Posted by: Mrigtrishna April 6, 2017
तिमी अनि तिमी
Login in to Rate this Post:     4       ?         Liked by
शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको
फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको

 हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ
पलपल तडपाउन बताश चल्छ तिम्रो नामको

तिम्रो नाम भ'का मान्छे सबै आफ्नै हुनकि जस्तो
सुन्छु जब अनयसै आभाष चल्छ तिम्रै नामको

राती राती सपनीमा माफी माग्दा तिम्ले अचेल
बिर्सेंर पिडा मनमा भिन्नै मिठास चल्छ तिम्रै नामको

जीवन रित्तो अनि आत्मा खोक्रो बनाइ गयौ मेरो
जिद्दी मनमा अझै पनि बास चल्छ तिम्रै नामको

- मृगतृष्णा


 
Read Full Discussion Thread for this article