Posted by: Kiddo September 18, 2016
The Dictator that almost was.
Login in to Rate this Post:     0       ?        
Your criticism is valid Controversial.

I had made a leap of argument by calling him a would be dictator without providing much argument to it. To some extent, this is because of input that I have gotten from my sources in Nepal for which I cannot provide any proof - hence I decided not to mention their points. Let's just say that he is revered as a very very powerful entity in Nepal right now. leaders come and go, he has been an icon of stability and power right now.

Is it possible Dixit is using his connection and influence in Supreme court to exact revenge upon Mr. Karki? Sure it is. As for Dr. K.C. I still trust this man and feel what he is doing is right. If you get excessive unwanted interference from a polar strength, you don't only want to settle the impending matter but want to make sure that this polar strength is striped of his unnecessary power in the future as well.

There's a great article posted today in Setopati and I'd rather post it here as it is very apt for our discussion:

लोकमानविरुद्धको लडाइँ

"उनको कार्य सम्पादनका दुइटा पाटा छन्। एक, अख्तियार इमानदार कार्य सम्पादनबाट चुक्दा भ्रष्टाचार झन् गहिरो र संगठित हुँदैछ जसको प्रमाण वर्षेनी ट्रान्सपरेन्सी इन्टरनेशनलले निकाल्ने एउटा मापक -करप्सन पर्सेप्सन इन्डेक्स_ मा नेपाल निरन्तर खस्कँदै गएको छ। अक्टोपसले झैं भ्रष्टाचारले समाजलाई यसरी जकडेको छ, नागरिकको ठूलो हिस्सा यसबाट क्रूद्ध हुनुको सट्टा यसैमा अभ्यस्त हुन थालेको छ।

दुई, कार्यक्षेत्र बाहिर गएर उनले गरेका काम यति गम्भीर र पदीय मर्यादाविपरीत छन्, ती काम आफैंले विभिन्न क्षेत्रमा दण्डहीनता र अराजक अवस्थाको सिर्जना गरिरहेछन्। निजी कम्पनीहरुबीच सेयरको गैरकानुनी किनबेचको सहजीकरणदेखि सिंगो मेडिकल शिक्षा क्षेत्रको सुधारलाई अवरुद्ध गरेर आफन्तहरुको व्यापारिक स्वार्थ पूर्ति गर्नुसम्म, तजबीजको भरमा राजनीतिज्ञ र कर्मचारीहरुको जासुसी गर्न राष्ट्रिय अनुसन्धान विभागलाई अवैध रुपमा परिचालन गर्नुदेखि सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा नामसारी गराउनसम्म, त्यस्ता कामको सूची लम्बिँदो छ।

यस्तो अवस्थाप्रति नागरिकहरु क्रूद्ध भएर सडकमा ओर्लंदासमेत देशको राजनीतिक कित्ता अकर्मण्य बसिरहनुले यस खालको दण्डहीनतालाई थप प्रश्रय दिएको छ। राजनीतिज्ञहरुसित उनको मिलेमतोचाहिं कति निर्लज्ज देखिन्छ भने विभिन्न राजनीतिज्ञहरुले सार्वजनिक रुपमा स्तुतिकै भाषामा लोकमानलाई चलाउन नसकिने र चलाउन नहुने भनेर बोलिसकेका छन्। त्यसरी बोल्नेमध्ये प्रत्येक या त अख्तियारको छानबिनमा तानिइसकेका वा भ्रष्टाचारको गाढा संशयबीच अख्तियारले उन्मुक्ति दिएकाहरु थिए।

अहिले नेपालमा लोकमानको अवस्था एउटा लोक कथाको त्यस्तो पात्रको जस्तो छ जो कुनै पिछडिएको समाजमा गएर राजाको अभिनय गर्दा गर्दै ऊ आफूलाई राजा सम्झन पुग्छ र समाजले पनि त्यो कुरा स्वीकार्न पुग्छ। दुखद कुरा के भने संसारका धेरै समाजमा अधिनायकवादी शासनको सुरुआत यसरी नै भएको छ।

त्यसैले अहिलेको लडाइँ लोकमानसित नभई उनलाई राजाको जस्तो भूमिकामा पुर्याएर उनको चर्को ज्यादतीबीच उनलाई त्यहीँ राखिछाड्ने र त्यो अवस्थाबाट सिर्जना हुने दण्डहीनताबीच आफूलाई अझ धनी बनाएर भविष्य सुरक्षित गर्न लालायित राजनीतिक नेतृत्वसँग हो। तर त्यो नेतृत्वमा लाचारी र आत्मस्वाभिमानको अभाव कति चर्को छ भने ऊ दण्डहीनता र कालो अर्थतन्त्रको पृष्ठपोषण गरेर समाजलाई अधोगतिमा लगाएको लाञ्छना स्वीकार्न तयार छ तर लोकमान वास्तवमा दोषी हुन् कि हैनन् भनेर संविधानले तोकेको प्रक्रियाबाट छानबिन सुरु गर्नसमेत तयार छैन।"

(source: http://setopati.com/bichar/53701/)
Read Full Discussion Thread for this article