Posted by: ktmpost October 7, 2016
'अमेरिकी नागरिकता लिएपनि तपाई नेपाली नै हो': कांग्रेस नेता पराजुली
Login in to Rate this Post:     0       ?        

हिमालय खबर संबाददाता
ड्यालस (अमेरिका)- नेपाली कांग्रेसका नेता मनोहर पराजुलीले अमेरिकामा वस्ने नेपालीले यहाँको नागरिकता लिएपनि आफुलाई नेपाली नै सम्झन आग्रह गरेका छन् । टेक्सासको डलासमा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेता पराजुलीले भने अमेरिकामा बस्न तपाईले अमेरिकी नागरिकता लिनुपनि भयो होला तर, तपाई नेपाली नै हो ।

यहां वस्ने नेपाली वलियो, सक्षम भए नेपालको पासपोर्ट लिएर यात्रा गर्ने प्रति सम्मान पनि वढ्ने उनले वताए । एक हजार वर्ष अघि आफ्नो देश गुमाएर संसारभर फैलिएका जुईसजातीको उदाहरण दिदैं पराजुलीले भने जुईसहरु संसारभर छरिए जहां पुगे त्यहां राम्रो गरेर वसे तर, यसको एक हजार वर्ष पछि आफ्नो देश त चाहिंदो रहेछ भनेर इजरायल वनाए ।

"तपाई हाम्रो यस्तो अवस्था छैन I आफ्नो देश छ, प्रवासीहरुका लागि पनि दोहोरो नागरिकताको व्यवस्था भएको छ, अहिले अमेरिकाको नागरिकता लिदां राजनीतिक रुपमा चुनाव लड्न नपाइने मात्र हो अरु सवै सुविधा छ ।
विश्वमा जहां वसेपनि कसैले पनि आफ्नो पहिचान, भाषा, संस्कृत्ति छाड्न चाहंदैन, यो कुनै सिद्धान्त र वादभन्दा ठुलो कुरा हो" पराजुलीले भने I

जनसम्पर्क समितिको विवादका वारेमा वोल्दै पराजुलीले भने एउटै संगठन भित्र वसेर एकले अर्कोलाई गालि गर्ने हिलो छ्याप्ने गर्नु हुदैंन । काम गर्दा केही गल्ति भएपनि यसलाई सच्चाएर जानु पर्ने उनले सुझाव दिए ।

नेपाली कांग्रेसका महाधिवेशन सदस्य तथा जनसम्पर्क समिति वेस्ट टेक्सासका अध्यक्ष हरिबोल भण्डारीले भुकम्प पीडितका लागि संकलित एक पैसा पनि हिनामिना नभएको वताए । संकलित रकममध्ये ९ लाख जति राहतमा खर्च गरिएको र बाकी पार्टीको निर्देशन अनुसार नै सहयोगमा खर्च गरिने उनले जानकारी दिए । जनसम्पर्क समितिले कांग्रेसलाई अप्ठ्यारो पार्ने, विवादमा ल्याउने काम गर्नु हुदैंन भन्दै " जनसम्पर्क समिति एनजिओ होइन I यो नेपाली काँग्रेसको भात्री संगठन हो, पार्टीको लाइन अनुसार यसले काम गर्छ ।" भण्डारीले भने I

उक्त अवसरमा जनसम्पर्क समिति ड्यालस अध्यक्ष ज्ञानेन्द्र कार्कीले पनि भुकम्पको पैसा हिनामिना नभएको वताएका थिए । उनले सवै मिलेर जानुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस प्रजातान्त्रि प्रकृया अनुसार चल्छ यो मान्यताले फरक मत राख्नेहरुलाई पनि समेटेर लैजान्छ पराजुलीले भने कनै संगठनमा यो प्रकृयालाई नवुझेका, फरक मत राख्नेलाई समेटेर लैजान सक्ने परिपक्क नेतृत्व नभएर समस्या आएको हो कि यो पनि बुझ्नुपर्ने बताए ।


http://www.himalayakhabar.com/detail/63631.html
Read Full Discussion Thread for this article