Posted by: magorkhe1 February 14, 2017
यमराज सँग भेट हुने निधो भए पछी
Login in to Rate this Post:     0       ?        
BT ब्रो : माथिको उखान आफैलाई लागु हुने हुनाले कोरेको हु |

जाठो काम खोज्दा खोज्दा हैरानै भै सकियो | अनुहार हेर्दा मेक्सिकाने संग ठ्याक्कै मिल्छ | ग्रोसरी स्टोर छिर्यो कि स्पेनिश भाषा मा बोल्न आउछन अनि आफुले जानेको स्पेनिश शब्द " से हाब्ला नो स्पेनियोल" | यो शब्द को पाठ येति राम्ररि गरियो को टोन पनि उस्तै लागेर होला " पोर्चुगिज" शब्द सुने पछि त पोर्चुगिज होस् वा बोल्छस जे भने पनि अर्को जानेको " से फल्मामोस नो पोर्चुगिज " भन्न पछि पर्दिन | अनि एसो तल देखि माथि हेरेर ए जाठो त अमेरिका आएर ठुलो भईस भन्दै टाडीइञ्छन | सुन्नु भएकै होला " म्याकडोनाल्ड" मा काम गर्ने कालेले काले झैँ नबोलेर गोरे झैँ नक्कल गर्यो भनि झगडा गर्न आएको समाचार पढेको थिए | धन्न तेस्तो चै भएको छैन तर काम खोजाइमा भने अबस्यनै भएको छ , मुखले नभने पनि ब्यबहारले देखाई सक्यो |
फेडरलमा सेलेक्सन पनि भए क्लियरेन्स लिन आमा बाउ देखि दाजु भाइ सबैको जन्म मिति देखि कहा काम गर्यो सबै हाल्नु पर्ने | फसादको कुरा सबै जसोले पैसा चलाएका छन् दिने नाम निसान छैन : म भाइ होइन बाउ हु बाउकै त हो ? चलाए त चलाए भन्ने ठान्छन | एउटा गुले भाइ थियो कहिले काही एसो फोन बाट इन्फोर्मेशन लीइन्थ्यो मुजी सनक्क सन्केको कुरा नेपाल गएको बेला म त भागि भागि हिडेको छु भने पछि मात्र थाहा भयो त्यो पनि दिदीले सुने पछि हैन के गर्यौ कान्छो भाइ लाइ भागेर हिड्छ रे ? लौ भन्नुस त अब के गर्ने ? भएका दाजुभाइ दिदि बहिनी कसैको नाम नराखी sf86 भरेको मिलेन भन्छ अनि यो गुले रास्ट्रपति आए पछि त रजिस्ट्री मेल त्यो पनि हुलाकमै गैर लिनु पर्ने पठाएको थियो : के रहेछ भन्दा त्यो काम पनि छैन रे ?
UBER चलाउनु पर्यो भनेको जाठो गाडि पनि पुरानो पर्यो अनि सेलमा APP राख्न सकिएको छैन, हेरी मर्नु भन्दा छेरी मर्नु जाति भन्थे अनि एउटा गुलेको महान बाणी सुने पछि रजिस्टर गरेको हु | UBER ड्राइभ गर्नु भनेको ट्याक्सी ड्राईभर बने जस्तो होईन रे ? नेपालमा हुदा मेरा मित्रको हाकिम संग भना भनि हुदा गधा शब्द निस्किए पछि उसको बचाब चै गधा जस्तो मानिस भनेको हु गधा नै चै भनेको होईन रे ?उनको यो तर्क मेरो शुक्ष्म दिमाग भित्र पसे पनि अहिले सम्म पच्न सकेको छैन भने यिनको यो ट्याक्सी ड्राईभर होईनौ  (Escort vs Prostitute)  पनि त्यसै संग मितेरी लगाएर बसेको छ | भएन भनि subway मा काम सिकौ भनि खोज खाज गरेको त ९०% त भारतीयमुल्काकै रहेछ  | मेरा गुरुले सुनाएको उन्खान " बाहुन घरका पैसा कतै नजाउँन " किन भन्दा ससुरालीमा पुजा आजा र श्राद्द गर्नु पर्ने भए पहिलो प्राथमिकता ज्वाइले पाउने रे ? यिनको पनि ठ्याक्कै तेस्तै रहेछ | जाठो ग्यास स्टेसन र भाते पसलमा मात्र हो Employee  चाहिने र राख्ने ?
प्राय जस्तो सबै काम हरु भित्र भित्रै भरीइ सक्छन अनि यी मुजी खैरे हरु अरुले काम ओगटे भने अफाह फ़ैलाउछन | जाठा हरु चिनेको र आफन्तलाइ छिरायो अनि अर्को बिचरा घोटिएको घोटिऐ , यी पनि कम पाखण्डी छन् र ? यिनका मुखमा राम राम बगलीमा छुरा हुन्छन  | जाठा जाठि हरुका स्टाफ़िङ्ग एजेन्सीमा बोलाएर पेपर वर्क सिध्याए पछि नत फोन उठाउछन न त् इमेल कै जबाफ दिन्छन | कोटा पुर्याउनु थियो पुर्याए | अन्तरवार्तामा गए पनि अनुहार र बोलि सुन्ना साथ् IT guy का ?  बाट हिसाब किताब मा आइपुग्यो भन्ने होलान ?
 एउटा चिनेको साथि ओहायोमा काम खोज्दा खोज्दा दिक्क भएर नामै फेरे दाई तै पनि हात लाग्यो सुन्ना रे | Shyam Bahadur बाट Sam हुन पुग्यो रे ? म पनि न्वारन गर्नलाई तम तयार भएको छु | मछिन्द्र बहादुर गोर्खाली को नया नाम के राख्दा ठिक होला ? साझामा चै मगोरखे अनि पहिलो गोर्खे भएर १ पनि राखी हाले |
यमराजको बाट फिर्ता आएको मानिस हु म , लौ मेरो न्वारान गरिदिनुस अनि काम पाइन्थ्यो कि ?

साभार: साथीभाईका नया पुराना कुरा
Last edited: 14-Feb-17 10:22 AM
Read Full Discussion Thread for this article