Posted by: magorkhe1 January 13, 2017
छक्का पंजा on YouTube!! Officially
Login in to Rate this Post:     0       ?        
लाहुरे ब्रो: छड्के हानेर नलेखेको हुनाले होला ? मेरो सेटायरहरू सहदेभ सरका जस्तै हूँन |
भन्नु होला को हूँ सहदेभ ? हामलाई के था इनका कथा ?

ऊनि हाम्रा पनि गुरु थिए र त्रिचन्द्र बाट कीर्तिपुर सरे | तथ्याकं सास्त्री थिए | सबैलाई थाहा भएकै कुरा हूँन त्यहा सबै बिद्यार्थी हरु नियमित रुपमा आउदैनन | तेसमध्हेको एक जना पछाडि बसेर कुराकानीमा मस्त भएकोलाइ कुरा गर्नु पर्ने भए बाहिर गएर कुरा गर्नु भए बेस के भन्नु भएको थियो उसले " Mind your own business" भनेछ | कक्षा एक क्षणको लागि शांत भएको थियो रे ? सहदेभ सर चुप चाप आफ्नो पठन पाठन कार्यमा लाग्नु भएछ | महिनौ दिन पछि तेहि ठिठोले बुझींन सर भनेछ | अनी सरले पनि एक स्टेप माथिको लेखेर यो बुझ्नु भो भनी सोध्नु भएछ | त्यों पनि बुझिन भने पछि फेरी अर्को एक स्टेप माथिको लेखिदिनु भए पछि पनि बुझींन भने पछि सहदेभः सरले पनि " Mind your own business" भनी जबाफ दिएर त्यों problem लाइ सिध्याई तेस दिनको कक्षा अन्त्य गर्नु भएको थियो रे ?
माथि लेखिएको सहदेभ सरको कथा को सार अंश के हो भने मैले कथा लेखेको होईन र जो ३-४ कक्षा पढ़ने बिद्यार्थीलाई सिकाएको सलरीकरण हिसाब जस्तो पनि हुदैन | मैले ब्यङ्ग लेखेको हुनाले यो तेहि सहदेभ सरले कालो पाटीमा उतार्नु भएको हिसाब जस्तो ३ -४ स्टेप फड़का मारेको हुन्छ र पाठक हरुले त्यों जोडन नसकेका कुरा पनि बुझेको छू | मलाई लाग्छ त्यों ब्यङ्ग माँ उप-ब्यङ्ग को प्रयोग को कारण खोजी बस्दा फिल्म हेर्न बसेकाहरुले गरेको फिल्म को लेखा जोखा झै भएको पनि होला की ?
माफ़ गर्नु होला : धागोलाई अन्यत्र जोड़ने प्रयास गरेको होईन है |

Read Full Discussion Thread for this article