Posted by: magorkhe1 January 1, 2017
DV परेर आउने संग डाहा गर्ने हर ?
Login in to Rate this Post:     1       ?         Liked by
"अर्ध बिद्या भयंकरी" भन्छन | शिक्षा ले ज्ञान दिन्छ तर ज्ञान लीन कमैले सक्छन | यी आधा गागरी पानी का घइला हूँन तेसैले यिनी हरू घन्किन्छन अर्थात फुर्ती देखाउछन | बाउले घुस खाएर लुटेको पैसामा आफुलाई ठुलो ठान्ने र अरुलाई सानो बनाउने कु-ज़ात सरह हुन | | मैले देखे सम्म बाउको संम्पतिमा मौज मस्ती गर्ने हरू जो काम गरेर खानु पर्दा सानो होईन केहि काम धंदा नभएका डुकू हरू हूँन | यिनी हरु जो पछि गएर गजडि वा पियक्कड़ भएका देखेको छू | यिनै कु-जात नै सबै भन्दा बढ़ी गाली गलौज गर्ने गर्छन जस्तो लाग्छ : यो गाली गलौज नै यिनीहरुको तृप्ति दायक क्रियाकलाप हो |

"आक्रोसणं रति साधनम"
Ujil: tried to relate with it " par pidanm ratisaadhanm"

अनी डाहा गर्नेहरु कहाँ र कुन सिमा सम्म गर्नु ठीक हुन्छ भन्ने कुरा दिमागले काम गर्न छोड्छ| अनी हामी नेपालीले छोरा छोरी बिग्रिए भने बिहे गरिदिनु पर्छ बुहारीले छोरा अनी ज्वाँईले छोरी ठीक पार्छन भनी बिहे रचाइ दिन्छन | २-४ दिन नौतनुवा हुँदा ठीक ठाक देखिए पनी रतिकृयामा लागेर केही समय मात्र दिमाग अन्यत्र उनिएको हो परिवर्तन भएको होईन| उता स्वाभिमानी  श्रीमती चै बुढा काममा गएर २-४ पैसा कमाएर लाये श्रीमानले भिखारी जस्तो बाउ आमा सँग मागी रहनु पर्दैन थियो भनी कुरा कानी सुरु गर्नु श्रीमतीले सत्रुता कायम गर्नु हो | कुर्सिमा बसेर गरिने काम मात्र काम ठानिन्छ भने जे पायो तेही काम गरे स्यानो मनिष हुईन्छ बरु श्रीमतीलाई नै काममा पठाउछन| श्रीमती काममा गए पछी सबै साहकर्मि सँग कामकाजी सम्बन्ध कायम राख्नु पर्ने हुन्छ भने दिन भरी घर बस्ने  वा भट्टी धाउने काम भए श्रीमती माथि सन्कालु दृष्‍टिकोणले हेर्न थालछ| समस्याको जड् आफु हुँ भन्ने कुरा यिन्लाई कस्ले सम्झाओस | एस्तै जीबन यापन गर्ने हरु अरुको उन्नती, सम्मुन्नती त्यो पनि फेस्बूकमा हेरेर आफुलाई काबु राख्न सक्दैनन र गाली गलौज गरेर आफुलाई खुशी तुल्याउछन | जय होस् एस्ता मर्दको, अझ तलब आएको दिन श्रीमतीले बोतल ल्याइन्दिनन वा पैसा दीईनन भने त्यो दिन घरको छानानै उडने गरी उफ्रन्छन चिक्याउछन|
 


Last edited: 02-Jan-17 03:13 PM
Last edited: 04-Jan-17 04:12 PM
Read Full Discussion Thread for this article