Posted by: tito-satya September 27, 2017
नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का मुर्ख महामानबहरुलाइ खुला पत्र
Login in to Rate this Post:     1       ?         Liked by
हैन हौ पासा हरु ! मैले अझ बुझ्न नै सकिन कुरा !

यहाँ को दोसी या को न दोसी छ भन्ने कुरा भन्दा पहिला के त्यो निक्की नानि ले भनेको सबै कुरा सत प्रतीसत सहि छ भन्ने आधार के छ हौ ! एउटा केटि ले एस्तो एस्तो भयो भन्ने बित्तिकै, के उसको बोलि लाइ राम बाणी ठान्ने अनि सत्य त्यी हो भन्ने judgement मा पुग्ने कि, प्रमाण हरु को आधार मा judgement मा पुग्ने ?

अब यहाँ कुरा आउछ हाम्रो साथि हरु बाट अनि आएको पनि छ, यदि तेरो आमा बहिनि दिदि लाइ कसैले निक्की ले भने जस्तै कुनै अर्को सुशील ले गरेको भए के त भन्ने कुरा पनि आएका छन् ! मैले सुरु देखि नै भन्दै आएको, यदि सुशील ले त्यस्तो नै गरेको प्रमाण छ भने, त्यसको चाक् मा कोर्रा हान्नु पर्छ, तर हान्नु भन्दा पहिला प्रमाण पनि हुनु पर्छ कि उसले आरोप लगाए अनुसार को कुरा गरेको हो भनेर !
मेरो बहिनि आमा या छोरी को कुरा नै भएन, यहाँ प्रमाण को कुरा हुन्छ हौ !मेरो छोरी यहाँ बहिनि यहाँ आमा हो अनि उनि हरुले भनेको सबै सत्य हो भनेर मा त्यसमा पछि लाग्दिन ! तपाई हरु लाग्नु हुन्छ भने पनि ठिकै छ, त्यो तपाई हरु को बिचार हो ! जो सुकै होस्, चाहे मेरो आमा अनि छोरी नै किन न होस्, पहिला प्रमाण चाहिन्छ !
फेरी निक्की नानि को कुरा सुन्दा उनि ५ बजे बिहान त्यो ठाउँ मा ओर्लेको थिइन् प्लेन बाट, पक्का रूम पुग्दा ५.३० त बजेको थियो होला ! उनि लाइ त्यस्तो खतरा महसुस हुने बित्तिकै त्यो रूम छोड्न सक्थिन ! त्यस्तै बियर को प्रस्ताब राखेको कुरा मा त दुइ कुरा देखियो, सुसिल ले हैन भन्यो, निक्की ले हो भनिन ! अब कसको कुरा पत्याउने अनि बिस्वास गर्ने !

के निक्की केटि भएको ले उसले भनेको चै सत्य मान्ने ! अनि सुसिल केटा भएको ले उसले भनेको असत्य मान्ने ! यदि हामि यसरि नै महिला अनि पुरुष लाइ हेर्ने दृस्टीकोण बनौछौ भने त यो त झन् पो महिला माथि असमानता को सोच ले हेरेको भएन त !

एका तिर महिला पुरुष समान हुनु पर्छ भन्छौ अनि अर्को तिर कुनै आधार अनि प्रमाण नै बेगर एउटी केटि ले चलाएको प्रोपोगान्डा को पछाडी लागेर एउटा केटा को घर परिवार नै तहस नहस गर्ने मा हामि लागेका छौ !

फेरी पनि, कुनै बयस्क व्यक्ति ले अर्को बयस्क व्यक्ति संग सेक्स नै गर्ने प्रास्ताब नै राख्यो भने के नै गलत भयो त ! यहा त प्रस्ताब पनि राखेको छैन ! न छोएको छ !  न त प्रामाण नै छ त्यस्तो ! मात्र अनुमान को भर मा कसै लाइ दोषी ठान्न चै पाइदैन !

यो कुरा हामि मा पनि लागु हुन् सक्छ ! भोलि कुनै केटि ले यस्तै गरि आरोप लगाउने बित्तिकै, के हामि केटा जाति ले गल्ति नै गरेको भन्ने त !

Last edited: 27-Sep-17 10:58 PM
Read Full Discussion Thread for this article