Posted by: Mrigtrishna October 20, 2016
उस्तै उस्तै हामी
Login in to Rate this Post:     7       ?         Liked by
मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।।
तिमी सजिएर गयौ मलाई सजाएर लगे ।।

म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै
तिम्लाई भने स-साना काम कजाएर लगे ।।

फुल्को माला मेरो भयो दुबोको तिम्रो भागमा
गोजिको अौँठि टलक्क अोहो! मजाएर लगे ।।

रोये बा आमा मेरा झर्को लाग्दै थियो अब
तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।।

आगँनमा तिम्रो मेरो उस्तैउस्तै घुईचो थियो
त्यता नौमती यता शंख बजाएर लगे ।।

Read Full Discussion Thread for this article