Posted by: Hem Narayan Chhantyal May 28, 2018
नफर्किने गरि नेपाल जाने सोच
Login in to Rate this Post:     0       ?        
यता आको ८ वर्ष भयो..आउदा लक्का जवान थिए, ऐले हल्का बुडो भाको अनुभव आफै गर्दै छु, हास्दा आखा को डिल मा सानो सानो चौरी देखिन थाले..था छैन अमेरिका नाआको भए खाडी तिर हुन्थे कि कोरिया तिर..वा नेपाल को ३० ३५ हजार को सरकारी जागिर मा रमाउदै हुन्थे होला...एकदम नै सानो परिबेस बाट आको यता adujust गर्न सारै गारो भयो सुरुका दिन..जसो तसो आफुलाई सम्हाल्दै गए..सुरु सुरु मा साथी हरु ले ग्रीन कार्ड को लागि गरेको संघर्स देखेर दिक्क लाग्थ्यो.. आफु लै नि कैले पदाई सकु अनि ग्रीन कार्ड लिएर फमिली लाई यता बोलाऊ हुन्थियो..कुरो बुज्दै जादा मेरो अरु को जस्तो सजिलो रैन रहेछ ग्रीन कार्ड लिन...६ -10 वर्ष लाग्ने रैचे मेरो..( government bonding ) ले गर्दा...तेती बेला gc पाए संसार नै जित्छु जस्तो लग्थियो ऐले अब घर को दैलो मै दिन औचु भन्दा नि दैलो सम्म जाने जागर छैन ( सबै कुरा उमेर रहेछ )
अब उमेर ३०+ भाको नि २ वर्ष भयो...सन्तान जन्माउने मनोबैज्ञानिक दबाब छ..यता सन्तान जन्मौ को उतै अलि दोधार मै छु..मेरो आफ्नो सोच चै उतै गएर सन्तान जन्माएर उतै हुर्काउने छ...तर कति चै मलाई मुर्ख नि भन्छ..हुन नि हो कति नेपाल का नाम चलेका कलाकार सन्तान जन्मौना को लागि कति संघर्स गरेर यता औछन( नेपाल मा भबिस्य छैन रे) ..मलाई चै यहाँ बच्चाहरु को भबिस्य नहोला जस्तो लाग्छ...यहाँ का मान्छे मान्छे कम रोबेर्ट बढी लाग्छ...सोझो हिसाब ले सोच्दा मलाई यहाँ खासै बस्न मन छैन श्रीमती को नि लगभग तेइ चाहना छ..तर कैले कै नेपाल मा गएर ~बाबा जी का ठुल्लु ~ हुन्छु कि जस्तो लाग्छ...यहाँ को जिन्दगि राम्रै छ..राम्रो जिन्दिगी बाचेर नि वर्ष को १ लाख dollar बचत हुन्छ.. यहाको $$$ कै भर मा नेपाल मा कति आफन्त को भरथेग गरेको छु..kathmanu मा जग्गा जोडेको छु.. जसको मूल्य लगभग ३ करोर को हरिहरि छ..एउटा suitcase मा गुन्द्रुग बोकेर आएको म ७ ८ वर्ष म लगभग ७ ८ करोड को सम्पति जोडेको छु... मेरो यहाँ सम्पति को नाम म ४ ५ हजार पर्ने गाडी मात्र छ कामको सबै नेपाल मै लगानी गेरको छु...

सुरु देखि नै काम गर्न अनि तलब मा चल्ने बानी पर्यो...नेपाल मा गएर केहि व्यापार गरौ भन्छु ..तातो भुत्लो केहि औदैना.. हुन् त मेरो ज्ञान र शिप बेच्दा नि नेपाल मा मासिक एक लाख जति औचा कि जस्तो लाग्छ....धुवा धुलो प्रदुषण ..बेरोजगारी सबै छ तर नि यो कुनै चिज ले रोक्न सकेन...८ वर्ष मा कैले अमेरिका को सपना देखिन..सपना नि नेपाल कै देखते मा राती...म एक मैना लाई नेपाल जादा ३ मैना सम्म बसेको उदाहरण छ..

मैले के गर्दा ठिक होला?? अरु साथी लाई नि येस्तै हुन्छ कि म फरक जन्तु भाको हो ?? यो मनस्थिति नजिक भाका साथी होरु ले आफ्नी धारणा राख्न अनुरोध


Read Full Discussion Thread for this article