:: Blog Home       :: SateLite ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW SateLite's BLOGS
:: " मृत्युदण्ड - a social story "
:: ARCHIVES
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
" मृत्युदण्ड - a social story " [SateLite's blog]
Blog Type:: Blog
Saturday, August 11, 2007 | [fix unicode]
 

हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै फरक नहुनुपर्ने हो तर दुखको कुरा त्यो डाँडोमा हरियो दुबो त पलायो... तर हाम्रो देशले काँचुलि फेरेन !हरियो दुबो कहिले पलायन यो देशमा !! अहिले केहि हरियालिको अँश देखिन थालेको छ !

______________

टुडिखेलमा मान्छेहरुको चहलपहल आज केहि बढि नै देखेँ,बिचमा एउटा ठुलो काठको स्टेजजस्तो बनाइयको रहेछ ! अनि एउटा अफिसियल ड्रेस लगायको केहि मोटो देखिने मान्छे ले माइकमा केहि भनिरहेको थियो-NTV लगायत अन्य National TV हरुका Camera हरु Ready Position मा राखियका थिय !आजको situation हेर्दा कुनै Present वा Former भि आइ पि को पालो परेछ भन्ने अनुमान मैले लगाँय बाहिर सडकपेटिमै उभियर ! कुनै ब्यापारि,राजनितिज्ञ,शिक्षक,गाबिस सचिव य नगरको मेयर अथवा जो कोहिपनि हुन सक्थ्यो यस्तो पालोमा !मात्र भ्रष्ट्राचारको अभियोग प्रमाणित भय पुग्थ्यो !जनतासँग प्रतक्ष सरोकार राख्ने बिषयहरुमा सरकारि तलव खायकाहरुबाट गरिने गल्तिहरुको निम्ति कठोरतम सजाय तोकियको थियो अहिले ! भन्नका निम्ति कम्युनिष्टहरुको सत्ता भयपनि यिनिहरु अहिले चिनका जस्ता नाममात्रका कम्युनिष्ट भैसकेका थिय !हुनपनि संचार र बढ्दो भौतिकबादले गर्दा Typical माओ Type को कम्युनिष्ट बनिरहन सम्भव नै थियन !

श्रम गरिसकेपछि अवश्यपनि आर्जन हुन्छ अनि त्यो आर्जनले बिलासिताका समानहरु जोडिन्छन..अनि बिलासिताको ब्रृद्दिसम्गै मनमस्तिष्कबाट कम्युनिज्म हराउदै जान्छ ! म मेरो चार बर्षे छोरिलाइ लियर सामाखुसि जान हिडेको मान्छे टुडिखेलमा अडियको छु !मनमा जिज्ञाशा उठिरहेको छ- आज टुडिखेलमा झुण्डाइने को हुन भनेर !धेरै दिनदेखि Media मा पुर्व so-called राजनितिज्ञ हरुको भ्रस्टाचारको मुद्दाले स्थान पाइरहेको थियो !कुनै समयमा यि सबै अदालतबाटै भ्रस्टाचारको मुद्दामा सफाइ पायका थिय तर बिडम्बना जनताका नजरमा यिनिहरु आजिवन भ्रष्टको छविबाट मुक्त हुन सकेनन ! एक समय थियो जब लोकले यि भ्रष्टताका त्रिमुर्ति हुन भन्ने जान्दाजान्दैपनि यिनिहरुका उराठलाग्दा भाषणहरु सुन्न बिवश थिय त्यो पनि Economical Dicipline का बारेमा ! यो देश अचम्मका मनुवाहरुबाट शासित थियो !हार्वर्ड र क्याम्ब्रिजबाट सरकारि अनुदानमा डिग्रि लियकाहरु अर्थमन्त्रि बनेका बेलामा दुर्गम गाँउको एउटा गरिव किसानले उब्जाउने Product हरुले उचित मुल्य पाउदैनथे !शाहबंशिय राजतन्त्रको अन्तिम हर्ताकर्ताका रुपमा राजा ज्ञानेन्द्र उदाउन त उदायका थिय तर आधादशक बित्न नपाउदै उनले आफ्नोमात्र अन्त्य गरेनन, समुल राजतन्त्रलाइ एउटा इतिहास बनाइदिय !मेरि छोरिलाइ हाम्रो देशमा कुनै दिन राजाहरुले शासन गर्थे रे भन्ने सुन्दा भविष्यको कुनै दिन एक्लै हाँसो लाग्न सक्छ !

राजतन्त्रको अन्त्यताकाको बातावरण म सम्झिन्छु ! राजा खोपिमा बसेर आफ्नो शासनको निरन्तरताका निम्ति जति पिर गर्दैनथे त्यो भन्दा सयौंगुणाबढि बालुवाटारका बृद्द प्रधानमन्त्रि राजतन्त्रको निरन्तरताका निम्ति भगिरथ प्रयत्नशिल थिय ! इतिहासमा हामिले उनिजति असक्षम नेतृत्व कहिले पायेका थियनौँ !संविधानसभाबाट जब राजतन्त्र फाल्ने बिषयमा निर्णय भयो, राजाका पक्षमा अत्यन्त झिनो मत देखियो ति मतहरुपनि..राजाका आफ्नै कर्मचारिले दियेका थियेनन,प्रम-प्रमपुत्रि लगायत सत्तारुढ दलमा नामैले चिनियका भ्रष्टहरुको सानो जमात अनि प्रमुख प्रतिपक्षि दलमा रहेका केहि औरे,बाउरे,धुपौरे,काजु,बदाम हरुबाट प्राप्त सानो मतले राजालाइ देशमा ठाँउ दिन सकेन !उनि सपरिवार...रुसको राजधानि मस्कोमा गयर बस्न थाले तर उनको पतनपश्चातपनि नेपालमा दलहरुका नेताका रुपमा बिभिन्न राजाहरु बाँकि नै थिय !मावोवादिहरुको अचाक्लि आफ्नो ठाँउमा चलिरहेकै थियो !उनिहरुले धाँधलि गरेरै भयपनि संविधानसभाको निर्वाचनमा बहुमत जुटायका थिय !तर एउटा बिर्सन नहुने तथ्य के पनि थियो भने नराम्रा कामहरुका बावजुदपनि दुर्गम र गरिब बस्तिहरुका मान्छेहरुका प्रतिनिधिका रुपमा मावोवादिहरु नै देखियका थिय !म जस्तो न-माथि न तल या मध्यमबर्गमा र उच्चबर्गहरुमा मावोवादिहरुप्रति कुनै सहानुभुति खासै थियन कारण उनिहरुको आगमन यो बर्गका निम्ति अथवा बिशेषत उच्चबर्गका निम्ति टाउको दुखाइको बिषय बन्न सक्थ्यो ! बिगतमा देशका प्रमुख पदहरुमा बसेर अवैधरुपमा कमायको कालो धन आफ्नै निम्ति पासो बन्ने सम्भावना उत्तिकै थियो !

मलाइ पनि ब्यक्तिगत रुपमा मावोवादिप्रति कुनै लगाव थियन तर जब निर्वाचनका बेलामा उठेका Candidate हरुको नाम हेर्दा सबै लुटाहाहरु गाइको मुत्रले नुहायर चोखियर आयका थिय,तात्विक भिन्नता केहि थियन !अनि म यि भ्रस्टताका प्रतिमुर्तिहरुभन्दा त मावोवादि नै बेस होलान भनेर उनिहरुको निम्ति एउटा मत खसायको थियँ !मान्छेहरु भन्दा पार्टिहरु धेरै भयको देशमा मावोवादिहरुको आगमनपस्चात उनिहरुले आफ्नो अतिवाद प्रस्तुत गर्दै बढारेका थिय सबैलाइ !अनि तराइ-पहाड छुट्टाउनेभनेर कुनै समय निर्दोषहत्यामा मग्न हरु अहिले झिलिगुण्टा बोकेर भारतिय भुमिमा कतै अलप भयका थिय भने, दिल्लिका महाराजहरु आफ्नो लगानि खेर गयकोमा अर्को कुटिल षडयन्त्रको तानाबानामा ब्यस्त थिय,मुख्य कुरो हिजोको नाममात्रको प्रजातन्त्र भयको नेपाल र अहिलेको नेपालमा तात्विक फरक आइसकेको थियो !सजिलो थियन एउटा भारतिय या अमेरिकि राजदुतहरुका इशारामा सत्ता फेरबदल गराउन !नेपालि भुमिमा बसेर नेपाल टुक्राउने षडयन्त्र गर्न गार्हो पर्ने महशुस लैनचौरस्थित भारतिय राजदुतावास र दिल्लिका टाउकेहरुले गरिसकेका थिय !


*************************

कम्युनिष्टहरुको हालिमुहालि भैसकेपछि उनिहरुले सुरुमा जनतासामु 'Corrupt Clearence'नामको एउटा मिसन राखेका थिय अनि Chief Judge को कुर्सिमा बसेर न्यायलाइ किनबेचको साधन बनाउने न्यायमुर्तिहरु देखि अदालतले सुनपानि छर्केर चोख्यायका चिनियका भ्रस्टहरु,ब्यापारिको भेषमा राष्ट्र लुटिरहेकाहरु अनि Quality Education को नाममा शिक्षाको ब्यापार गरिरहेकाहरु,Cultural & Educational Exchange का नाममा मानवतस्कर गरिरहेकाहरु,श्रमकारोवारका नाममा खाइलाग्दा नेपालि युवा-युवतिहरुलाइ खाडिको मरुभुमिमा जनावरसरह बेच्नेहरु लगायत यस्तै यस्तैहरुको लामो सुचि बनेको थियो तर समय कम्युनिस्टहरुले सोचेजस्तो प्राचिन त थियन !चारैतिर Human Rights देखि Every Rights सम्मका मान्छेहरु छरियका थिय !संचारको बिकास चुलियको थियोनि जनता आर्थिक रुपमा बिपन्न नै सहि तर मानसिकरुपमा चेतन्शिल बनिसकेका थिय,त्यसैले पुर्वाग्रह राखेर गरिने नसुहाँउदो कठोर कार्वाहिको बिपक्षमा जनता अनि बिश्व उठिहाल्थ्यो !शुरु-शुरुमा जंगलिबानि नगयपनि बिस्तारै जब देशका हरेक प्रशासनिक देखि बिश्वबिधालयहरुसम्म ability भयका सक्षम युवाहरुले ओगटे अनि सरकारको रवैयामापनि परिवर्तन देखिन थालेको थियो !कम्युनिष्टको Leadership पनि दोश्रो पुस्तामा गैसकेको थियो,यो पुस्ता शिक्षित त छँदै थियो..तर पुर्व भ्रस्टहरुका मामलामा उत्तिकै कठोर देखियको थियो !सरकारले भ्रस्टहरुको कार्वाहिबाटै दुइ अरब सम्मको राजस्व संकलन गरिसकेको थियो !अनि सरकारले चाहेरपनि जब देशका प्रमुख शहरहरुमा StarBucks,MacDonald,BurgurKing अनि KFC हरुको आगमनलाइ रोक्नसकेन अनि ब्यवस्थित गर्ने तर्फ लागेको थियो !मेरो सानो दिमागले के सोच्न भ्यायो भने- सायद कम्युनिस्टहरुले China को निति अपनाइरहेका होलान भनेर !आर्थिक Improvement यिनिहरुको प्रमुख लक्ष्य थियो !


*************************


नेपालको इतिहासमा त्यतिबेला अचम्म भयो जब प्रमाणित भ्रस्टहरुले नै सरकारलाइ बिभिन्न मानव अधिकारको नाममा चुनौति दिन थाले,जसका पछाडि हाम्रो मित्रराष्ट्रको नेपालि-नेपालि लडायर मह चाट्ने स्वार्थ गाँसियको थियो,किनकि अचेल भारतिय चलखेल गर्न असाध्यै गारो भयको थियो ! नेपाल-भारतको आठसय किमि भन्दा बढिको सिमाना सरकारले आफ्ना पुरै सेना अनि शसस्त्र प्रहरिहरु एकसय मिटरको दुरिमा हरेक ठाँउमा राखेको थियो ! भारतिय मुखियाहरुलाइ पहिलेका काजुहरु नपायर छटपटि भैरहेकै बेलामा यो कुरा झन निधारमा आयको सार्है दुख्ने पिलोसरह बनेको थियो !सिमाबाट हुने अपराधहरु नगण्यमा झरिसकेका थिय भने नेपालका शहरहरुमा बसेर नेपालि उधोगिहरुलाइ अपहरण गर्ने,मार्ने अनि सिमापारिबाट टेलिफोन आतंक मच्चाउने भारतिय डाँकाहरु नेपालि भुभाग छोडेर आफ्नै मात्रिभुमिमा सुखदुख गर्न फर्केका थिय सधैलाइ, अब नेपालमा बसेर नेपालि लुट्ने दिन गयको नमिठो अनुभव गर्दै !

एउटा उल्लेख गर्नुपर्ने घटना तिनबर्षपुर्व जब नेपालि राष्ट्रपति साउदि अरबका राजा 'हमिद उल्लाह' को निमन्त्रणामा साउदि अर्थतन्त्र अध्ययनका निम्ति त्यता गयका थिय,त्यो अवधिमा घटेको थियो !भयको के थियो भने- सातसदस्यिय नेपाळि टोलि जब साउदि पुग्यो,उनिहरुलाइ एयरपोर्टमा स्वागत गर्न राजा न-आयर राजकुमार आयका थिय ! त्यस दिन साउदि राजधानिको एउटा कुनामा केहि बलात्कारपछि हत्या गर्ने हत्याराहरुको एउटा समुह र साउदि प्रहरिको जिम्मेवार पदमा कार्यरत एकजना महारथि, जो भ्रष्टाचारको अभियोगमा प्रमाणित भयका थिय -उनिहरुलाइ सामुहिक तुच्छ मृत्युदण्ड दिने कार्यकक्रम रहेछ र उता गयका रहेछन ! नेपाल जस्तो भ्रस्ट्राचारले छिन्नभिन्न भयको देशको निम्ति त्यो एउटा नमिठो तर यथार्थ उदाहरण थियो-यो रोग निर्मुल पार्नेबिषयमा !
जहाँ देशलाइ हरिकङगाल बनाउनेहरुलाइ केवल छ महिना देखि दुइबर्षसम्मको सजाय तोकिन्छ त्योपनि दुष्ट न्यायाधिषहरुलाइ मान्य हुदैन अनि टेबलमुनिबाट गरिने कारोवारले निर्दोषसाबित गरिदिन्छन !
एउटा घोर नमिठो कठोर परिवर्तन त्यतिबेला आयो नेपालमा - जब नेपालि राष्ट्रपतिले साउदि अरबबाट केहि कानुनहरु सापटमा लियर आय पाँचबर्षका निम्ति !जसमध्ये 'भ्रस्ट्राचारको निम्ति फाँसिसम्मको सजाय' थियो !सदनबाट कानुन पास हुँदाबखत सडकमा बिरोधका नाराहरु लगाइय,ति नाराहरु लगाउनेहरुमा मपनि थियँ,जस्तोसुकै गल्तिको निम्तिपनि जीवनहरण गरिने सजाय मान्य हुनसक्दैन भन्ने मेरो आफ्नो मान्यता थियो !बिरोधहरुका बावजुदपनि म्रित्य़ुदण्डको सजाय पारित भयरै छोड्यो !समाजमा रहेको अलिअलि बिरोधपनि जब पहिलोपल्ट नेपाललाइ सार्है लुटेका भ्रस्ट त्रिमुर्तिहरुलाइ दिइयो टुडिखेलमा..बिस्तारै हराउदै गयो !समाजमा एककिसिमको डरको बिजारोपण भयो- गल्ति गर्दा सजायको भागिदार भइन्छ भन्ने !
पस्चिमा राष्ट्रहरु बिरोध गरिरहन्छन्..यो बिषयको,मपनि बिरोधगर्छु...तर जब यि भ्रस्ट्रहरुका कारणले हाम्रा लाखौँ युवा मरुभुमिमा अनिस्चित जिन्दगि अनि युवतिहरु अस्मिता बेचेर बसिरहेको तस्विर सामु आँउछ म चाहेरपनि यिनिहरुको जीवनरक्षाका निम्ति बोल्न सक्दिन ! जब एउटा घाउ बिग्रेर पुरै शरिर नै काम नलाग्ने अवस्थामा पुग्न सक्छ भने बाँकि रहेको शरिरको भलाइका निम्ति त्यो अङ्ग काटेर फाल्नुको बिकल्प रहँदैन !पिडा त अवस्य हुन्छ..म्रित्युदण्ड कुनै Joke त अवस्य होइन तर देश-समाजको बिकास र सामाजिक अनुशासनका निम्ति ति कहिले निको नहुने क्यान्सरहरुको अन्त्य गर्नुबाहेक बाटो छैन ! आलोचना त यो संसारको नियम हो ! अचेल भ्रष्ट्र र फटाहाहरु टुडिखेलमा झुण्डाइने दिन कुरेर त्रासमा बाँचिरहेका छन भने,गरिब किसानहरु उब्जनि बढाउने बिभिन्न उपाय सोच्दै ! युवाहरुले सिमा र देश धानेका छन !


फाँसि दिने दिनमा देशका हरेक टेलिभिजन स्टेशनहरुमा Live देखाइन्छ ! १६ बर्षभन्दामुनिकालाइ चुरोट किन्न र फाँसिदियेको दुबै हेर्न निषेध गरियको छ !प्रायजसो छुट्टिको दिन शनिवार गरिन्छ यो काम ! म मेरि छोरि 'जया'लाइ अर्को कोठाको बेडमा सुतायर..बिस्तारै निदाउन लगाउछु अनि TV Room मा आयर मन दर्हो पारेर सबै हेर्छु !पाँच बर्षका लागि लागु गरियको यो कानुन सकिन अब डेढबर्षमात्र बाँकि छ ..धेरै भ्रस्ट्रहरु परमधाम भैसकेका छन टुडिखेलको मैदानमा ! सायद अब एकाध बर्षमा सबै सकियलान पुरानाहरु..नयाँलाइ भ्रष्टताको बाटो समाउन अलि गारो छ...कठोर सजायको कल्पना गरेर फेरि अचेल सरकारले परिवार चलाउन पुग्ने तलब दियको छ..सायद त्यसैलेपनि होला उति भ्रस्ट्रताका कथाहरु दोहोरियका छैनन !


*******************

सदर खोरबाट तिनजना कालो कपडाले टाउको छोपियका मानिसहरुलाइ सेनाको मोटरमा ल्याइयो टुडिखेलमा ! फाँसि दिनुपुर्व KFC बाट ल्याइयका केहि परिकारहरु र Ice Coffee पिउन दिइयो !
बाँकि दुइजनालाइ त प्रष्ट चिनिन तर एकजनाचाहिं टाढैबाट अलिअलि देखेँ.. bad Loan दियर राष्ट्रिय बैक़लाइ टाट पल्टायका पुर्व बैँक अध्यक्ष महोदय रहेछन ! उनको अन्तिम समयमा पनि मलाइ सहनुभुति जागेन...वरिपरि का मान्छेहरुका आँखामा हेरें ,सबैमा उनिहरुप्रति घृणा भरियको पाँय !
भ्रस्ट्रहरुलाइ झुण्डाउने समय आइसकेको थियो,म छोरि उचालेर सामाखुसितिर लागे, भारतिय राजदुतावासको बाटो हुँदै.....त्यहि गेटको बाटो भयर पैदल जाँदै थिँय..पार्किङ्ग लटमा राखियको प्राडो मोटरको पछिल्लो सिटमा बसेर..राजदुत..कपाल कन्याइरहेका थिय ,सायद त्यसभन्दा उपयुक्त काम यतिबेला नभयकोले होला !!!! म उनिहरुको एकपल्टको अघोषित शासन सम्झेर ब्यङगको हाँसो छोडेर बिस्तारै अगाडि बढेँ !!

******* The End ******

   [ posted by SateLite @ 08:45 AM ] | Viewed: 1603 times [ Feedback]


: