Posted by: lamjung January 20, 2017
अमेरिकी इतिहासमा सबै भन्दा ठुलो बिरोध
Login in to Rate this Post:     0       ?        
अनुमान गरिन्छ

डोनाल्ड जे. ट्रम्पले ४५ औ राष्ट्रपति ले ओहदा र सपथग्रहण गरेको दिन, आज, अमेरिकी इतिहासमा सबैभन्दा ठुलो बिरोध प्रदर्शन देखिने अनुमान गरिन्छ। अहिलेको सम्मको अबस्थालाई हेर्दा पक्ष र बिपक्ष बीच एशियाई मुलुकमा झै ठाउँ ठाउँमा झपड़ हुनुका साथ सैयौं घाईते हुने र दस जानसम्मको ज्यान जाने अनुमान गरिन्छ। 

 ट्रम्पले आफूले राष्ट्रपतिको शपथ लिएको सय दिनभित्र औपचारिक इजाजत नभएका आप्रवासीहरूलाई निष्कासन गर्ने घोषणा गरेका थिए। १ करोड १० लाख हाराहारीमा अमेरिकामा बसोबास गरिरहेका हिस्प्यानिक, मुस्लिम तथा अरु समुदायलाइ निष्कासन गर्ने उनको कदम एशियाई र अफ्रिकी मुलुकको जातिय द्वन्दबाट बिस्थापित हुनेहरूको आंकडासंग मिल्दोजुल्दो हुने अनुमान गरिन्छ। 

 ट्रम्पले आफ्नो कार्यकालमा युएस मिलिटरीलाई 'भयंकर ठूलो', 'शक्तिशाली' र 'महान्' बनाउने घोषणा गरेका छन्। पूर्वी एशिया, चीन, श्रीलंका र दिएगो गार्सिया बेशमा सैन्य उपस्थिति वृद्धि गरी एबम विश्वभर कम्तिमा १० वोटा थप सैनिक बेश स्थापना गरी परमाणु हतियारको अनुसन्धान र चरम बिकास हुने अनुमान गरिन्छ। 

ओबामा केयर (स्वास्थ्य सेवा) पहिलो बर्षभित्र खारेज गरी एक करोड २७ लाख देखि २ करोड सम्म अमेरिकीलाइ दिइएको सुबिधा हटाउने उनको चुनाबी मुद्दा थियो। त्यसका साथै विदेशबाट आउने औषधी र डाक्टरहरूलाई नियन्त्रण गरी शुद्द अमेरिकी उत्पादनलाइ स्थान दीइने अनुमान गरिन्छ। 

ठूलो पर्खाल निर्माण गरी मेक्सिकोबाट घुस्ने आप्रवासी नियन्त्रण गर्ने उनको घोषणा अद्भूत् छ। करिब आठ बिलियन डलर प्रतिवर्ष खर्च गरी छ बर्षमा पुरा गरिने ४०० माइल लामो, बिशेष सुरक्षा उपकरण र अत्याधुनिक सो पर्खाल ३५ देखि ४० फीट अग्लो हुने बताइएको छ। चीनबाट आयात गरिएको फलाम प्रयोग नगरी र कम्तिमा असि प्रतिशत अमेरिकी उत्पादनबाट बनाइने यो पर्खालको लागि ५ देखि १० बिलियन डलर मेक्सिकोलाई ब्योहोर्न लगाइने अनुमान गरिन्छ।
Last edited: 20-Jan-17 10:24 AM
Read Full Discussion Thread for this article