:: Blog Home       :: rahulvai ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW rahulvai's BLOGS
:: किन?
:: दशैंको टीका
:: मनकी रानी !
:: आलु" अर्थात रमेश।
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २
:: अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
:: भूतेश्वर महादेब
:: किचकन्याको कथा (Part 1)
:: भोक र लोहचा मरीको कथा।
:: यो माया पाप हो भने,
:: भाइकाजी दाई र हिन्दी सिनेमा "प्यासा"
:: तिम्रो हाम्रो कथा
:: हाम्रो संबन्ध!
:: गजल-राहुलभाइ
:: गजल-राहुलभाइ
:: पिताजी को सुनको तक्मा-2
:: "पिताजी को सुनको तक्मा"
:: मेरो कथा- भाग 2, "दुखद सुख"
:: मेरो कथा- भाग १, "दुखद सुख"
:: निस्ठुरि
:: गीत
:: बैंश
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Wednesday, November 14, 2007 | [fix unicode]
 

किन?


मुटु जलाई मन्दिरमा दियो बाल्यौ किन?
नदेखिने गरी शिरानीमा सियो हाल्यौ किन?

सिनो झैं गलहत्याएको एक युग बितिसक्यो,
फेरि आज मेरो बिरानीको चियो गर्छौ किन?

तिमीले माया मारे देखिन् धेरै पटक मरिसकें
फेरि मार्नलाई बिषादीमा गुलियो हाल्छौ किन?

अस्वीक्रित प्रेम बोकी, चुपचाप सहेकै थिएं,
फेरि पासो थाप्न भनी बाबियो बुन्छौ किन?

मुटु जलाई मन्दिरमा दियो बाल्यौ किन?
नदेखिने गरी शिरानीमा सियो हाल्यौ किन?

   [ posted by rahulvai @ 05:08 PM ] | Viewed: 3177 times [ Feedback]


:

   
दशैंको टीका [rahulvai's blog]
Blog Type:: Blog
Tuesday, October 09, 2007 | [fix unicode]
 

दशैंको टीका

त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।

भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।

मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।

   [ posted by rahulvai @ 03:48 PM ] | Viewed: 3114 times [ Feedback] (2 Comments)


:

   
मनकी रानी ! [rahulvai's blog]
Blog Type:: Blog
Tuesday, October 02, 2007 | [fix unicode]
 

मनकी रानी

आकाश खसे नि
पाताल भासे नि
सधैं जपिरहने
सधै तपिरहने
मनकी रानी
मायाकी खानी।

होसमा गुनगुनाउने
बेहोसमा बरबराउने
पबित्र चन्दन हो कि
मुटुको स्पन्दन हो
जता ततै बास बस्ने
जिएको जस्तो आभास हुने
मनकी रानी
मायाकी खानी।

सधै बुझिरहुं लाग्ने
सधैं पुजिरहुं लाग्ने
गायत्री मन्त्र
म्रित्युन्जय मन्त्र,
यत्र तत्र सर्बत्र
मनकी रानी,
मायाकी खानी।

   [ posted by rahulvai @ 01:32 PM ] | Viewed: 2933 times [ Feedback]


:

   
आलु" अर्थात रमेश। [rahulvai's blog]
Blog Type:: Blog
Thursday, September 13, 2007 | [fix unicode]
 

आलु" अर्थात रमेश।
"भगवानले फेल गराएको"
*******************

आलु अर्थात रमेश, हाम्रो क्लासको छुट्टै क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। तर आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे आफै।
पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो।
तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्।
१० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई"
भन्यो कि मख्ख पर्थ्यो।
१० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले
छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एके छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो।

पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे।

त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही भोंसिको टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एुटै कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे।
एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा केही होनहार हरुको पनि हार् भएकोथ्यो।

एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला)।
"ए आलु, कता जान लागेको? " मैले सोधें।
उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।"
उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो।
भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो।
"तंलाई बधाई छ, बोर्ड ल्याइदियो।"
"तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?"
"पास त पक्कै हुनु पर्ने। के भयो के भयो?"
"इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।"
"तर बुझिस्, फेल भए नि खुशी छुं"
फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा।
"ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी
खुशी?"

"ल मुला त्यति पनि थाहा छैन तिमीलाई?
म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।"

यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें।
अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर।
अस्तु!।

   [ posted by rahulvai @ 04:06 PM ] | Viewed: 2954 times [ Feedback] (1 Comment)


:

   
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।भाग २ [rahulvai's blog]
Blog Type:: Blog
Monday, September 10, 2007 | [fix unicode]
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु.
भाग २

अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।




ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:

   [ posted by rahulvai @ 09:06 AM ] | Viewed: 3631 times [ Feedback] (1 Comment)


: