Baburam govt becoming worse than the previous govt that the maoist fought to dethrone - Sajha Mobile
SAJHA MOBILE
Baburam govt becoming worse than the previous govt that the maoist fought to dethrone
Posts 3 · Viewed 5480 · Go to Last Post
rethink
· Snapshot 0
Like · Likedby · 0

काठमाडौ, माघ १२ - अकुपाई बालुवाटार अन्तर्गत प्रधानमन्त्री निवास अगाडि धर्ना दिंदै गर्दा पक्राउ ३२ जनालाई प्रहरीले छाडेको छ ।  ३२ अधिकारकर्मीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये १९ महिला, १२ जना पुरुष र एक जना तेस्रो लिंगी थिए ।

अभियानले शुक्रबार बृहत प्रदर्शनको तयारी गरेको थियो । अभियानको एक महिना पुगेको अवसरमा बृहत प्रदर्शनको तयारी गरिरहँदा उनीहरुलाई प्रधानमन्त्री निवास अगाडिबाटै पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अधिकारकर्मी रेणुराज भण्डारी, राधा पौडेल, गिता थापा,  अकुपाई बालुवाटारको अगुवाई गरिरहेका जगन्नाथ लामिछाने, विष्णु अधिकारी, इसान थापा, मिना पौडेल, कविता थापा, लिलि थापा, प्रनिका कोयु, कोपिला अधिकारी, उज्ज्वल थापा, विदुशी ढुंगेलगायत थिए ।

उनीहरुलाई रानीबारीस्थित चार नम्बर गणमा राखिएको थियो । प्रहरीले इन्सेकका फोटो पत्रकार विमलचन्द्र शर्मालाई प्रहरीले लछारपछार गरेका थिए । आन्दोलनमा सहभागी हुन आएका एक अपांगता भएका व्यक्तिलाई प्रहरीले ह्विलचेयरबाट लडाएर लछारपछार पारेका थिए ।

अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यको माग  गर्दै एक महिनादेखि प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका थिए । यो आन्दोलनलाई 'अकुपाई बालुवाटार' अभियान नाम दिइएको थियो ।

 

 















rethink
· Snapshot 40
Like · Liked by · 0
Keshab sthapit bisthapit

He says it all. The internal corruption within baburams household.


https://www.youtube.com/watch?v=VHDZFu0WCu8&sns=em
JavaBeans
· Snapshot 232
Like · Liked by · 0
I say this inevitable depravity of power was predicted by Orwell in 1945.

The satire in Animal Farm is unbelievably accurate - I highly recommend it if you haven't come across it yet:



Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 852
· Posts 1 · Viewed 192
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 107
· Posts 3 · Viewed 764
· Posts 2 · Viewed 212
· Posts 1 · Viewed 74
· Posts 4 · Viewed 889 · Likes 3
· Posts 1 · Viewed 78



Your Banner Here
Travel Partners
Travel House Nepal