Posted by: nozzs September 10, 2016
नेपालमा अझ पनि हुन्छ मानव बलि
Login in to Rate this Post:     0       ?        

बालक बलि चढाउनेलाई सर्वश्वसहित जन्मकैद


गतवर्ष नवलपरासीमा भएको बालकको हत्यामा संलग्नहरुलाई जिल्ला अदालत नवलपरासीले १२ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

अदालतले एक जनालाई सर्वस्वसहित र ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसला अनुसार जन्मकैद हुनेमा तीन जना घरका बाबु, आमा र छोरासमेत छन्। एक नाबालकलाई भने ६ महिनाको कैद सजाय सुनाएको छ।

२०७२ साउन ५ गते नवलपरासी कुडियाँ गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षिय छोरा सोनु भनिने जीवन कोहारलाई छिमेकी कोदई हरिजनले आफ्ना छोरा बिजयलाई तान्त्रीक विद्या सिकाउने नाउँमा अन्य तीन जना झाँक्रीसँग मिलेर हत्या गरेका थिए। सोही घटनालाई सघाएको भन्दै अभियुक्तका अन्य परिवार सदस्यमाथि पनि मुद्दा चलाईएको थियो ।

अदालतको फैसला अनुसार घटनाका मूख्य अभियुक्त कोदई हरिजनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको हो । जन्मकैदको सजाय पाउनेमा कोदईका श्रीमती कान्ती, उनका छोरा विजय छन्। त्यस्तै रुद्धलसहित उनकी श्रीमती बुनिया दुई छोराहरु रामानन्द र दिनानाथलाई समेत जन्मकैदको सजाय सुनाइएको छ।

जन्मकैदको सजाय पाउने अन्यमा सूर्यमान र उनकी श्रीमती सुनिता छन् । त्यसैगरी घटनामा संलग्न भएको भन्दै छिमेकी गंगालाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ। गंगा तान्त्रिक मध्येका हुन् । नाबालक लक्ष्मीलाई भने नाबालक भएकाले ६ महिना कैद सुनाइएको छ। मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने भन्दै कोदईले अन्य तीनजनालाई ५० हजार रूपैया दिएर बालकको घाँटी रेटेर हत्या गरेका थिए।  

Read Full Discussion Thread for this article