Posted by: timi_mero_sathi August 17, 2017
शिर्सक आँफै राख्नुस्
Login in to Rate this Post:     0       ?        

भाग ४


दुइ भाई लाई खास दुखः थिएन. बिहान उठ्यो, नुहाई धुवाई गर्यो , बाबा गोरखनाथको पुजा गर्यो तेस्पछी माग्न गयो ६ बजे देखि ९ बजे सम्म. ९ बजे पछी मठमा फर्क्यो नास्ता खायो, सीबबुटी तान्यो. दिउसो सिबको भजन गायो, बेलुका फेरी ५ बजे देखि ८ बजे सम्म रेल स्टेशनमा माग्न गयो फर्क्यो, खाना खायो, सिब को भजन, अनि सुत्यो

यो दिन्चार्य्हा कुनै गारो थिएन

हेमराज लाई चाहि बाबुले भनेको एउटा कुराले सधै सताई रहन्थ्यो" बाबु पढ्न पर्छ है, पढेर ठुलो मान्छे हुन पर्छ".

उसलाई पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, भाई लाई पढाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो, उसले गाउँमा नै मजाले अक्छेर चिनी सकेको थियो, किताब हरु पढ्न सक्ने भई सकेको थियो

ऋतुराजले चाहि अक्छेर त चिने को थियो तर किताब भने कनी कुथी मात्र पड़ना सक्थ्यो



एक दिन हेमराज ले उसको इकच्या जोगी लाई भन्ने विचार गर्यो

खाना खाएर बेलुका सुत्ने बेलामा उसले जोगी लाई भन्यो "बाबा मै पढ्न चाहता हु, भाइ को भी पढ़ाना चाहता हु, मेरे पिताजी कि भी येही ईक्षा थि”

जोगीले एक पटक उसलाई अचम्म साथ् हेर्यो, मानौ सन्सारको आठौँ आश्चर्य उसको अगाडी खडा छ

क्या करेगा पढ कर? मालुम है मैने कितना पढ़ा है ?

म्याट्रिक पाश हु मै, सेकेन्ड डिविजान मे

मेरे जैसे म्याट्रिक पास बडा बाबु बने फिर्ते है यहाँ

लेकिन मै तो जोगी बन गया

तुम दोनो बिना म्याट्रिक के मेरे जैसे जोगी बन गए , क्या यह काफी नही है ?



हेमराज केहि बोलेन, चुप लगेर सुत्न गयों

जोगी भने रात भर सुत्न सकेन, सायद उसलाई आफ्नो बचपन याद आयो होला



एक हफ्ता पछि जोगीले कहाँ बाट हो कुन्नि केहि पुराना किताब ल्यायो

“लो यह दस किताबे तुम्हारे लिए है, यह किताबे सब पढ़ोगे तो तुम भी म्याट्रिक पास कर लोगे”

बाकि दस किताब ऋतु के लिए है यह दस किताबे पढ्ने के बाद वोह तुम्हारा दस किताब पढ़ेगा, म्याट्रिक पास कर्ने के लिए इतना काफी है

फुर्सत मेह यह किताबे पढ़ना

बिज्ञान, हिसाब, अंग्रेजीका किताब हरु थिए ति

उनीहरु प्रतेक वर्ष शिबरात्री मा काठमाडौँ आउथे, तेसकारण काठमाडौँ नया थिएन उनीहरु लाई, शिबरात्रीको बेला उनीहरु काठमाडौँमा भजन सुनाएर जात्रु हरु लाई मुग्ध पार्थे, भक्तजनले पनी पैसा खुबै दिन्थे, आम्दानी राम्रै हुन्थ्यो

हेमराज र ऋतुराज लाई यही जिबन रमाइलो थियो तेसकारण काठमाडौँ आएको बेलामा पनी कहिले मामाघरको खोजीनिती गरेनन उनीहरुले.

+++++++++++++++++++++++++++++

समय घुमे को घुमै छ,

छ वर्ष येसरी नै बित्छ , हेमराज र ऋतुराज ले सबै किताब पढी सिध्हायी सके, बास्तवमा ऋतुराज दाई भन्दा निकै चलाख निस्क्यो. छ बर्षमा उसले दस क्लास सम्म कै सबै किताब पढी सकेको थियो

कहिले कहिँ उसलाई लाग्छ जिबन एक खेल हो, फुटबल खेल, कुन बेला कुन मोड लिन्छ थाहा नै हुन्न आन्तिम सम्म प्रयास गर्नु खेलाडी को काम हो तर जित र हार सानो सानो कुरामा अड्किए को हुन्छ.


सायद भगवान लाई अझ बडी नाटक गर्नु थ्यो, सान्त भई सकेको हाम्रा पात्र हरुको जिबनमा एउटा अर्को छाल आयो

सातौ वर्षमा जोगी लगातार बिरामी भयो, बल्ल तल्ल रोग पत्ता लग्यो टि बि भएको रहेछ. टि बि को औसधि छैन रे, मान्छे बिस्तारै मर्छ रे.

“यसपालीको शिबरात्रिमा काठमाडौँ जान नपाइने भईयो” हेमराज सोच्छ

शिबरात्रिको पन्ध्र दिन आघि जोगी ले हेमराज र ऋतुराज लाई बोलाएर भन्यो

“देखो इश बार शिबरात्रि मे मै काठमाडौँ जा नही पाऊंगा, लेकिन तुम दोनो जाना, वहा भगवान सिब से मेरे लिए दुवाये माग्ना”

"जरुर करेंगे बाबा" दुवै जना एक साथ् भन्छन

"शिबरात्रिके बाद नेपाल मे हि रहेना, गोरखपुर म़त आना, लगता है अब एक बर्ष मे मै मर जाउंगा”,

मेरे मर्ने के बाद तुम दोनो के लिए यह जगह ठिक नही है, जाओ नेपाल जाओ, लेकिन हरसाल शिबरात्रीमे मुझको जरुर याद करना, इश दुनियामे मेरा कोइ नही है तुम दोनो कि सिवा"

र, एकदिन बिहान हेमराज र ऋतुराज दुवै आँखामा आशु लिएर जोगी संग बिदा भए काठमाडौँमा शिबरात्री को मेला भर्न, जाने बेलामा जोगी ले दुवै लाई १००/१०० रुपिया दिदै भने को थियो “देखो इश पैसे को खर्च मत करना, जब तुम लोग दो सौ रुपिया जमा करोगे तब जाकर येह पैसे खर्च करना

उनीहरुको साथ्मा, एक झोला सातु, 10 वोटा किताब २ जोर लुगा, बस तेत्ति थियो

शिबरात्रीको दुइ दिन अघि उनीहरु काठमाडौँ आइपुगे जोगीले मनाउने ठाममा उसले जस्तै गरि शिबरात्री मनाए, अन्तिम दिन दक्चिना लिए सकेपछि कहाँ जाने भन्ने भो उनीहरु लाई,

काठमाडौँमा पाटि हरु थुप्रै थिए, बस्न लाई खास समस्या थिएन, मामाघर खोज्न जाने कि महाराजगंजमा भन्ने पनी भो तर दुवै भाईले अन्तिममा एक पल्ट आफ्नो गाउँ जाने सल्लाह गरे.

जोगी कै रुपमा माग्दै सातौ दिन उनीहरु आफ्नो गाउँ हुक्का पुगे, गाउँमा उनीहरु लाई कसैले चिन्ने कुरा भएन , काकाले उनिहरुको घर जग्गा सबै कब्जा जमाएका रहेछन

बिस्तारै कुरा बुझ्दै जादा उनीहरुको दिदि लुरी, नेपालगंजको घरबारी टोलमा बसेकी छिन भन्ने थाहा पाउछन.

जोगी भएर माग्दै उनीहरु नेपालगंज पुग्छन, पहिलो दिन धेरै घरमा

पानि दिदि को घर पत्ता लगाउन सकेनन, दोस्रो दिन पहिलो घरमा उनीहरु ले गाउन सुरु गरे

तेरे द्वार खडा भगवान, भक्त भर दे रे झोली

डोल उठी सारी धरती देख रे डोला गगन है सारा

भिख माग्ने आय तेरा घर जगत का पालन हारा रे

जगत का पालन हारा



घर बाट एउटी दुब्ली पातली, अग्ली आइमाई निस्कंचिन अँजुली भरि चामल लिएर. ऋतुराज बिचरा लाई त आफ्नो दिदिको अलि अलि पनि याद छैन, हेमराज लाई चाही संका लाग्छ लुरी दिदि हो कि भनेर,

झोलामा भीछ्या थाप्दै हेमराज भन्छ "माते हामि हुक्का गाऊको" हाम्री दिदि येही कतै बस्छिन भनेर खोज्दै आको"

"हुक्का गाउँको को तिमि हरु? दिदिको नाम के हो"? तिनी सोध्छिन



म हेमराज र उ मेरो भाई ऋतुराज, हाम्रो दिदिको नाम लुरी

यो सुनेर ति आइमाई जो लुरी नै थिन, लाई रिंगटा लाग्यो, उ एकफेरा गाउँमा भाई खोज्न पनि गाकि हो, काकाले गाउँलेको पैसा चोरेर तेरा भाई हरु भागे भने, उसलाई विश्वास त लाग्या थिएन, उसले काठमाडौँ मामाघर र अरु नाता गोता सबै कहाँ गएर भाई हरु खोजेकी हुन्, तर भाई हरु फेला पार्न सकिन

आज आफ्ना भाइहरु लाई आफ्नै घरमा जोगी को रुपमा भीक्च्या माग्न आउदा उसलाई के भयो होला ?

लौन नि भनेर दुवै भाई लाई अंगालो मारेर रुन थाली उ,

हेमराजले बुझी हाल्यो इनै उसकी दिदि हो भनेर, धेरै वर्ष पछि भेट भाको, उसले पनि मन थाम्न सकेन उ पनि रुन थाल्यो

दुइ जना रोयको देखेर ऋतुराज पनि रुन थाल्यो

यो परिवारले धित मर्ने गरेर नरोएको पनि धेरै वर्ष भएको थियो, दिदि भाई आँगनमा बसेर धेरै बेर सम्म रोइ रहे.

क्रमश:
Read Full Discussion Thread for this article