:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poems
Saturday, May 13, 2006 | [fix unicode]
 

बिचारका बन्दुकहरु

काडांले घोच्यो तिमीलाई,रगताम्ये भए अङ्गहरु
तैपनि सबैलाई फूलले नै स्वागत गर्‍यौ
आफ्ना सम्झि बिश्वास गर्यो,थिएनन् ति तिम्रा गल्तिहरु।

त्यसैले चलाउ बिचारका बन्दुकहरु
भत्काईदेउ स्वार्थले भरिएका सम्बन्धहरु
बगे बग्छ खोला यंहा,खेल रगतका होलीहरु।

आखिर के पायौ त,घात बाहेक,अनि प्रतिघात बाहेक
त्यसैले जलाईदेउ तिनका सम्झना अनि बाचाहरु
चलाईदेउ,बिचारका क्ष्येप्यास्त्र अनि मिसाईलहरु।

भगवानको रूप लिएर तिम्रा अगाडि यि दानव प्रकट हुनेछन्
साबधान ! लाक्क्ष्या गृह तयार भै रहेछ तिम्रो लागि
त्यसैले तयार गर तिम्रा बिचारका गाण्डिभहरु।

मुसुक्क हांस्दै झुत्तिए तिम्रा आंगनमा ति जालिहरु
सुरक्षित भबिष्यको पुर्ण बिराम खोजेका थियौ तिमिले
यिनले त दिए केबल,अन्योल अनि सुरक्षामा प्रश्न चिन्हहरु।

त्यसैले सिहंनाद गर्दै चलाउ बिचारका बन्दुकहरु
तोडिदेउ ति स्वार्थले उभ्याईएका टहराहरु
बगे बग्छ खोला यहां, खेल रगतका होलीहरु।


उत्तम अपहेलित
मार्केट युनिभर्सिटि
मिलवाकी, वीस्कन्सिन
अमेरिका
मिति: जनवरी २२, २००६


साबधान - नाता रगतको

उसलाई तिम्रो आंशु सित के वास्ता
उ आफ्नै दुनियाँमा हाँसी रहेको हुन्छ
आश्रय खोज्दै तिमी उसको छेउ पुगौला
उ आफ्नै प्रकृती* सँग खेली रहेको हुन्छ।

तिम्रो धर्म संग उसलाइ केहि सबाल छैन भने
तिम्रो धर्म, उसलाई अधर्म हुन सक्छ
उसको धर्मले तिमिलाई पराई ठान्छ भने
"नाता रगतको","भ्रम" तिम्रो तोडिदिये हुन्छ।

उसले न्याय सबै चाटिसक्यो
अन्यायले तिमिलै नै झाटिसक्यो
सोझो औलाले घिउ आउदैन भने
अब औला बंगाये हुन्छ।

साबधान !
आफ्नो सम्झि मन-पेट फुकाउला तिमि
उसले तिमिलाई आफ्नो नठानेको पनि हुन्छ,
उस्को अगाडि किन आफ्ना चोट देखाछौ तिमि
बन्द कोठामा ढुंगाको मुर्ति "अङालि" बरु रोए हुन्छ।

उत्तम अपहेलित
मार्केट युनिभर्सिटि
मिलवाकी, वीस्कन्सिन
अमेरिका
Date - 2-10-06

   [ posted by Uttam "Apahelit" @ 02:36 PM ] | Viewed: 2058 times [ Feedback]


: