Posted by: Raam Raam April 8, 2017
Fly Dubai airlines racist against Nepali passengers
Login in to Rate this Post:     0       ?        
lu yo pani heram na ta.

एयर अरेबियाका कर्मचारीको दादागिरी बाह्रखरी २०७३ चैत २६ शनिबार ११:४१:०० वैदेशिक रोजगारीका लागि जाने र फर्किने हजारौं नेपालीहरू दैनिक संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न विमानस्थलबाट नेपाल उड्छन् । त्यसमा सबैभन्दा धेरै यात्रु बाकेर नेपाल आउने विमानमा पर्ने रहेछ, एअर अरेबिया । संयोगले अघिल्लो महिना म पनि भ्रमणको सिलसिलामा यूएई जाँदा र आउँदा एयर अरेबिया नै पर्यो । एयरलाइन्सका कर्मचारीले नेपालीलाई निकै हेप्छन् भन्ने यसअघि नै सुनेको थिएँ तर पत्यार भने लागेको थिएन । यसपटक आफैं देख्न पाएँ र भोगें पनि । एयरलाइन्सका कर्मचारीको दादागिरी भनौं या हेपाहा प्रवृत्ति— हाम्रै विमानस्थलबाट सुरु हुने रहेछ । त्यसमाथि पनि यूएईको विमानस्थलमा नेपालीसँग ४ हजार रुपैयाँ घूस मागेको देख्दा झनै दिक्क लाग्यो । घटना करिब एक महिनाअघिको हो । एक हप्ते दुबई बसाइपछि म नेपाल फर्किंदै गरेका बेला सारजाह विमानस्थलमा सुरक्षा जाँचपास गराएर विमानमा चढ्न लाग्दा एयरलाइन्सका कर्मचारीले दुई नेपालीलाई रोकेर र्‍याखर्‍याख्ती पार्दै थिए । मलाई लाग्यो— केही गल्ती गरे होलान् वा टिकट मिलेन होला । उता विमानमा यात्रु चढ्न ठिक्क परिसकेका थिए, यता दुई नेपाली छटपटाइरहेका थिए । उनीहरूको अवस्था बुझ्न मन लाग्यो । नजिकै गएर सोधें । उनीहरूसँग एयरलाइन्सका कर्मचारीले ४ हजार रुपैयाँ घूस मागेका रहेछन् । सबै कुरा मिलेर पनि ह्यान्डक्यारी ठूलो भएको भन्दै उनीहरूलाई राखिएको रहेछ । झोलाभित्र हेर्दा केही थिएन । रित्तो जस्तै झोला ठूलो भएको भन्दै बहाना बनाएर नेपालीबाट रकम झार्ने मेसो रहेछ । दुई नेपाली र एयरलाइन्सका कर्मचारीको जुहारी चलिरहेका बेला विमानस्थलमा एकजना नेपाली आइपुगे र ती दुई जनाको नजिकै गएर भने, “यो माल हान्ने मेसो हो, नडराउनू । चुप लागेर बस्नू । विमानमा मानिस चढाउन थालेपछि आफैं छाड्छन् ।” उनीरू पनि पैसा नभएको भन्दै बसिरहे । विमानमा यात्रु भरिन थालेपछि कर्मचारीहरू एक—एक गर्दै छेउ लागे । नेपालीहरूले बल्ल छुट्कारा पाए र विमान छिरे । विमानमा उनै व्यक्तिसँग बस्ने मौका मिल्यो । कुरा गर्दै जाँदा उनी यूएईको एक सेक्युरिटी कम्पनीमा काम गर्दा रहेछन् । प्रत्येक ६ महिनामा उनले घरबिदा पाउने रहेछन् । उनले सुनाए, “नेपालीहरूलाई यति धेरै हेप्छन् कि हजुर, कुरा गरी साध्यै छैन । महँगो पैसा तिरेर उनीहरूको विमान चढ्नुपर्छ, सित्तैमा बोकेजस्तो गर्छन् । अझ काम गरेर नेपाल फर्किने नेपालीहरूका अनुहार हेरेर एयरलाइन्सका कर्मचारीले दुःख दिन्छन् । सोझो अर्थमा भन्नु पर्दा लुटेरा नै हुन् कर्मचारी । म नआएको भए यी दुई जना पनि फस्ने रहेछन् ।” उनले सुनाएअनुसार उनी जतिपटक यो विमान चढेका छन्, त्यति पटक कुनै न कुनै नेपालीलाई कर्मचारीले दुःख दिएको देखेका छन् । “मलाई पनि पहिलो पटक यसैगरी दुःख दिएका थिए, १ सय दिराम नदिई छाडेनन् ।” नेपालबाट भिजिट भिसामा जानेहरुको पैसा जाँच्ने बहानामा चोर्ने एयर अरेबियाकै कर्मचारीको बारेमा अर्को पटक लेख्नेछु । lu yo pani heraam na ta
Read Full Discussion Thread for this article