 2018 11:37 AM
Masterpiece ,relatable
SSK · May 12, 2020 11:49 AM
Enjoy while it lasts. Usually nothing lasts forever in my experience 😀
harkhe7 · May 14, 2020 10:32 PM
compile time टार्यौ भने, finally केहि हाल्ययौ भने, तेशै भित्र resource झार्यौ भने, java पनि पक्कै चल्छे, बाबा पनि गल्छे ढल्छे, लम्पसर त्यो पर्छे पर्छे l
No Tension · May 15, 2020 6:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion