Posted by: Sajha Info August 27, 2017
Where do people post about room availability now?
Login in to Rate this Post:     0       ?        
नेपालसाइकोजी

तपाइंको टिप्पणीको लागि धन्यबाद | यसै प्रसंगमा केहि कुराहरु प्रस्ट पार्न जरुरि देखिन्छ |

सर्वप्रथम कुरा चाहिं $१० र $२० को नभई $० (सुन्ना) र $५.९९ को हो | $० (सुन्ना) हुँदा कसैको केहि व्यक्तिगत जानकारी अवगत गर्नु पर्ने हुन्दैन र त्येसको परिणामस्वरूप जथाबाभी पोस्ट गर्ने स्वतन्त्रता हुने भएकोले कसैलाई केहि आपत्तिजनक, जालझेल वा कानुन बिपरितको केहि हर्कत हुन गएमा जिम्मेवार पक्ष्यलाइ उत्तरदायी बनाउन सक्ने स्थिति हुन्दैन  |जबकि हालै सुरु गरिएको न्युनतम शुल्कको कारण जिम्मेवार पक्ष्यको कानुनि रुपमा राम्ररी पहिचान हुन्छ | जसको फलस्वरूप कानुन बिपरितको कामकुरो निर्मुल गर्न सजिलो भएको छ |

तपाइंले अभियान गर्नु भएको  सतर्कता अपनाउने भनेको सामान्य ज्ञान हो | लोग्ने स्वास्नीको त २ दिनमा मनमुटाब हुन सक्छ भने कोठा रेन्ट गर्दा मनमुटाब हुन सक्ने कुरा सामान्य हो र त्येस्तो परिस्थि नल्याउन सबैले सबै कुरामा सामान्य ज्ञान प्रयोग गर्नु पर्ने कुरामा दुइ मत हुन्दैन |

अब कुरा आयो तपाईं नेपालसाइकोजीको साझामा पोस्ट भएका classifieds का बिरुद्ध multiple पोस्तिंगहरु | तपाइंले अहिले सम्म ४ - ५ वोटा यस्ता कुरा पोस्ट गर्नु भएको छ | माथि भनेझैं यस कुरा सामान्य ज्ञान अनि interpersonal issues बाहेक अरु केहि होइन | नभए बाटोमा बसेर हरेक बटुवालाइ सतर्कता अपनाउनु पर्छ भन्दै हिड्दा कतै आफैलाई अरुले औंला ठड्याउने त होइन? यस्तो नभए तपाइंलाई कि त साझाको classifieds संग केहि गुनासो होला या त साझाले शुल्क राखेकोमा गुनासो होला | के कस्तो गुनासो हो त्यसलाई खुलाउनु भएमा बरु त्यसको उत्तर दिने जमर्को गर्न सकिने थियो |

तपाइंको अनि सबै शुभचिन्तकहरुको मद्दत अनि मायाले गर्दा अझै अरु नेपालीहरुलाई साझाको मार्फत एक अर्कालाई सहयोग पुराउन सकुन |

धन्यबाद

Last edited: 27-Aug-17 06:31 AM
Read Full Discussion Thread for this article